३० चैत्र २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

मोवाइल मर्मत तालिमपछि आर्थिक अवस्था सुधार

७ आश्विन २०७२, बिहीबार ०४:४७

नरी बडु, असोज ७, बैतडी । मुक्त हलिया परिवारमा जन्मेका पाटन नगरपालिका– गुजरका प्रदिप बिक केही बर्ष अघिसम्म रोजगारी खोज्न भारत जाने मनस्थितीमा थिए ।

घरको अर्थिक अवस्था कमजोर भएपछि ७ जनाको परिवारको चुलो बल्न गाँउघरमा ज्यालामजदुरी गर्नुपर्ने बाध्यता थियो ।

बुवा बाजेको समयदेखी अरुको घरमा हलियाको रुपमा काम गर्दै आएको उनको परिवार मुक्त हलिया भएपछि झन समस्यामा पर्यो । सरकारले सात बर्षअघि मुक्त हलिया घोषणा गरेपनि बैकल्पिक रोजगारी दिने कुनै योजना नल्याउदा समस्यामा परेको हो ।

अनौपचारिक शिक्षा केन्द्र (ईन्सेक) ले बैतडीमा नेपाल शिक्षा परियोजना लागु गरेपछि प्रदिपको परिवारका दुःखका दिन घटदै गए ।

४ बर्ष अघि सदरमुकाम गोठालापानीमा मोवाइल मर्मत तालिम लिएपछि उनका परिवारको दुःखका दिन घटदै गएका हुन ।

इन्सेकले मुक्त हलियाका बालबालिकाको लागि शिक्षा र सिप पहँुच वृद्धि कार्यक्रम मार्फत अपौचारिक शिक्षा लिने उमेर कटेका उनी जस्तै २५ जनालाई ३ महिने मोवाइल मर्मत तालिम दिएपछि अहिले प्रदिपले मोवाइल मर्मत पसल खोलेका छन ।

तालिमपछि ईन्सेकले मोवाईल मर्मत गर्ने आवश्यक सामाग्री दिएपछि गरिवी निवारण कोषबाट ऋण लिएर उनले पसल खोलेका हुन ।
पाटनको बेडौतीमा मोवाइल मर्मत पसल खोलेर मासिक १५ हजार आम्दानी गर्दै परिवारको गर्जो टार्न सहज भएको छ । मोवाइल मर्मत गरेर उनले परिवारको सबै ऋण समेत तिरेको बताए ।

उनले भने ‘तालिम नपाएको भए भारतमा ज्यालामजदुरी गरेर गुजारा गर्नुपथ्र्यो तर अहिले आफनै पसलमा काम गर्दा सहज भएको छ ।’

प्रदिप जस्तै मुक्त हलियाका ८३ जनाले मोवाइल मर्मत तालिम लिएका छन ती मध्ये २५ जनाले मोवाइल मर्मत पसल खोजी गाँउमै रोजगारी पाएका छन ।

गाँउमै सिपमुलक रोजगारी पाएपछि उनीहरुको परिवारको आयस्तर वृद्धि भएको छ । बिहान बेलुका ज्यालामजुदरीले घरखर्च चलाउदै आएका परिवारको जीवनस्तरमा सुधार आएको छ ।

प्रदिप जस्तै दशरथचन्द नगरपालिक– ४ पल्लो चौडालीका भरतराम कोली अहिले काठमाण्डौको बिशालबजारमा रहेको एक मोवाइल मर्मत सेन्टरमा काम गर्दै आइएमा अध्ययनरत छन ।

आर्थिक अवस्था कमजोर भएका कोली राजधानीमा पढने सपनामा पनि सोचेका थिएनन । तालिम लिएपछि पसलमा काम गर्दै पढन पाउदा उनी खुशी छन ।

पढाई खर्च आफैले जुटाएर चाडपर्वमा घरमा आउदा घरपरिवारको लागि लुगा कपडा समेत ल्याउने गरेको उनले बताए ।

पाटन लार्खाकी नन्दा भुल पनि अहिले आत्मनिर्भर बनेकी छन । ईन्सेकको नेपाल शिक्षा परियोजनाबाट झोला मर्मत तथा बुनाई तालिम लिएपछि उनी घरमै बसीबसी पैसा कमाउन थालेकी छिन ।
झोला बुन्न आवश्यक कच्चा पदार्थ धागो खरिद गरी यो बर्ष झोला बिक्री गरेर ७५ हजार कमाएको उनले बताइन ।

उनले बनाएका झोला लिन बजारमा तछाड मछाड नै चल्छ । मिहेनत साथ राम्रो, स्तरिय आकर्षक झोला देखेपछि ग्राहक झोला खरिदको लागि घरमै आउने गरेका छन ।

परियोजनाले मुक्त हलियाको जीवनस्तर नै परिवर्तन गरेको छ । मुक्त हलिया बढी भएको देहीमाण्डौ, पाटन, न्वाली, दुर्गास्थान लगायतका ठाँउका मुक्त हलियाका बालबालिका आत्मनिर्भर बन्नुका साथै बिद्यालय समेत जान थालेका छन ।

बिद्यालयमा सचेतना कक्षा मार्फत मुक्त हलियाका बालबालिकाको चेतनास्तर वृद्धि भएको छ । छुवाछुत, भेदभाव, छाउपडी लगायतका विकृतीबारे चेतना जगाउन सहयोग पुगेको निगंलाशैनी उच्च माविका प्रअ प्रेमबहादुर बोहराले बताए ।

उनले भने परियोजना लागुभएपछि बिद्यालय आउने मुक्त हलियाका बालबालिकाको संख्या बढेको छ ।

मुक्त हलियाका बालबालिकालाई शैक्षिक समाग्री, खेल समाग्री वितरणपछि उनीहरु खुशी भएको प्रअ बोहराले जानकारी दिए ।

ईन्सेकले संचालन गरेको नेपाल शिक्षा परियोजनाले मुक्त हलियाको आर्थिक अवस्था सुधार्दै, चेतनास्तर वृद्धि गर्दै शिक्षा र सिप विकास भएको ईन्सेक जिल्ला प्रतिनिधी शेरबहादुर चन्दले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ काठमाडौँ उपत्यकामा बिहानदेखि हल्का वर्षा नेपाली चलचित्र क्षेत्रका लागि २०८१ समग्रमा सुखद वर्ष नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भुवनसिंह गुरुङ निर्वाचित युरोप रोजगारको मागपत्र प्रमाणीकरण एक महिनाभित्रै सुरु हुने, व्यक्तिगत श्रमस्वीकृतिमा लगाम लगाइने दाउन्नेमा ट्राफिक व्यवस्थापन गर्न डेढ सय बढी सुरक्षाकर्मी परिचालन गृहमन्त्री लेखकले राजावादीको हिंसात्मक प्रदर्शन घटनामा संलग्नहरूलाई पक्राउ गर्ने क्रम जारी रहेको बताए उत्तरी चीनमा मानिसलाई घरभित्रै बस्न अपिल गरियो, वीरगन्जमा १७ जना बालकको उद्धार विष्णुप्रसाद पौडेलले एमालेलाई कमजोर बनाउने प्रतिक्रियावादीको योजना चिर्नु सबै कार्यकर्ताको दायित्व हो भने राजावादी आन्दोलनका क्रममा भएको क्षतिमध्ये पाँच करोड बराबरको बीमा दाबी दुर्गा प्रसाईंलाई १२ दिन थुनामा राखेर अनुसन्धान गर्ने केपी शर्मा ओलीले राजतन्त्रले जनताका लागि केही नगरेको टिप्पणी गरे उच्च अदालतको आदेश बदर गर्न माग गर्दै रविले हाले सर्वोच्च अदालतमा निवेदन गगन थापाले आन्दोलनरत शिक्षकका केही माग कानून नबनाइ छिट्टै हल गर्न सकिने बताए निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको निःशुल्क स्वास्थ्य परीक्षण पूर्वराजालाई संसदीय समिति बैठकमा बोलाउनुपर्ने जीवन परियारको माग भृकुटीमण्डपमा दुई-पांग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लु फेस्ट’ सुरु सञ्चार तथा सूचना प्रविधिमन्त्रीले संविधान संशोधन, सुशासन र अर्थतन्त्र चलायमान बनाउने काम भइरहेको बताए तीन महिने शिशु बोकेर भागेकी युवती पक्राउ