सुरेश भट्ट | माघ २७, कञ्चनपुर | कञ्चनपुरको भिमदत्त नगरपालिकाको एक विद्यालयमा आगो लगाइएको छ । गए राती कञ्चनपुरको सदरमुकाम नजिक भिमदत्त नगरपालिका ५ मा स्थित कञ्चन विद्या मन्दिरमा आगो लगाइएको हो ।
गए राती करिव १ बजे लेखा शाखामा आगलागि भएपछि २०३३ सालमा स्थापना भएको यस कलेजका सम्पुर्ण विद्यार्थीका कागजात नष्ट भएका छन् भने टी.युबाट प्राप्त भएका आवश्यक कागजातहरु पनि रहेनन् ।
यसै गरी सत्य तत्यको खोज गरी दोषीलाइ कडाभन्दा कडा सजाय होस भनी विद्यार्थी हरुले र्याली निकालेका थिए । आगो कसले लगाएको हो भन्ने कुरा चाही पत्ता लागेको छैन भने यसका बारेमा प्रहरीले खोज अनुसन्धान गरीरहेको छ ।
केहि दिन अगाडी विद्यालयको ल्यापटपको डाटा चोरिएको थियो भने त्यो मुद्दा नसेलाउदै आज फेरी क्याम्पसमा आगो लगाइएको छ ।