पढ्न करिब 2 मिनेट लाग्छ

मनोज पराजुली | फागुन ५, गोरखा | गोरखाको थालाजुङ गाविस स्थित श्री नवचेतना प्रा विले महिलाको कोटामा पुरुष शिक्षक छनोट गर्ने गरि परिक्षा लिएको छ ।

तीन जनाको दरबन्दी रहेको उक्त बिध्यलायामा २ जनाको दरबन्दी खाली रहेकोमा एक जना महिला शिक्षक सरुवा भएर उक्त बिध्यालयमा हाजिर भएपछि माघ १३ गते बिज्ञापन खुलाइएको थियो । शिक्षा नियामावली अनुसार महिला कोटा खाली रहेको अवस्थामा महिलानै नियुक्ति गर्नुपर्नेमा उल्टो गरिएको थियो । बिज्ञापन अनुसार तीन जना महिलासँगै एक जना पुरुषको आवेदन दिए ।

तर फागुन १ गते लिइएको महिला कोटाको परीक्षाबाट अशोक कुमार अधिकरीको नाम आगाडी आएको छ भने प्रतिमा ढकाल घिमिरेलाई बैकल्पिक सुचिमा राखिएको छ । बैकल्पिक सुचिमा परेकी प्रतिमा ढकाल घिमिरेले उक्त बिज्ञापन अनुसार आफुले नियुत्ति पाउनुपर्ने भन्दै जिल्ला शिक्षा कार्यालय गोरखामा निवेदन दिएकी छिन् । उनले शिक्षा नियामावली अनुसार महिला कोटाको बिज्ञापनमा महिलाको मात्र आवेदन लिनुपर्नेमा पुरुषको पनि आवेदन स्वीकृत गर्नु र उल्टो महिला कोटामा पुरुष छनोट गर्नु अन्याय भएको बताइन ।

यसै बिषयमा साझा सबालको जिज्ञाशामा जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुबेदीले महिला शिक्षक छनोटको लागि जिल्ला शिक्षा कार्यलयले उक्त बिद्यालयलाई अनुमति दिएको बताए । सुवेदीले भने 'यो बिषयमा बिद्यालयलाई पत्र पठाइएको छ । महिला-महिला बीच प्रतिस्पर्धा गराउनुपर्नेमा महिला-पुरुष बिच प्रतिस्प्रधा गराइएको पाईए त्यसलाई बदर गरि पुन: बिज्ञापन मार्फत पदपूर्ति गरिनेछ ।'

यता बिद्यालयका प्रध्यानाद्यापक गणेश मरहट्टाले महिला शिक्षक सरुवा भएर आएपछि निकालिएको सूचनामा खुल्ला कोटा हुनुपर्नेमा महिला कोटा भनि बिज्ञापन गरिएको भन्दै गल्ति स्विकारेका छन् ।