बाख्रापालनमा व्यस्त बर्दघाटकी पार्वती पाण्डेय, बार्षिक ४ लाख बढीको आम्दानी

Posted on: 21 Apr, 2016

बैशाख ९, नवलपरासी । बर्दघाट नगरपालिका वडा नं ४ दिब्यनगरकी पार्वती पाण्डेयलाई (५८)आºनो व्यवसायिक फार्ममा भएका खसी बोकाको स्याहारसुसार गर्दैमा दिन बित्छ । बिहान उठ्ने बित्तिकै फर्ममा पुग्छिन् उनी । उनलाई त्यहांको काम गर्दा फुर्सद नै हुदैन् ।

nawalparasi bardhaghat  sajha sabal कान्छा छोरा रमेश र जेठी बुहारी दिपाले उनलाई सघाउदै आएका छन् । पहिला निर्वाहका लागि बाख्रापालन गर्दै आएकी पार्वतीले जेठा छोरा रविको सल्लाहमा उनले अहिले व्यवसायीक रुपमा बाख्रा पालन गर्दै आएकी हुन् । उनको ब्यवसाय बर्दघाट व्यवसायिक फार्ममा विकास भएपछि उनमा उत्साह जागेको छ । nawalparasi bardhaghat  sajha sabal उनको ब्यवसायिक बाख्रापालन फार्ममा २२ माउ र १७ पाठापाठी १ बिजन सहित ४० वटा बाख्रा रहेको छ । बाख्रापालक कृषक पार्वती भन्छिन्– बार्षिक रुपमा २४ खसी पाठा बिक्री बटा बार्षिक ४ लाख बढि आम्दानी भएको छ । }फार्ममा जमुनापारी र नश्लसुधार गरिएका स्थानीय खरी जातका गरि दुई जातका बाख्रा रहेको उनले बताइन् । प्रत्येक महिनामा ५ देखी ६ वटा बाख्रा समेत जन्मिने गरेको ,उनले भनिन् । किराना पसल गर्दै आएको उनको ५ जनाको परिवार यसै व्यवसायमा लागेका छन् । एक जनालाई रोजगारी समेत दिएका छन् । nawalparasi bardhaghat  sajha sabal सिद्धार्थ इन्सोरेन्सबाट सबै बाख्राको बिमा समेत गरेको उनका छोरा रवि पाण्डेयले बताए । घरमै बसेर तीस पैतीस हजार आम्दानी हुन्छ–उनी भन्छन्,–‘विदेश किन जानु प¥यो’ । त्यसैले घर परिवार एक भएर लागि परेका छौ । रवि पत्रकार एंवम् त्रिवेणी सामुदायिक टेलिभिजनका कार्यकारी निर्देशक समेत रहेका छन् । बाख्रामा लाग्ने विभिन्न प्रकारको रोगको उपचार गर्दा बार्षिक ६० हजार खर्च हुने गरेको पार्वतीले बताइन् । nawalparasi bardhaghat  sajha sabal सरकारले औषधीपचारको लागि पैसा दिएको छैन् । प्राविधिक मात्र पठाउने गरेपनि भनेको समयमा उपस्थित नहुदां समस्या हुने गरेको उनले गुनासो छ । उनि भन्छिन्–पशु सेवा कार्यालयले तालिम र परामर्श बाहेक अरु केहि पनि दिएको छैन्,सहुलियत ऋण तथा अनुदान पाए फार्मलाई बढाउने योजना छ । २०७० सालबाट व्यवसायिक फर्म दर्ता गरेर व्यवसाय सुरु गरेकी उनले २ विगाहा जमिन लिजमा लिएर समूहमा घांस खेती पनि गरेका छन् । घाँस त लगाइयो संरक्षणका लागि गाह्रो भएको छ उनी भन्छिन् –तारबार सिंचाईका लागि सहयोग गर्छन भन्छन् तर कहींबाट सहयोग आएको छैन ।

nawalparasi bardhaghat  sajha sabal उनीहरुको फार्मले बर्दघाट क्षेत्रका बाख्रापालक कृषकलाई संगठित गर्ने गरेको छ । बाख्राका लागि उपयुक्त मनिने चुरे क्षेत्रको नजिकमा रहेको दिव्यनगर र मर्चाखोला गाउलाई बाख्रा पकेट एरिया बनाउन इच्छा भएपनि सहयोग नभएको उनीहरुको भनाई छ । मर्चाखोला, डाडांटोल र दिव्यनगरमा ३० घरपरिवारले व्यवसायिक बाख्रा पालन गरेका छन् । बाख्राको लागी हावापानी क्षेत्र भएकाले यसलाई बिशेष पकेट एरिया बनाउन सकिने पशुसेवा प्राबिधिक छबिलाल खरेलको भनाई छ । जिल्ला पशु सेवा कार्यालय नवलपरासीको तथ्यांक अनुसार नवलपरासी जिल्लामा ५० वटा व्यवसायिक फार्म दर्तामा रहेका छन् । व्यवसायिक फर्म भएर पनि दर्ता नभएका ५० भन्दा बढी रहेका छन् । nawalparasi bardhaghat  sajha sabal

सबै भन्दा बढी खसीबोका उत्पादन हुने पहाडी गाविसका व्यवसायिक फार्महरु दर्ता भएका छैनन् । दर्ता नगराएको पहाडी गाविसहरु देउराली ,धौवादी ,हुप्सेकोछट,धुर्कोट लगाएका ५० वटा भन्दा बढी व्यवसायीक फर्म दर्ता प्रक्रियामा आएका छैनन् । दर्ता नभएकालाई फार्मलाई अनुदान उपलब्ध गराउन नसकिने जिल्ला पशु सेवा कार्यालयका बरिष्ठ पशु विकास अधिकृत शंकर शाहले बताए । पकेट क्षेत्र देउराली गाविस बाख्राको पहिलो पकेट क्षेत्र जिल्लाको पहाडी गाविस देउराली रहेको छ । जिल्ला पशुसेवा कार्यालयका अनुसार त्यहाबाट मात्रै बार्षिक ४ करोड मुल्य बराबरको खसी बोका बाहिर निर्यात हुने गरेको छ । दोश्रो स्रोत केन्द्र भित्री मधेशको नंया बेलहानीबाट तीन हजार खसीबोका निर्यात हुन्छ । सुनवल,दुम्किबास,बर्दघाट,सराराल ,धुर्कोट,वेणीमणीपुर, लगाएतका स्थानबाट दुई हजार २५ सय खसी बोका बाहिर जान्छन् । nawalparasi bardhaghat  sajha sabal १० करोडको खसीबोका निर्यात नवलपरासीबाट बार्षिक रुपमा १० करोड मुल्य बराबरको खसीबोका बाहिरी जिल्लामा निर्यात हुने गरेको छ । जिल्लाको विभिन्न स्थानबाट उत्पादन भएको १० करोड मुल्य बरारबको १० हजार खसीबोका बाहिरी जिल्लामा निर्यात हुने गरेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । nawalparasi
bardhaghat  sajha sabal नवलपरासीका पहाडी र पहाडसंग सिमा जोडिएका गाविसहरुमा बाख्रा पालनका लागि चाहिने वातावरण र घांस प्रशस्त भएकाले बाख्रा पालन व्यवसाय फस्टाएको जिल्ला पशु सेवा कार्यालयका बरिष्ठ पशु अधिकृत शंकर साहले बताए । बर्दघाट नगरपालिकाको चुरे पहाड नजिकका बस्तीमा पशुपालनका लागि वातावरण सुहाउदो छ । नवलपरासीमा वन क्षेत्र बढी भएकाले यस व्यवसाय फस्टाएको छ । पहिला हप्तामा एक पटक मासु खानेले तीन पटक खान थाले – उनी भन्छन् ,मासु माग बढिरहेको छ । माग बढेपछि उत्पादन पनि बढिरहेको छ । माग बढि भएकाले यो व्यवसायमा आम्दानी बढी छ । बजार सजिलो छ । एक व्यक्तिलाई एक बर्षमा १४ किलो मासु आवश्यक छ । नवलपरासीमा जनसंख्यालाई चाहिने भन्दा बार्षिक उत्पादन ५ हजार मेट्रिकटन बढी छ । नवलपरासीको १७ पहाडी गाविसमा बाख्रा पालन व्यसाय फस्टाएको छ ।

प्रस्तुतीः कल्पना भट्टराई

यस बिषयमा तपाइको प्रतिक्रिया...!