फागुन १७, भक्तपुर । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको सङ्घारमा भक्तपुरस्थित सानोठिमी क्याम्पस तनावग्रस्त बनेको छ । 

गए राति क्याम्पस प्रमुख राम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १७, भक्तपुर । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको सङ्घारमा भक्तपुरस्थित सानोठिमी क्याम्पस तनावग्रस्त बनेको छ । 

गए राति क्याम्पस प्रमुख राम"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भक्तपुरको सानोठिमी क्याम्पसमा आगजनी

१७ फाल्गुन २०७३, मंगलवार १०:१०

फागुन १७, भक्तपुर । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको सङ्घारमा भक्तपुरस्थित सानोठिमी क्याम्पस तनावग्रस्त बनेको छ । 

गए राति क्याम्पस प्रमुख रामचन्द्र घिमिरेको कार्यकक्षमा आगजनी भएको थियो । सानोठिमी क्याम्पसमा अखिल क्रान्तिकारी ‘प्रचण्ड’ र नेविसङ्घले संयुक्त तथा एमाले निकट अनेरास्ववियु र अखिल क्रान्तिकारी (विप्लव) पक्षले संयुक्त समूह बनाएर उम्मेदवारी दिएका छन् । 

अखिल क्रान्तिकारी ‘प्रचण्ड’ का महासचिव एवम् सानोठिमी क्याम्पसका निवर्तमान स्ववियु सभापति वीरेन्द्र बस्नेतले अनेरास्ववियु र विप्लव निकट क्रान्तिकारीले आफ्नो समूह हार्ने डरले क्याम्पस प्रमुखको कार्यकक्षमा आगजनी गरेको आरोप लगाउनुभयो । 

यता अनेरास्ववियु र अखिल क्रान्तिकारी (विप्लव) पक्षले आजै पत्रकार सम्मेलन गरेर आरोपको खण्डन गरी आगजनीबारे निष्पक्ष छानबिनको माग गरेका छन् । 

पत्रकार सम्मेलनमा अनेरास्ववियुका केन्द्रीय सदस्य श्यामसुन्दर बस्नेतले सानोठिमी क्याम्पसका निवर्तमान स्ववियु सभापति वीरेन्द्र बस्नेतको समूहले आगजनी गरेको जिकिर गर्नुभयो । 

उहाँले भन्नुभयो–“रातभरि हाम्रो प्यानललाई क्याम्पसमा छिर्न दिइएको छैन, सरकार पक्ष क्रान्तिकारीका साथी क्याम्पसभित्र बसेको छ, चारैतिर प्रहरी तैनाथ भएकै बेलामा आगजनी भएको छ, प्रहरीले आगजनी गर्नेलाई पक्राउ नगरी मूकदर्शक भएको छ ।” 

अनेरास्ववियु र अखिल क्रान्तिकारी (विप्लव) पक्षलाई बदनाम गर्ने उद्देश्यले आगजनी भएको बताउँदै उहाँले घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गरेपछि मात्रै निर्वाचन प्रक्रिया अगाडि बढाउनुपर्ने माग राख्नुभयो । 

अखिल क्रान्तिकारी (विप्लव) समूहका केन्द्रीय सदस्य एकराज डाँगीले भक्तपुरका प्रहरी प्रमुख किरण राणाको नेतृत्वमा क्याम्पसमा खटिएको टोलीले अनेरास्ववियु र अखिल क्रान्तिकारी (विप्लव) पक्षलाई क्याम्पसभित्र छिर्न समेत नदिएको आरोप लगाउनुभयो । 

क्याम्पस प्रमुख घिमिरेले भने निर्वाचन नरोकिने बताउनुभयो । क्याम्पसमा कुनै पनि बेला दुईपक्ष विद्यार्थीबीच झडप हुनसक्ने भएपछि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य