२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

पोषण सुरक्षाका लागि अनुदान वितरण

२०७३, १२ फाल्गुन बिहीबार ०७:४६

फागुन १२, भद्रपुर । जिल्ला पशुसेवा कार्यालय भद्रपुरले पाथिभरा कृषि फार्म दमकलाई चल्ला हुर्काउने केन्द्र स्थापनाका लागि रु ३० लाख अनुदान सहयोग गरेको छ । 

जिल्लामा पोषण सुरक्षाको अवस्थालाई अझ सबल र सुदृढ बनाउने उद्देश्यले सो केन्द्रको स्थापना गर्न लागिएको हो । 

यसैगरी जिल्ला पशुसेवा कार्यालयले मध्यपहाडी तथा हुलाकी मार्ग लक्षित एकीकृत दुग्ध उत्पादन प्रवद्र्धन कार्यक्रम (डेरी पकेट क्षेत्र) अन्तर्गत पाँचवटा समूहलाई जनही रु ११ लाख २० हजारका दरले अनुदान उपलब्ध गराएको छ । 

अनुदान प्राप्त गर्नेमा मनकामना सामुदायिक वन उपभोक्ता समूह राजगढ, पाँचगाछी दुग्ध उत्पादक कृषि समिति आठमोज्जा बचत तथा ऋण सहकारी संस्था लि खुजरगाछी, सानुमाई गाई विकास समिति शरणामती र बैगुनधुरा दुग्ध उत्पादक कृषक समिति बैगुनधुरा छन् । 

यस्तै, सोहि कार्यक्रमअन्तर्गत दुग्ध बजारीकरण व्यवस्थापनका लागि नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि मेचीनगरपालिका र रितिका डेरी उद्योग धाइजनलाई रु १३ लाख अुनदान दिएको छ । 

यसैगरी, मासु उत्पादनका लागि पाडा हुर्काउन भट्टराई ब्रदर्श एग्रिकल्चर फार्म गौरादह र प्रगति कृषि फार्म कुमरखोदलाई जनही रु दुई लाखका दरले अनुदान वितरण गरेको जिल्ला पशुसेवा कार्यालय भद्रपुरका पशु चिकित्सक डा कुमारसिंह खत्रीले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना