टेक शाही । फागुन १ डोल्पा –डोल्पा जिल्लाका २० वटा सामुदायिक अध्ययन केन्द्रका सहजकर्ता,अध्यक्ष र गाविस सचिवहरुलाइ प्रारम्भीक कक्षा तथा साक्षरता सम्बन्धी जानकारि गराइएको छ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही । फागुन १ डोल्पा –डोल्पा जिल्लाका २० वटा सामुदायिक अध्ययन केन्द्रका सहजकर्ता,अध्यक्ष र गाविस सचिवहरुलाइ प्रारम्भीक कक्षा तथा साक्षरता सम्बन्धी जानकारि गराइएको छ"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पाका २० वटा सामुदायिक केन्द्रका सहजकर्तालाइ खटिएर काममा लाग्न निर्देशन

१ फाल्गुन २०७३, आईतवार १२:५६


टेक शाही । फागुन १ डोल्पा –डोल्पा जिल्लाका २० वटा सामुदायिक अध्ययन केन्द्रका सहजकर्ता,अध्यक्ष र गाविस सचिवहरुलाइ प्रारम्भीक कक्षा तथा साक्षरता सम्बन्धी जानकारि गराइएको छ । जिल्ला शिक्षा कार्यालयको आयेजनामा सामुदायिक केन्द्रको बारेमा बर्षमा हुने कार्यक्रमका बारेमा जानकारि गराएको हो । 

आर्थिक बर्ष ०७३÷०७४ को कार्यक्रमबाट छुटेका पहिलेको कक्षा बिचैमा छोडेका वा छुटेका र बिद्यलायका हाता भन्दा बाहिर रहेका बालबालिकाहरुलाइ लक्षित गरि प्रारम्भिक साक्षरता कक्षा सँचालन हुने भएको छ । यस कार्यक्रम अन्तरगत डोल्पा जिल्लामा ३३ वटा कोटा परेको छ । जस अनुसार २३ वटा गविसमा एक एक वटा र माझफाल र लिकु गाविसमा ६–६ वटा कोटा निर्धारण गरिएको छ । 

आगामि आर्थिक बर्ष ०७४÷०७५ मा डोल्पा जिल्लाका माझफाल र लिकु गाविसलाइ पूर्ण साक्षर गाविस घोषणा गर्ने लक्ष रहेको जिल्ला बिकास समिति डोल्पाले जानकारि दिएको छ । पूर्ण साक्षर घोषणा कार्यक्रम अनुसार नै लिकु र माझफाल गाविसमा ६–६ वटा कोटा राखिएको हो । एकवटा कक्षामा कम्तीमा १० जना बिद्यार्थिहरु पढाउनु पर्ने छ भने त्यो भन्दा माथि जति पनि पढाउन सकिने निमित्त जिल्ला शिक्षा अधिकारि सिँहराज डाँगिले बताउनु भयो  । 

एक सामुदायिक केन्द्रको सहजकर्ताले आफनो क्षेत्रमा दैनिक २ घण्टाका दरले हप्तामा ६ दिन र चार महिना सम्म अनिबार्य रुपमा कक्षा सँचालन गरि अध्ययन गराउनु पर्ने छ । चार महिना अध्ययन गराए बापत प्रति महिना ६ हजारका दरले पारिश्रमिक पाउने छन । सबै सामुदायिक अध्ययन केन्द्र मध्य उत्कृष्ठ हुने २ वटा सिएलसिले एक एक लाख पुरस्कार पाउने छन । डोल्पा जिल्लामा हाल माथिल्लो डोल्पाका तिनवटा गाविस बाहेक अन्य २० वटा गाविसमा सामुदायिक अध्ययन केन्द्रको स्थापना गरिएको छ । यस आर्थिक बर्षमा २० वटा मध्य १२ वटाले नबिकरण गराएका छन भने ८ वटाले हाल सम्म पनि नविकरण नँगरेको र तत्काल नबिकरण गर्नु पर्ने र यदि नँगरिएका कुनै पनि सुबिधा नपाइने पनि निमित्त जिल्ला शिक्षा अधिकारि डाँगिले बताउनु भयो । 

यस बर्ष स्रोत ब्यक्ति,गाविस सचव र सामुदायिक अध्ययन केन्द्रको अध्यक्षको हस्ताक्षर रहने गरि बैँक खाता सँचालन गरिने र गाविस सचिव र स्रोत ब्यक्तिले अनुगमन गर्ने र रिपोट तयार पारेर पेश गरे पछि मात्र सहजकर्ताले मासिक पारिश्रमिक पाउने छन । अघिल्ला बर्षमा जस्तो भए पनि यस बर्ष भने जिल्ला शिक्षा कार्यालय लगायत सारोकारवालाले प्रभाबकारि अनुगमन गरि सामुदायिक अध्ययन केन्द्रको परिनाममूखि नतिजा निकाल्न बुद्धिजीविहरुले सुझाव दिएका छन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन