२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

आत्महत्या न्युनिकरणका लागी अभिमुखिकरण कार्यक्रम सम्पन्न

२०७३, १० फाल्गुन मंगलवार १३:०७

जि.पि. पौडेल/फागुन १०, गोरखा । जिल्ला स्वास्थ्य कार्यालय गोरखाको आयोजनामा आत्महत्या न्युनिकरणका लागी गोरखा सदरमुकाममा १ दिने अभिमुखिकरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ । कार्यक्रममा मानसिक रोगको बारेमा जानकारी गराउदै आत्महत्या गर्नुको प्रमुख कारणहरु, यसबाट परिवार र समाजमा पर्ने असर तथा न्युनिकरणका बारेमा छलफल गरिएको थियो ।

 सेन्टर फर मेन्टल हेल्थ काउन्सिलिङ नेपाल (सि.एम.सि) को सहयोगमा भएको कार्यक्रममा सहभागीहरुलाई वरिष्ठ मनोरोग बिशेषज्ञ प्राध्यापक डा. बिद्यादेव शर्माले सहजिकरण गर्नुभएको थियो । उहाँले आत्महत्या न्युनिकरण गर्ने उपाय, समाजमा मानसिक रोग लागेको व्यक्तिलाई गर्ने हेरचाह तथा व्यवहारका बारेमा जानकारी गराउनु भएको थियो । 

यसैगरि नेपालमा पछिल्लो समय आत्महत्याको क्रम बढीरहेको र आत्महत्याको प्रमुख कारण विभिन्न मानसिक तनाव तथा मानसिक समस्या नै भएकोले यसलाई नियन्त्रण गर्न सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुपर्ने डाक्टर शर्माको भनाई रहेको थियो  । 

कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि, स्वास्थ्यकमीर्, पत्रकार लगायतको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना