Skip to content
Saturday, July 18, 2026 Nepali Online Media
February 28, 2017 गोरखा - GRK, समाज

बिपदमा खोज र उद्धारमा सक्षम बनाउन ५ दिने अभिमुखिकरण आजबाट हर्मीमा सुरु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>जि.पि. पौडेल | फाल्गुण १७, गोरखा । गोरखाको हर्मी गाबिसमा गाबिस स्तरीय बिपदका बेला खोज र उद्धार गर्न समुदायलाई सक्षम बनाउने उदेश्यका साथ ५ दिने खोज तथा उद्धार तालिम आजबाट हर्मीमा सुरु भएको छ ।&nbsp;<br></p><p>युरोपियन युनियन र ए.डि.सी को आर्थिक सहयोग तथा केयर नेपाल, ह्यान्डीक्राप्ट इन्टरनेशनल र एकीकरण नेपालको साझेदारीमा केयर नेपालको प्रयास परियोजना अन्तर्गत उक्त आयोजना खोज तथा उद्धार तालिम सुरु गरिएको हो । हर्मी गाबिस स्तरीय खोज तथा उद्धार समीती तथा हर्मी गाबिसका वडा नम्बर १,६ र ९ का वडा स्तरीय समीतीका सदस्यहरुलाई उक्त तालिम प्रदान गरिएको प्रयास परियोजनाका ब्यबस्थापक नरेश देबकोटाले जानकारी दिनुभयो ।&nbsp;</p><p>उक्त तालिममा प्रशिक्षकहरु बलबहादुर सिलाधर, पशुपती चौधरी रहनुभएको जनाइएको छ । उक्त तालिम फाल्गुण २१ गते सम्म चल्नेछ ।</p>