५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीको घोषणालगत्तै चितवन विद्युत्भार कटौतीमुक्त

२७ माघ २०७३, बिहीबार १४:३४

माघ २७, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले औद्योगिक फिडरबाहेक अन्य क्षेत्रमा आजदेखि लागू हुनेगरी विद्युत्भार कटौती अन्त्य गरेको छ । 

प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले अनौपचारिक रुपमा विगत एक सातादेखि चितवनलाई विद्युत्भार कटौती अन्त्य गरिएको जानकारी दिनुभयो । 

उहाँले भारतबाट थप विद्युत् आयात भएपछि चितवनलाई पनि सहजरुपमा विद्युत् उपलब्ध गराउन सकिएको बताउनुभयो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनमा बुधबार भएको कार्यक्रममा एक÷दुई दिनभित्रै विद्युत्भार कटौतीमुक्त गर्ने आश्वासन दिएको भोलिपल्टै जिल्ला विद्युत्भार कटौतीमुक्त भएको हो । 

विद्युत् प्राविधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले प्राधिकरणको निर्देशनअनुसार आजदेखि विद्युत्भार कटौतीमुक्त गरिएको बताउनुभयो । 

“दुईवटा औद्योगिक फिडर बाँकी छ, यसको पनि काम भइरहेकाले त्यो फिडरमा पनि छिट्टै हामी विद्युत्भार कटौती अन्त्य गर्दैछौँ”– पौडेलले भन्नुभयो ।

चितवनको टाँडीमा ५० लाख र भरतपुरमा ८८ लाख युनिट विद्युत् मासिक रुपमा खपत हुँदै आएको छ । भरतपुर प्राधिकरणअन्तर्गत ६८ हजार ग्राहक छन् भने टाँडीअन्तर्गत ५० हजार ग्राहक रहेको प्राधिकरणले जनाएको छ । भरतपुरमा कुल रु एक अर्बको विद्युत् कारोबार हुनेगरेको इन्जिनियर पौडेलले बताउनुभयो । चितवनमा प्राविधिक चुहावट ३ प्रतिशत छ । 

विद्युत् प्राविधिक भरतपुर वितरण केन्द्रले आज एक सार्वजनिक सूचनासमेत जारी गरेर विद्युत्भार कटौतीमुक्त भएको जानकारी दिएको हो । यसलाई व्यवहारमा लागू गर्ने सर्वसाधारणले पनि विद्युत् खपतलाई कम गर्नेतर्फ लाग्न भनिएको छ । यसअघि सरकारले काठमाडौँ र पोखरालाई विद्युत्भार कटौती मुक्त गरिसकेको छ । 

विगतमा ३९ प्रतिशत चुहावट भएकोमा पछि चोरी नियन्त्रण अभियान सञ्चालन गरेर चुहावटलाई घटाएको हो । जिल्लामा सडक बत्तीबाट ठूलो रकम उठ्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता