१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किम जोङ नाम हत्या प्रकरण : मलेसियाले उत्तर कोरियाबाट राजदूत फिर्ता बोलायो

१० फाल्गुन २०७३, मंगलवार ०२:००

फागुन १०, क्वालालम्पुर | उत्तर कोरियाका नेता किम जोङ उनका दाजुको हत्यापछि बढ्दो विवादपछि मलेसियाले आफ्ना राजदूतलाई स्वदेश फिर्ता बोलाएको छ । किम जोङ नाम कोरियाका शासक किम जोङ उनका सौतेनी दाजु हुन् ।

गत सोमबार क्वालालम्पुर एयरपोर्टमा मकाउ जाने क्रममा विषालु पदार्थले आक्रमण गर्दा उनको मृत्यु भएको थियो । उनको हत्या आरोपमा दुई महिलासहित तीनजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा एकजना भियतनामको पासपोर्ट बोकेकी महिला र एकजना इन्डोनेसियाली रहेका छन् ।

किम जोङ नाम हत्याको घटनापछि चार उत्तर कोरियाली नागरिकको खोजी कार्य जारी रहेको छ । यसअघि मलेसियाले उत्तर कोरियाका राजदूतसँग छलफल गरेको थियो । गत साता मात्रै मलेसियामा उत्तर कोरियाका प्रतिनिधि काङ चोलले क्वालालम्पुरमाथि ‘दुश्मन शक्ति’ सँग साँठगाँठ गरेको आरोप लगाएका थिए ।

सन् २०११ मा बाबुको मृत्युपछि उत्तर कोरियाको नेतृत्व किम जोङ उनले गरिरहेका छन् । उत्तर कोरियाले किम हत्याका विषयमा मलेसियाले तथ्य लुकाउन खोजेको आरोप लगाएको थियो ।

उत्तर कोरियाको आरोपबाट रुष्ट बनेको मलेसियाले आफ्ना राजदूतलाई फिर्ता बोलाएको हो । अहिलेसम्म किम जोङ नामको हत्यापछि उत्तर कोरियाकै हात रहेको अनुमान गरिएपछि त्यसलाई पुष्टि गर्ने कुनै आधार भेटिएको छैन ।

उत्तर कोरिया स्वयंले पनि किमको हत्याबारे अहिलेसम्म आधिकारिक रूपमा केही बताएको छैन । दक्षिण कोरियाले किमको हत्यालगत्तै यस घटनामा उत्तर कोरियाकै हात रहेको हुन सक्ने भन्दै यस्तो भए किम जोङ उनको शासनकालको दोस्रो ठूलो हत्या हुने जनाएको थियो ।

उत्तर कोरियासँग राजनीतिक र कूटनीतिक सम्बन्ध कायम गर्ने धेरै कम राष्ट्रमध्ये मलेसिया एक थियो । तर, यो घटनापछि दुई देशबीचको सम्बन्धमा तनाव उत्पन्न भएको छ । उत्तर कोरियाले कुनै परीक्षणविना नै किम जोङ नामको शव फिर्ता गर्न गरेको आग्रहलाई मलेसियाले अस्वीकार गरेको थियो ।

गत शुक्रबार नै किमको पोस्टमार्टम सम्पन्न भए पनि अहिलेसम्म त्यसको नतिजा सार्वजनिक भइसकेको छ । मलेसियाली अधिकारीहरू पोस्टमार्टम रिपोर्टको पर्खाइमा रहेको त्यहाँका स्वास्थ्यमन्त्रीले जनाएका छन् ।

उत्तर कोरियाली प्रतिनिधि चोलले आफ्नो देशका प्रतिनिधिको सहभागिताविना आउने कुनै पनि रिपोर्टलाई उत्तर कोरियाले अस्वीकार गर्ने बताएका छन् । मलेसियाले भने डीएनए परीक्षणसमेत आवश्यक रहेको जनाएको छ । डीएनए परीक्षणका लागि प्रहरीले उनका परिवारसँग नमुना माग गरिरहेको छ । किमका परिवारका सदस्यहरू मकाउ र बेइजिङमा बस्ने गरेको बताइएको छ । राजधानी दैनिकमा खबर छ  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो भारतको आसाममा भएको झडपमा दुई जनाको मृत्यु, ४० भन्दा बढी घाइते केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ निर्वाचन हुने÷नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी