फागुन १०, महोत्तरी । स्थानीय हतिसर्वा गाविस– ८ सङ्ग्रामपुर बस्ने २५ वर्षीय अञ्जनीकुमार मिश्रको हत्यो आरोपमा महोत्तरी जिल्ला अदालतले मृतककी पत्नीसहित चार जनालाई मुद्द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १०, महोत्तरी । स्थानीय हतिसर्वा गाविस– ८ सङ्ग्रामपुर बस्ने २५ वर्षीय अञ्जनीकुमार मिश्रको हत्यो आरोपमा महोत्तरी जिल्ला अदालतले मृतककी पत्नीसहित चार जनालाई मुद्द"/>
१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हत्या आरोपमा चारजनालाई थुनामा राख्ने आदेश

१० फाल्गुन २०७३, मंगलवार ०७:५८

फागुन १०, महोत्तरी । स्थानीय हतिसर्वा गाविस– ८ सङ्ग्रामपुर बस्ने २५ वर्षीय अञ्जनीकुमार मिश्रको हत्यो आरोपमा महोत्तरी जिल्ला अदालतले मृतककी पत्नीसहित चार जनालाई मुद्दाको पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । 

न्यायधीश केशवप्रसाद घिमिरेको इजलासले मृतककी पत्नी २२ वर्षीया ज्योति, धर्मपुर– ६ बस्नेफिरोज कवारी, बगडा– ७ बस्ने गङ्गाराम दास र महोत्तरी गाविस– ७ बस्ने कँुवेर राउतसहित चारजनालाई पुर्पक्षका लागि आज जलेश्वर कारागारमा राख्ने आदेश दिएको हो । 

सोही हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका धमौरा– १ बस्ने तुफान नट अन्सारीलाई ३० हजार धरौटीमा तारेखमा छोडिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पोखरेलले बताउनुभयो । 

युवक मिश्रको हत्याको प्रमुख कारण निजको पत्नीको अरुसँग यौन सम्बन्ध राखेको खुलेको र सम्पति हडप्ने उद्देश्य रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । वैदेशिक रोजगारीबाट तीन महिनाअघि मात्र घर फर्केका मिश्रका नाममा पाँच बिगाहा जग्गा छ । 

युवक मिश्रलाई पुस २९ गते शुक्रबार राति ८ बजे आरोपीहरुले हतियार प्रहार गरी हत्या गरेका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन