2026-09-08 01:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

गोरखा क्याम्पसमा ताला अझै खुल्न सकेन, द्रब्य शाह बहुमुखी क्याम्पसमा निर्वाचनको तयारी पुरा

जि.पि. पौडेल | फाल्गुण १७, गोरखा । गोरखा नगरपालीका ५ स्थित गोरखा क्याम्पसमा अखिल क्रान्तिकारीले लगाएको ताला अझै खुल्न सकेको छैन । स्वतन्त्र बिधार्थी युनियनको चुनाव भोली हुने भनिए पनि अहिले सम्म क्याम्पसमा लगाइएको ताला नखुल्दा चुनाव हुने होकि हैन भन्ने अन्यौलता बढेको छ । सहमति सहकार्य, सम्झौताको प्रक्रिया अगाडी बढाउने प्रयास भइरहेको गोरखा क्याम्पसका निर्वाचन अधिकृत यदु अधिकारीले बताउनु भयो । गत शनिबार मनोनयन दर्ता गर्ने क्रममा नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीबिच कसको दर्ता क्रम पहिले हुने भन्ने विषयमा विवाद भएपछि अनेरास्ववियु क्रान्तिकारीले आईतबार गोरखा क्याम्पसमा तालाबन्दी गरेको थियो ।

निर्वाचन समितिले नेविसंघलाई दोस्रो र अखिल क्रान्तिकारीलाई तेस्रो क्रममा दर्ता गरेको थियो । पहिलो क्रममा भने नेपाल मजदुर किसान पार्टी निकटको नेपाल क्रान्तिकारी विद्यार्थी संघले मनोनयन दर्ता गराएको थियो । त्यसपछिको क्रममा दुबै विद्यार्थी संगठन एकैपटक मनोनयन दर्ता गराउन पुगेपनि निर्वाचन समितिले नेविसंघलाई दोस्रो र अखिल क्रान्तिकारीलाई तेस्रो क्रममा दर्ता गराएको थियो । 

यता जिल्लाको लक्ष्मीबजारमा रहेको द«व्य शाह बहुमुखी क्याम्पसमा भोली हनु स्ववियुको निर्वाचनको सम्पुर्ण तयारी पुरा भएको छ । कुनै रोकावट र समस्या बिना द्रब्य शाह बहुमुखी क्याम्पसमा भोली हनु स्ववियुको निर्वाचनको सम्पुर्ण तयारी पुरा भएको निर्वाचन अधिकृत शंकर प्रसाद घिमिरे जानकारी दिनुभयो । भोली बिहान ८ बजे देखि २ बजेसम्म मतदान हुने निवाचन अधिकृत घिमिरेको भनाई रहेको छ । सो क्याम्पसबाट स्ववियु चुनावमा ३०१ जना मतदाता रहेको उहाँले बताउनु भयो । स्ववियु चुनावमा बिभिन्न पदमा सो क्यापसका प्रत्यक्ष तर्फ ३७ जनाको उम्मेद्वारी परेको छ । स्ववियुको सभापति पदमा ५ वटा बिधार्थी संगठनले उम्मेद्वारी दर्ता गराएको छ । अ.ने.रा.स्व.वि.यु.(क्रान्तिकारी)का मनोज राना मगर, नेपाल विद्यार्थी संघका प्रविन बस्नेत, अनेरास्ववियूका सृष्टि लामा, नेपाल क्रान्तिकारी विद्यार्थी संघका कल्पना नेपाली, नयाँ शक्ति विद्यार्थी युनियनका अनुपम आचार्य स्ववियुको सभापति पदका लागी चुनावी मैदानमा उत्रने निर्वाचन अधिकृत शंकर प्रसाद घिमिरे जानकारी दिनुभयो । त्यस्तै सचिव पदका लागी अ.ने.रा.स्व.वि.यु.(क्रान्तिकारी)का बालकृष्ण परियार, नेपाल विद्यार्थी संघका पुजा न्यौपाने, अनेरास्ववियूका सुरज श्रेष्ठ र नयाँ शक्ति विद्यार्थी युनियनका शुशिल गुरुङले उमेद्वारी दर्ता गराएको उहाँले जानकारी दिनुभयो । 

निवार्चन अधिकृत घिमिरेका अनुसार अ.ने.रा.स्व.वि.यु.(क्रान्तिकारी)का सुकु गुरुङ, नेपाल विद्यार्थी संघका शोभा थापा, अनेरास्ववियू लक्ष्मण श्रेष्ठ र नयाँ शक्ति विद्यार्थी युनियनका संझना बयलकोटी कोषाध्यक्ष पदका लागी भिड्ने भएका छन् । त्यस्तै सदस्यमा ४ वटा बिधार्थी संघ–संगठनबाट ६÷६ जना गरि २४ जनाले उमेद्वारी दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल