संस्थानको तर्फबाट पशुपतिनाथ मन्दिर परिसर, राम मन्दिर, मृगस्थली गोरखनाथ, भष्मेश्वर र निर्म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

संस्थानको तर्फबाट पशुपतिनाथ मन्दिर परिसर, राम मन्दिर, मृगस्थली गोरखनाथ, भष्मेश्वर र निर्म"/>

२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महाशिवरात्रिमा साधुसन्तलाई निःशुल्क भोजनलगायत तयारी पूरा

२०७३, १२ फाल्गुन बिहीबार ०८:१५

फागुन १२, काठमाडौँ । महाशिवरात्रिमा आएका साधुसन्तका लागि निःशुल्क भोजनलगायत सम्पूर्ण तयारी पूरा गरेको गुठी संस्थानले जनाएको छ ।

संस्थानको तर्फबाट पशुपतिनाथ मन्दिर परिसर, राम मन्दिर, मृगस्थली गोरखनाथ, भष्मेश्वर र निर्मल अखडालगायतका क्षेत्रमा आवश्यक सामग्रीको व्यवस्था गरिएको छ । संस्थानले महाशिवरात्रिको व्यवस्थापनका लागि यस वर्ष रु २४ लाख विनियोजन गरेको छ । 

बुधबार एकादशीको दिन संस्थानका तर्फबाट राडी, च्यादर, बख्खु, कमन्डलु, शङ्ख, घन्ट, पीताम्बरी, लोटा, सिदालगायत सामान साधुसन्तलाई वितरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति निवासमा सङ्कल्प गर्नुभएको गुठी संस्थान पशुपति कार्यालयकी प्रमुख खिमा ओलीले राससलाई जानकारी दिनुभयो । 

“राष्ट्रपतिले एकादशीका दिन शुभसाइतमा सङ्कल्प गर्नुभएको सामग्री विशिष्ट साधुसन्तलाई फागुन १५ गते बिहान बिदाइका बेला दक्षिणासहित प्रदान गरिनेछ” – उहाँले भन्नुभयो । 

महाशिवरात्रिका दिन शुक्रबार बिहान संस्थानको तर्फबाट पशुपतिनाथमा पञ्चामृत स्नानसहित विशेष पूजा गरिनेछ । महाशिवरात्रि अवधिभर साधुसन्त, महात्मा, सन्यासीलाई धुनी बाल्न ३८ हजार किलो दाउरा व्यवस्था गरिएको छ । स्वदेश तथा विदेशबाट आएका साधुसन्त, महात्मालाई महाशिवरात्रिको अवसरमा संस्थानले निःशुल्क भोजनको व्यवस्था गरेको छ । 

पशुपति परिसरमा नागा साधुलाई बुधबार बेलुकीदेखि फागुन १५ गते आइतबार बिहानसम्म, आर्यघाटपारि राम मन्दिरमा वैष्णव साधुलाई बिहीबारदेखि १५ गते बिहानसम्म, गोरखनाथ मठ मृगस्थलीमा नाथ सम्प्रदायका साधुलाई बिहीबारदेखि फागुन १५ गते बिहानसम्म, भष्मेश्वर अखडामा उदासी सम्प्रदायका साधुलाई बिहीबारदेखि १५ गते बिहानसम्म र राजराजेश्वरी निर्मल अखडामा पनि उदासी सम्प्रदायका साधुलाई बिहीबारदेखि १५ गते बिहानसम्म निःशुल्क भोजनको व्यवस्था गरिएको छ । 

कालमोचनघाटको बैरागी अखडा, उदासी अखडा, सन्यासी अखडा र गोरखनाथ अखडामा पनि आजदेखि १५ गते आइतबार बिहानसम्म निःशुल्क भोजनको व्यवस्था भएको छ । 

महाशिवरात्रिका अवसरमा आएका साधुसन्त र महात्मालाई फागुन १५ गते आइतबार बिहान भोजनपछि दक्षिणा दिई बिदाइ गरिनेछ । पशुपति मन्दिर परिसरभित्र नागाहरुको बिदाइ गर्दा दक्षिणासहित दुई सय ग्रामको पेडा वितरण गरिने र अन्य साधुलाई दक्षिणा दिएर बिदाइ गरिने परम्परा छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान