फागुन ३, काठमाडौँ । वैदेशिक रोजगार स्वास्थ्य व्यवसायी सङ्घर्ष समितिले बायोमेट्रिक प्राणालीका नाममा सर्वसाधारणमाथि ठगी भइरहेकाले त्यस्तो स्वास्थ्य परीक्षण प्रक्रिया ख"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन ३, काठमाडौँ । वैदेशिक रोजगार स्वास्थ्य व्यवसायी सङ्घर्ष समितिले बायोमेट्रिक प्राणालीका नाममा सर्वसाधारणमाथि ठगी भइरहेकाले त्यस्तो स्वास्थ्य परीक्षण प्रक्रिया ख"/>
१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बायोमेट्रिकका नाममा जनतामाथि ठगी, स्वास्थ्य परीक्षण खारेज गर्न माग

३ फाल्गुन २०७३, मंगलवार १२:२२

फागुन ३, काठमाडौँ । वैदेशिक रोजगार स्वास्थ्य व्यवसायी सङ्घर्ष समितिले बायोमेट्रिक प्राणालीका नाममा सर्वसाधारणमाथि ठगी भइरहेकाले त्यस्तो स्वास्थ्य परीक्षण प्रक्रिया खारेज गर्न माग गरेको छ । 

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा समितिले एक साताभित्र गाम्का नेपाल र बायोमेट्रिकले गरिरहेको स्वास्थ्य परीक्षण खारेज गर्न आग्रह गरेको हो । 

समितिका संयोजक सीताराम रेग्मीले आधुनिक प्रविधिको नाममा बायोमेट्रिक प्रणालीमा गाम्का नेपाल नामक संस्थाको एकाधिकार कायम गरी कामदारलाई रु दुई हजार ९०० मा हुँदै आएको स्वास्थ्य परीक्षण अहिले १४ हजार लिने गरेकाले सो कार्यलाई रोक्न सरकारसँग माग गर्नुभयो । 

साई पोलिक्लिनिकका सञ्चालक एवम् व्यवसायी कला दाहालले बायोमेट्रिक प्रणाली स्वास्थ्यसँग सम्बन्धित नरहेकाले त्यसको विकल्प खोजी त्यस क्षेत्रमा भइरहेको ठगी अविलम्ब रोक्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले वैदेशिक रोजगारको विषयमा सरकारले फ्रि–भिसा र फ्रि–टिकटको अवधारणा ल्याएपनि व्यवसायीले रु एक लाखदेखि रु चार लाखसम्म लुटिरहेको जानकारी दिनुभयो । 

नेपाल मेडिकल महासङ्घका महासचिव जीवन बयलकोटीले गाम्का नेपालले सरकारको आँखामा छारो हालेर सोझा कामदारलाई ठगी गरिरहँदा पनि श्रम मन्त्रालयले केही गर्न नसकेकाले त्यस्तो भ्रष्टाचार रोक्न सरकारले छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन