दिनेश ठकुल्ला | फागुन २,  धनगढी । धनगढीस्थित नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको शाखाबाट गायब भएको घटनामा प्रहरीले रकमसहित संलग्नलाई पक्राउ गरेको छ ।

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दिनेश ठकुल्ला | फागुन २,  धनगढी । धनगढीस्थित नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको शाखाबाट गायब भएको घटनामा प्रहरीले रकमसहित संलग्नलाई पक्राउ गरेको छ ।

"/>

२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धनगढीको बैंकबाट पैसा चोर्ने बैंककै कर्मचारी पक्राउ

२०७३, २ फाल्गुन सोमबार १६:५७

दिनेश ठकुल्ला | फागुन २,  धनगढी । धनगढीस्थित नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको शाखाबाट गायब भएको घटनामा प्रहरीले रकमसहित संलग्नलाई पक्राउ गरेको छ ।

बैंकमा ‘टेलर’ पदमा कार्यरत गोविन्द उपाध्यायले रकम गायब पारेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले दुई ठाउँबाट गरि गायब पारिएको रकम समेत बरामद गरेको छ । शुक्रबार बेलुकी इन्भेष्टमेण्ट बैंकको एटीएमबाट २३ लाख ४४ हजार रुपैया गायब पारिएको थियो ।

संलग्न उपाध्यायलाई जिल्ला प्रहरी कार्यालयले आज रकमसहित सार्वजनिक गरेको छ । प्रहरीका अनुसार शुक्रबार बैंक बन्द हुने बेला उपाध्याय बैंकको स्टोर रुममा अन्य कर्मचारीले थाहा नपाउने गरि लुकेर बसेका थिए । सबै कर्मचारी निस्केपछि सुरक्षा गार्डले बाहिरबाट ढोका लगाए तर उपाध्याय भित्रै लुकेर बसे । ६ बजेर १ मिनेट जाँदा सीसी क्यामेरा बन्द गरेर उपाध्यायले एटीएमबाट रकम झिकेका खुलेको प्रहरी नायब उपरिक्षक बीरबहादुर बुढामगरले बताउनुभयो ।


जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक अर्जुन चन्दल अत्तरिया नगरपालिका–१०, स्थित लिला जोशीको घरको आगनमा रहेको परालमुनि लुकाएर राखेको अवस्थामा २२ लाख ७० हजार रुपैया र धनगढी–४, ओमशान्ति टोलस्थित चोरीमा संलग्न उपाध्यायको घरको कोठाबाट ७४ हजार रुपैया बरामद गरिएको बताउनुभयो । अहिलेसम्मको अनुसन्धानले रकम चोरीमा सो बैंकका अन्य कर्मचारीको संलग्नता नदेखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उपाध्यायमाथि चोरी र बैंकिड्ड कसुर अन्तरगत मुद्धा लाग्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी करारमा कार्यरत कर्मचारी रहेका बताइएको छ । बैंकबाट रकम गायब भएको जानकारी पाएपछि बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योति पाण्डेयसहित बैंकका अधिकारी शनिबार हेलिकप्टर चार्टर गरेर धनगढी पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा