दिनेश ठकुल्ला/फागुन ६, धनगढी  । बुधवार दिउँसोदेखि सम्पर्कविहीन भएका कैलालीको लम्कीस्थित लम्की बहुमुखी क्याम्पसका प्रमुखसहित तीन जना बिहीबार अपराह्न करिब चार बजे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दिनेश ठकुल्ला/फागुन ६, धनगढी  । बुधवार दिउँसोदेखि सम्पर्कविहीन भएका कैलालीको लम्कीस्थित लम्की बहुमुखी क्याम्पसका प्रमुखसहित तीन जना बिहीबार अपराह्न करिब चार बजे"/>
२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसरी भएछ क्याम्पस प्रमुखसहित तीन जनाको अपहरण

२०७३, ६ फाल्गुन शुक्रबार १२:०३

दिनेश ठकुल्ला/फागुन ६, धनगढी  । बुधवार दिउँसोदेखि सम्पर्कविहीन भएका कैलालीको लम्कीस्थित लम्की बहुमुखी क्याम्पसका प्रमुखसहित तीन जना बिहीबार अपराह्न करिब चार बजेबाट प्रहरीको सम्पर्कमा आएका छन् । 

क्याम्पस प्रमुख भिष्म थापा, सहायक क्याम्पस प्रमुख एवं स्ववियु निर्वाचन अधिकृत कमल बिष्ट र उपप्राध्यापक अमरबहादुर रावल लम्की नजिकै रहेको पथरैया गाविस–३ अमौरीबाट सम्पर्कमा आएको प्रहरीले जानकारी दिएको छ । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक अर्जुन चन्द ठकुरीले तीनै जनाको अवस्था सकुसल रहेको बताउनुभयो । प्रहरी उपरिक्षक चन्दले तीनै जनाले आफूलाई नचिनेका केही व्यक्तिले अपहरण गरेर लगेको सोधपुछका क्रममा प्रहरीसंग बताउनुभयोको जानकारी दिनुभयो ।

क्याम्पस नजिकैको चिया पसलमा चिया खाँदै गर्दा जबरजस्ती स्कारपियो गाडिमा राखेर लगेको अपहरणमा परेकाहरुले बताउनुभयोका चन्दले बताउनुभयो । ‘हामीले तीनै जनासंग सोधपुछ ग¥यौं । तीनै जनाले आफूहरुलाई चिया खाने क्रममा अपहरण गरेर लगेको भनेका छन् ।’ चन्दले भने–‘प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।’

यसअघि बिहीबार बिहान पत्रकार सम्मेलन गरेर जिल्ला प्रहरी कार्यालयले तीनै जनाले आफूहरु अपहरणमा परेको नाटक गरेको हुनसक्ने बताएको थियो । आफन्तबाट उजुरी नआएको र मोटरसाईकलमा चढेर गईरहेको स्थानीयले देखेका र क्याम्पस प्रमुख विप्लव माओवादी निकट रहेकाले अपहरणको नाटक गरेको हुनसक्ने प्रहरीले पत्रकार सम्मेलनमा बताएको थियो ।

क्याम्पस प्रमुख थापाले स्ववियु निर्वाचन रोक्नका लागि विप्लव निकट विद्यार्थी संगठनका कार्यकर्ताले आफूलाई पटकपटक धम्की आएको प्रहरीलाई बताउनुभयोका छन् । स्ववियु निर्वाचन विथोल्ने नियतले नै अपहरण गरिएको देखिएको प्रहरी उपरिक्षक चन्दले बताउनुभयो ।

‘बिहीबार (आज) उम्मेदवारी दर्ता गर्नुपर्ने तोकिएको रहेछ । आजको दिन कटाए निर्वाचन विथोलिने भएकाले निर्वाचन विथोल्न अपहरण गरेको देखिन्छ ।’ चन्दले भने–‘निर्वाचन विथोल्नु बाहेक अन्य उद्देश्य देखिन्न ।’ चिया पसल संचालक महिलाले पनि आफूले तीनै जनालाई जबरजस्ती गाडिमा हालेर लगेको देखेको वयान दिएकी प्रहरीले जनाएको छ ।

अपहरणमा परेकाहरुले अपहरणमा संलग्न व्यक्ति स्थानीय नभएका बताउनुभयोका छन् । उनीहरुले मुनुवा गाविसमा लगेर आफूहरुलाई एक घरमा राखेको बताएका छन ।  

विप्लव निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले भने अपहरण नभई निर्वाचन विथोल्न केही समयका लागि नियन्त्रणमा मात्र लिएको जनाएको छ । स्ववियु निर्वाचन प्रकृयालाई अगाडि नबढाउन दवाव दिनका लागि केही समय नियन्त्रणमा लिएको सो संगठनका एक केन्द्रीय सदस्यले नाम नखुलाउन शर्तमा बताउनुभयो ।

सो संगठनले स्ववियु निर्वाचन स्थगित हुनुपर्ने माग गर्दै आएको छ । स्ववियु निर्वाचका लागि सो क्याम्पसले मतदाता विद्यार्थीको नामावली प्रकाशन गरेको थियो । कैलालीका अन्य क्याम्पसमा भने निर्वाचन प्रकृया अगाडि बढेको छैन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला