१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पामा शैक्षिक सत्र सूरु, ९ हजार पाठ्यपूस्तक ढुवानी गरिने

२ फाल्गुन २०७३, सोमबार १२:४५

टेक शाही/फागुन २, डोल्पा । शैक्षिक सत्र ०७३/०७४ को भर्ना अभियान फागुन १ गते देखि सूरु भएको छ । 

नयाँ शैक्षिक सत्रको लागि डोल्पा जिल्लामा कुल ९ हजार ६ सय २ सेट किताब खरिद गर्नु पर्ने भएको छ । जस अनुसार कक्षा १ देखि ५ कक्षा सम्म ६ हजार १ सय २६ सेट र कक्षा ६ देखि १० कक्षा सम्म ३ हजार ४ सय ७६ सेट किताब खरिद गरि ढुवानीको लागि प्रर्कया सूरु गरिएको निमित्त जिल्ला शिक्षा अधिकारि सिँहराज डाँगिले जानकारि दिनु भयो । 

कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक निजी प्रकाशनले छापेर बितरण गर्ने छ भने कक्षा ६ देखि १० सम्मका पाठ्यपूस्तक जनक शिक्षा सामाग्रीले छापेर पुस्तक बितरण गर्ने भएको छ । उक्त प्रकाशनहरुले नेपालगञ्ज सम्म ढुवानी गर्ने र त्यहाँबाट डोल्पा सम्म जिल्ला शिक्षा कार्यालयको माताहतमा निजी बिक्रेताहरुले ढुवानी गरि हरेक बिद्यालयमा नै पाठ्यपूस्तक पुयउने गरि लागि परेको र निजी बिक्रेताले बिद्यालयमा नै पुरयाएर बिद्यालयको भरपाइ र स्रोत ब्यक्तिको सिफारिस पछि मात्र बिक्रेताले ढुवानि पाउने ब्यबस्था भएकोले बिद्यालयमा पाठ्यपुस्तक समयमा पुग्नेमा ढुक्क भएको  जिल्ला शिक्षा कार्यालय डोल्पाले जानकारि दिएको छ । 

 जिल्लाका ८ वटा निजी बिक्रेता रहेको भए पनि माघको २६ गते सम्म ३ वटा निजि बिक्रेताहरुले निबेदन दर्ता गाराइ जिल्ला शिक्षा कार्यालयका नियम अनुसार प्रकृयामा गएर सिफारिस लीएर आजै मात्र नेपालगञ्जबाट ३ हजार ६सय ७६ सेट पुस्तक डोल्पाको लागि ढुवानी गरिएको छ । आकृति स्टेशनरि एण्ड सप्लार्यसले लिकु र ल्हाँ गाविस,कालिका स्टेशनरि अर्डर एण्ड सप्लार्यसले कालिका,सर्मि,नर्कु,रिमी र काईगाँउ गाविसमा र जागृति स्टेशनरि एण्ड सप्लार्यसले लावन,शहरतारा,दुनै,जुफाल,त्रिपूराकोट,माझफाल,सूँ,रह गाविसका बिद्यालयमा पाठ्यपूस्तक बितरण गर्नेछन । 

यस शैक्षिक सत्रमा भने माथिल्लो डोल्पाका फोक्सण्डो,भिजेर,साल्दागँ,तिन्जे,छार्का,धो,मुकोट गरि ७ वटा गाविसका कुनै पनि बिद्यालयहरु खुल्ने छैनन भने तल्लो डोल्पाका सबै बिद्यालयहरु भनाए अभियान सँगै बिद्यालय खोल्न निर्देशन दिएको र सोमबार सबै स्रोत केन्द्र स्तरयि प्रधानाध्यापकहरुको बैठक बसि सकोको र बिद्यालयमा पाठ्यपूस्तकलाइ प्रयोग गरि बिद्यार्थिलाइ नियमित गराइ अध्यायन अध्यापन गराउन जिल्ला शिक्षा कार्यालय डोल्पाले निर्देशन दिएको जनाएको छ । 

डोल्पा जिल्लाका ८७ वटा प्राबि,१५ निम्न माबि,१० माबि र ५ वटा उच्च माबि गरि १ सय १५ वटा सरकारी बिद्यालयहरु रहेका छन । यस पटक माथिल्लो डोल्पाका ७ वटा गाविसको धो स्रोत केन्द्र बाहेक अन्य पाँच वटा स्रोत केन्द्रका सबै बिद्यालयहरुमा एक साता भित्र पाठ्यपुस्तक बिद्यालय,बिद्यालयमा पुर्याएर पढाइ सुचारु गर्ने निमित्त जिल्ला शिक्षा अधिकारी डाँगिले बताउनु भयो । 

नयाँ शैक्षिक सत्रमा ७ दिन भर्ना अभियान र ७ दिन प्राधानाध्यापक बिद्यालय ब्यवस्थापन समितिका पदाधिकारि,शिक्षकहरुले घरदैलो अभियान गर्ने भएकोले फागुनको १६ गते देखि नियमित रुपमा बिद्यलाय खुल्ने र त्यो समय सम्म पनि बिद्यालय नँखोलिएर शिक्षक उपस्थित नँभए कारवाहि गरिने पनि डाँगिले बताउनु भयो । 

डोल्पा जिल्लामा रहेका निजी बिक्रेताहरुले शिक्षा बिभागले तोकेको अधिकतम मुल्य भन्दा बढि मुल्यमा बिद्यार्थिलाइ बिक्री गर्ने गरेको पाउ पछि जिल्लाका २ वटा निजी बिक्रेतालाइ कारवाहि गरेको छ । सोही कारण यस बर्ष पाठ्यपूस्तक ढुवानीमा ढिलाइ भएको हो । बिद्यालयको प्रधानाध्यापक र बिक्रेताको मिलेमतोमा पुस्तक बाहेकका अन्य शैक्षिक सामाग्रिहरु भिडाउने र अधिकतम मुल्य ५ सय ४७ रुपैया भन्दा बढि १ हजार ६ सय सम्ममा बिक्री गरेको पाइए पछि जुफाल र सर्मिको निजी बिक्रेतालाइ कारवाहि गरिएको निमित्त जिल्ला शिक्षा अधिकारि सिाहराज डाँगिले जानकारि दिनु भयो । 

बिद्यालयका प्रधानाध्यापक र निजी बिक्रेताको मिलेमतोमा निजी स्वार्थमा जवरजस्ति बिद्यार्थिलाइ गाता,ज्यामिट्री बक्स,कलम,डिक्सनरी भिडाउने गरेकोले बालबालिकाहरु मारमा पर्ने गरेकोले बिद्यार्थिको इच्छा बिना सरकारले उपलब्ध गराएको पाठ्य पूस्तक बाहकका अन्य शैक्षिक सामाग्री बिक्रेतालाइ नँभिडाउन र बिद्यार्थिलाइ पनि आवास्यक नभएको अबस्थामा नँलिन र जवरजस्ति भिडाएमा जिल्ला शिक्षा कार्यालयमा जानकारि गराइदिन पनि जिल्ला शिक्षा कार्यालय सबै बिद्यार्थि र अभिभाबकमा अनुरोध गरेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन