फागुन २, काठमाडौँ । देशभरका सबै स्थानीय निकायको कामकाज अनिश्चितकालका लागि ठप्प पारिएपछि सेवाग्राही मर्कामा परेका छन् । 

सरकारले स्थानीय निकायका कर्मचा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २, काठमाडौँ । देशभरका सबै स्थानीय निकायको कामकाज अनिश्चितकालका लागि ठप्प पारिएपछि सेवाग्राही मर्कामा परेका छन् । 

सरकारले स्थानीय निकायका कर्मचा"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देशभरका स्थानीय निकाय अनिश्चितकालका लागि ठप्प

२ फाल्गुन २०७३, सोमबार १३:२६

फागुन २, काठमाडौँ । देशभरका सबै स्थानीय निकायको कामकाज अनिश्चितकालका लागि ठप्प पारिएपछि सेवाग्राही मर्कामा परेका छन् । 

सरकारले स्थानीय निकायका कर्मचारीलाई निजामती र अन्य निकायमा काम गर्ने कर्मचारीसरह समान पदका लागि समान अवसर प्रदान गर्नुपर्ने तथा लामो समयदेखि कार्यरत अस्थायी, करार र ज्यालादारी कामदारलाई सेवामा निरन्तरताका लागि अवसर दिनुपर्ने उनीहरुको मुख्य माग छ । 

स्थानीय निकायका ट्रेड युनियनले अनिश्चितकालीन हड्ताल गर्दा जिविस, महानगरपालिका, नगरपालिका र गाविसका काम प्रभावित भएको छ । स्थानीय निकाय कर्मचारी सङ्घ नेपाल, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, नेपाल नगरपालिका कर्मचारी एसोसिएसन, स्थानीय निकाय कर्मचारी युनियन र गाविस कर्मचारी सङ्घले संयुक्त रुपमा आफ्नो माग राख्दै हड्ताल गरिरहेका हुन् । 

बिहीबार एक घन्टा र शुक्रबार तीन घन्टा काम छाडेर हड्तालमा उत्रिएका कर्मचारीले आइतबार देशभरका पूरै स्थानीय निकाय ठप्प पारेका थिए । आज दोस्रो दिन पनि स्थानीय निकायबाट हुने कुनै किसिमको काम हुन नसकेको स्थानीय निकाय कर्मचारी सङ्गठन नेपालका ४ नं प्रदेशका अध्यक्ष गोपाल पोखरेलले जानकारी दिनुभयो । 

आफ्नो माग पूरा गर्न सरकार तयार नभएसम्म अनिश्चतकालका लागि हड्ताल जारी रहने चेतावनी आन्दोलनकारीले दिएका छन् । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय निकाय ऐनकानुन कार्यान्वयन गर्न सङ्क्रमणकालीन गठन आदेशको मस्यौदा तयार गरेको छ । उक्त आदेशमा स्थानीय निकायका वरिष्ठ कर्मचारीलाई कनिष्ठ निजामती कर्मचारी मातहत राख्ने व्यवस्था भएको तथा अस्थायी, करार र ज्यालादारी कर्मचारीबारे कुनै व्यवस्था नभएको आरोप ट्रेड युनियनले लगाउँदै आएका छन् । 

स्थानीय विकास मन्त्रालयका सहप्रवक्ता मदन कोइरालाले वार्ता र छलफलबाट समस्या सुल्झाउन सकिने हुँदा हड्ताल गर्न छाडी सेवा प्रदान गर्न स्थानीय निकायका कर्मचारीलाई आग्रह गर्नुभएको छ । 

स्थानीय निकायमा कार्यरत कर्मचारीका जायज माग र देखिएका समस्या समाधान गर्न मन्त्रालयले गम्भीरतापूर्वक पहल गरिरहेको कोइरालाले स्पष्ट गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन