दलसिंह गिरी/फागुन ६, कालिकोट । नेपालमा राजनीति हेर्दा–हेर्दा रिंगटा लागिसकेको मह जोडीका बरिष्ठ हास्य कलाकार हरिबंश आचार्यले बताउनु भएको छ । 

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/फागुन ६, कालिकोट । नेपालमा राजनीति हेर्दा–हेर्दा रिंगटा लागिसकेको मह जोडीका बरिष्ठ हास्य कलाकार हरिबंश आचार्यले बताउनु भएको छ । 

"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजनीति हेर्दा-हेर्दा रिंगटा लागिसक्यो: हरिवंश आचार्य

६ फाल्गुन २०७३, शुक्रबार १२:१३


दलसिंह गिरी/फागुन ६, कालिकोट । नेपालमा राजनीति हेर्दा–हेर्दा रिंगटा लागिसकेको मह जोडीका बरिष्ठ हास्य कलाकार हरिबंश आचार्यले बताउनु भएको छ । 

नेपालमा भैरहेको राजनैतिक खिचातानीको अवस्थालाई इंकितगर्दै बरिष्ट कलाकार आचार्यले यस्तो कुरा बताउनु भएको हो । सानिमा बैंक लिमिटेडको ४४ औं शाखा विस्तारको उद्घाटनका लागि कालिकोट आउनु भएका बरिष्ठ कलाकार आचार्यले अब देशमा राजनैतिक क्रान्ति हैन आर्थिक क्रान्तिको खाचो रहेको बताउनु भएको छ । नेपाल प्रकृतिको बर्दान र संसारकै स्वर्ग भएकाले अब नेपालभूमिमा आर्थिक क्रान्ति अगाडी बढाई समृद्ध नेपाल बनाउनु पर्ने बताउनु भएको छ ।

सानिमा बैकको शाखा उद्घाटन सत्रमा बोल्दै हास्य कलाकार आचार्यले जलश्रोतको भण्डार मानिने कर्नालीमा हाइड्रोपावर संचालनका लागि लगानी बढाउन सके सूर्य पूर्वबाट उदाउछ भन्ने धुर्बसत्य कुरा नेपालमा पश्चिमबाट उदायो भन्ने सन्देश फैलिने बताउनु भएको छ । कर्नालीमा नेपाल मात्र नभई यसियालाई नै झिलीमिली पार्न सक्ने हाइड्रोपावरको सम्भावना भएकाले अब कर्नालीबाट यस्तो सन्देश फैलाउन आवश्यक रहेको आचार्यले बताउनु छ ।


स्थापना कालको १३ बर्ष पछि कालिकोटमा ४४ शाखाको रुपमा विस्तार भएको सानिमा बैकको उद्घाटन सत्रमा सम्पूर्ण राजनैतिक दलको तर्फबाट बोल्दै एमालेका जिल्ला अध्यक्ष नगिन्द्र शाही नेश्नलले कर्नालीमा लगानीको अथाह सम्भावना देखेर कर्नाली विकासको लागि लगानी विस्तार गर्ने वित्तिय संस्थाहरुको प्रयास स्वागत योग्य रहेको बताउदै अब यसलाई सिमित क्षेत्रमा मात्र नभै सम्भावना नै सम्भावना भएका दुरदराजका क्षेत्रमा समेत लगानीका हात फैलाउन आग्रह गर्नु भएको छ ।


सानिमा बैकका संचालक भरत कुमार पोखरेलको अध्यक्षता, बरिष्ट हस्यकलाकार एवं सानिमा बैकका ब्राण्डप्रबन्धक हरिवंश आचार्यको प्रमुख आथित्यता, सानिमा बैकका कार्यकारी अधिकृत भुवन दाहाल, युकेएड द्धारा प्रबन्धित सक्षम परियोजनाका निर्देशक बल्जित बोहोरा, कालिकोटका प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार खड्का, स्थानीय विकास अधिकारी प्रदिपराज अधिकारी लगायतको आथित्यतामा आयोजित बैक उद्घाटनसत्रमा बोल्दै सानिमाका संचालक भरत कुमार पोखरेलले सानिमा बैक वित्तिय लागानीमा सक्षम मात्र नभै सम्भावनाको खोजीमा पनि अब्बल रहेकाले सम्पूर्णको जिबन स्तर माथी उठाउन हातेमालो अभियान कर्नालीवासीको घर आगन मै आएको बताउनु भएको छ ।

कालिकोटमा ४४ औं शाखाको रुपमा विस्तार भएको सानिमा बैकको उद्घाटन मह जोडिका हास्य कलाकार हरिवंश आचार्यले रिबन काटेर उद्घाटन गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन