२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पामा शैक्षिक सत्र सूरु, ९ हजार पाठ्यपूस्तक ढुवानी गरिने

२०७३, २ फाल्गुन सोमबार १२:४५

टेक शाही/फागुन २, डोल्पा । शैक्षिक सत्र ०७३/०७४ को भर्ना अभियान फागुन १ गते देखि सूरु भएको छ । 

नयाँ शैक्षिक सत्रको लागि डोल्पा जिल्लामा कुल ९ हजार ६ सय २ सेट किताब खरिद गर्नु पर्ने भएको छ । जस अनुसार कक्षा १ देखि ५ कक्षा सम्म ६ हजार १ सय २६ सेट र कक्षा ६ देखि १० कक्षा सम्म ३ हजार ४ सय ७६ सेट किताब खरिद गरि ढुवानीको लागि प्रर्कया सूरु गरिएको निमित्त जिल्ला शिक्षा अधिकारि सिँहराज डाँगिले जानकारि दिनु भयो । 

कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक निजी प्रकाशनले छापेर बितरण गर्ने छ भने कक्षा ६ देखि १० सम्मका पाठ्यपूस्तक जनक शिक्षा सामाग्रीले छापेर पुस्तक बितरण गर्ने भएको छ । उक्त प्रकाशनहरुले नेपालगञ्ज सम्म ढुवानी गर्ने र त्यहाँबाट डोल्पा सम्म जिल्ला शिक्षा कार्यालयको माताहतमा निजी बिक्रेताहरुले ढुवानी गरि हरेक बिद्यालयमा नै पाठ्यपूस्तक पुयउने गरि लागि परेको र निजी बिक्रेताले बिद्यालयमा नै पुरयाएर बिद्यालयको भरपाइ र स्रोत ब्यक्तिको सिफारिस पछि मात्र बिक्रेताले ढुवानि पाउने ब्यबस्था भएकोले बिद्यालयमा पाठ्यपुस्तक समयमा पुग्नेमा ढुक्क भएको  जिल्ला शिक्षा कार्यालय डोल्पाले जानकारि दिएको छ । 

 जिल्लाका ८ वटा निजी बिक्रेता रहेको भए पनि माघको २६ गते सम्म ३ वटा निजि बिक्रेताहरुले निबेदन दर्ता गाराइ जिल्ला शिक्षा कार्यालयका नियम अनुसार प्रकृयामा गएर सिफारिस लीएर आजै मात्र नेपालगञ्जबाट ३ हजार ६सय ७६ सेट पुस्तक डोल्पाको लागि ढुवानी गरिएको छ । आकृति स्टेशनरि एण्ड सप्लार्यसले लिकु र ल्हाँ गाविस,कालिका स्टेशनरि अर्डर एण्ड सप्लार्यसले कालिका,सर्मि,नर्कु,रिमी र काईगाँउ गाविसमा र जागृति स्टेशनरि एण्ड सप्लार्यसले लावन,शहरतारा,दुनै,जुफाल,त्रिपूराकोट,माझफाल,सूँ,रह गाविसका बिद्यालयमा पाठ्यपूस्तक बितरण गर्नेछन । 

यस शैक्षिक सत्रमा भने माथिल्लो डोल्पाका फोक्सण्डो,भिजेर,साल्दागँ,तिन्जे,छार्का,धो,मुकोट गरि ७ वटा गाविसका कुनै पनि बिद्यालयहरु खुल्ने छैनन भने तल्लो डोल्पाका सबै बिद्यालयहरु भनाए अभियान सँगै बिद्यालय खोल्न निर्देशन दिएको र सोमबार सबै स्रोत केन्द्र स्तरयि प्रधानाध्यापकहरुको बैठक बसि सकोको र बिद्यालयमा पाठ्यपूस्तकलाइ प्रयोग गरि बिद्यार्थिलाइ नियमित गराइ अध्यायन अध्यापन गराउन जिल्ला शिक्षा कार्यालय डोल्पाले निर्देशन दिएको जनाएको छ । 

डोल्पा जिल्लाका ८७ वटा प्राबि,१५ निम्न माबि,१० माबि र ५ वटा उच्च माबि गरि १ सय १५ वटा सरकारी बिद्यालयहरु रहेका छन । यस पटक माथिल्लो डोल्पाका ७ वटा गाविसको धो स्रोत केन्द्र बाहेक अन्य पाँच वटा स्रोत केन्द्रका सबै बिद्यालयहरुमा एक साता भित्र पाठ्यपुस्तक बिद्यालय,बिद्यालयमा पुर्याएर पढाइ सुचारु गर्ने निमित्त जिल्ला शिक्षा अधिकारी डाँगिले बताउनु भयो । 

नयाँ शैक्षिक सत्रमा ७ दिन भर्ना अभियान र ७ दिन प्राधानाध्यापक बिद्यालय ब्यवस्थापन समितिका पदाधिकारि,शिक्षकहरुले घरदैलो अभियान गर्ने भएकोले फागुनको १६ गते देखि नियमित रुपमा बिद्यलाय खुल्ने र त्यो समय सम्म पनि बिद्यालय नँखोलिएर शिक्षक उपस्थित नँभए कारवाहि गरिने पनि डाँगिले बताउनु भयो । 

डोल्पा जिल्लामा रहेका निजी बिक्रेताहरुले शिक्षा बिभागले तोकेको अधिकतम मुल्य भन्दा बढि मुल्यमा बिद्यार्थिलाइ बिक्री गर्ने गरेको पाउ पछि जिल्लाका २ वटा निजी बिक्रेतालाइ कारवाहि गरेको छ । सोही कारण यस बर्ष पाठ्यपूस्तक ढुवानीमा ढिलाइ भएको हो । बिद्यालयको प्रधानाध्यापक र बिक्रेताको मिलेमतोमा पुस्तक बाहेकका अन्य शैक्षिक सामाग्रिहरु भिडाउने र अधिकतम मुल्य ५ सय ४७ रुपैया भन्दा बढि १ हजार ६ सय सम्ममा बिक्री गरेको पाइए पछि जुफाल र सर्मिको निजी बिक्रेतालाइ कारवाहि गरिएको निमित्त जिल्ला शिक्षा अधिकारि सिाहराज डाँगिले जानकारि दिनु भयो । 

बिद्यालयका प्रधानाध्यापक र निजी बिक्रेताको मिलेमतोमा निजी स्वार्थमा जवरजस्ति बिद्यार्थिलाइ गाता,ज्यामिट्री बक्स,कलम,डिक्सनरी भिडाउने गरेकोले बालबालिकाहरु मारमा पर्ने गरेकोले बिद्यार्थिको इच्छा बिना सरकारले उपलब्ध गराएको पाठ्य पूस्तक बाहकका अन्य शैक्षिक सामाग्री बिक्रेतालाइ नँभिडाउन र बिद्यार्थिलाइ पनि आवास्यक नभएको अबस्थामा नँलिन र जवरजस्ति भिडाएमा जिल्ला शिक्षा कार्यालयमा जानकारि गराइदिन पनि जिल्ला शिक्षा कार्यालय सबै बिद्यार्थि र अभिभाबकमा अनुरोध गरेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो