टेक शाही | फागुन १५ डोल्पा | सहभागितात्मक योजना तर्जुमा सम्बन्धी २ दिने जिल्ला स्तरिय बाल भेला सम्पन्न भएको छ । जिल्ला भित्रका बालबालिकाको योजना तर्जूृमा बालबालिका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

 टेक शाही | फागुन १५ डोल्पा | सहभागितात्मक योजना तर्जुमा सम्बन्धी २ दिने जिल्ला स्तरिय बाल भेला सम्पन्न भएको छ । जिल्ला भित्रका बालबालिकाको योजना तर्जूृमा बालबालिका"/>

४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

सहभागितात्कम योजना तर्जूमा सम्बन्धी जिल्ला स्तरिय बाल भेला सम्पन्न

१५ फाल्गुन २०७३, आईतवार १२:५९


 टेक शाही | फागुन १५ डोल्पा | सहभागितात्मक योजना तर्जुमा सम्बन्धी २ दिने जिल्ला स्तरिय बाल भेला सम्पन्न भएको छ । जिल्ला भित्रका बालबालिकाको योजना तर्जूृमा बालबालिकाको सहभागिता र उनिहरुको मागकको सम्बोधन कसरि गर्ने भन्ने बिषयमा जिल्ला स्तरिय बाल भेला गरिएको हो । डोल्पा जिल्लाका ३९ जना बालबालिकाहरुको उपस्थितिमा जिल्ला बाल भेला गरिएको जिल्ला बिकास समिति डोल्पाकी कार्यक्रम अधिकृत दन्ता न्यौपानेले जानकारि दिनु भयो । 

बालबालिकाको योजना तर्जूमामा बालबालिकाका माग र सवालहरु राखिएका थिय । जसमा मन पर्ने,मन नँपर्ने,जोखिम न्यूनिकरण, परिकल्पानाहरुको बारेमा चित्र मार्फत भेलामा सहभागि बालबालिकाहरुलाइ प्रष्ट पारि जानकारि गारइएको थियो । 

सबै भन्दा पहिलो गाविस स्तरिय बाल भेला गराएर उक्ता गाविस स्तरिय बाल भेलाबाट छनौट भइ आएका माग र समस्याहरुलाइ जिल्ला बाल भेलामा प्रस्तुत गर्ने र जिल्ला बाल भेलाबाट सो छनौट भएका माग पूरा गर्न र समस्याहरुको समाधान गर्न बजेट बिनियोजन गर्ने गरेका दुनै गाविसकी सहजकर्ता दिलु केसिले जानकारि दिनु भयो । 

बालमैत्रि स्थानिय शासन घोषणा भएको गाविसमा बालबालिकाको लक्षित रकम १५ प्रतिशत र अन्य गाविसमा लक्षित रकम १० प्रतिशतका दरले बिनियोजन हुने प्राबधान रहेको छ । हरेक गाविसको बिद्यालयमा रहेको समस्याहरुलाइ जनचेतना मुलक कार्यक्रम गरि सचेतान दिने,बालबालिकाहरुले बिषेश गरि तथ्याँक सँकलन गर्ने,सडक नाटक गर्ने लगायतका बिभिन्न खाले जनचेतनामूलक कार्यक्रम गर्नको लागि लक्षित रकम बिनियोजन गर्ने गरेको प्रशिक्षक तथा योजना अधिकृत दन्ता न्यौपानेले बताउनु भयो । 

डोल्पा जिल्लामा रहेको लिकु गाविस बालमैत्रि स्थानिय शासन मुक्त गाविस घोषणा हुने तयारिमा रहेको छ । लिकु गाविसलाइ छिटै घोषणा गर्नु पर्ने र दुनै गाविसलाइ पनि बालमैत्रि स्थानिय शासन मुक्त गाविस घोषणाको लागि पहल गर्नु पर्ने जिल्ला बाल सञ्जालका अध्यक्ष सुमन गौतमले जोड दिनु भयो । सरकारको लक्ष्य अनुरुप डोल्पा जिल्लाका गाविसहरुलाइ बालमैत्रि स्थानिय शासन मुक्त गाविस घोषणा गरेमा बालबालिकाको हकहित सुरक्षित हुन्े पनि गौतमको दावी रहेको छ ।

 बालमैत्रि स्थानिय शासन घोषणाको लागि चारवटा सुचकहरु बाल बचाउ,बाल सहभागिता,बाल सारक्षण र बाल बिकास भएकोले अब डोल्पाका मापदण्ड पुग्ने जतिका गाविसलाइ बालमैत्रि स्थानिय शासन मुक्त गाविस घोषणा गर्न जिल्ला बाल भेलामा उपस्थित बालबालिकाको बिषेश जोड रहेको छ । 

हरेक बालबालिकाले आफनो हक अधिकारको बिषयमा जानकारि पाउनु पर्ने र उनिहरुका समस्याहरुको समाधान पनि सरकारले गर्र्ने लक्ष्य रहेकोले गाउ स्तर देखि जिल्ला स्तर सम्म बालबालिकाको अधिकार र उनिहरुको सुरक्षा तथा सँरक्षण भएको भन्दै जिल्ला बाल भेलाले समग्र जिल्लाका बालबालिकाहरुको अधिकार सुनिश्चितता गर्नेमा बिश्वस्त रहेको जिल्ला बाल भेलका सहजकर्ता कार्यक्रम अधिकृत दन्ता न्यौपानेले बताउनु भयो् । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ