फागुन २०, चितवन । सङ्कटापन्न अवस्थामा रहेका घडियाल गोहीको सङ्ख्या बढाउनका लागि एक हजार २२६ वटा गोही विभिन्न नदीमा छाडिएको छ । 

नदी छेउमा सङ्कलन गरिएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २०, चितवन । सङ्कटापन्न अवस्थामा रहेका घडियाल गोहीको सङ्ख्या बढाउनका लागि एक हजार २२६ वटा गोही विभिन्न नदीमा छाडिएको छ । 

नदी छेउमा सङ्कलन गरिएक"/>

२५ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

एक हजार दुई सय गोही नदीमा छोडियो

२० फाल्गुन २०७३, शुक्रबार ०८:४६

फागुन २०, चितवन । सङ्कटापन्न अवस्थामा रहेका घडियाल गोहीको सङ्ख्या बढाउनका लागि एक हजार २२६ वटा गोही विभिन्न नदीमा छाडिएको छ । 

नदी छेउमा सङ्कलन गरिएको अन्डा चितवन राष्ट्रिय निकुञ्जभित्रको कसरामा रहेको गोही प्रजनन केन्द्रमामा ल्याई बच्चा कोरलेर हुर्काएपछि नदीमा छाडिँदै आएको छ । 

सन् १९७८ मा स्थापना गरिएको सो प्रजनन केन्द्रमा गोहीका बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छोड्न थालिएको हो । केन्द्र हेर्दै आउनुभएका चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार हालसम्म राप्तीमा ५४६, नारायणीमा ३९९, कालीगण्डकीमा ३५, सप्तकोसीमा ९५, कर्णालीमा ४१ र बबहीमा ११० वटा गोही छोडिसकिएको छ । 

अन्य नदीमा गोहीको संरक्षण कम हुन थालेपछि पछिल्लो समय भने राप्ती नदीमा मात्रै गोही छोड्न थालिएको हो । खड्काका अनुसार गतवर्षको माघ र यस वर्षको माघमा राप्ती नदीमा मात्रै १७० वटा गोही छाडिएको छ । यस वर्ष चार भालेसहित ७० वटा गोही छाडिएको खड्काले बताउनुभयो । 

ठूलो सङ्ख्यामा गोही छाडेको भए पनि राप्ती र नारायणीबाहेक अन्य नदीमा भने न्यून मात्रै गोही रहेका छन् । खड्काका अनुसार राप्ती र नारायणीमा १५० को हाराहारीमा गोही भएको अनुमान छ । अन्य नदीमा भने ५० को हाराहारीमा गोही भएको अनुमान केन्द्रको छ । प्रजनन केन्द्रमा हाल १३ माउसहित ६०० जति गोही रहेको उहाँले जानकारी दिनुभयो । 

निकुञ्ज क्षेत्रमा बगेको नदीको स्थलमात्र गोहीको वासस्थानका लागि सुरक्षित रहेको बताउँदै उहाँले नेपालका वासस्थान प्रदूषित हँुदै जानु र पानीको बहावसँगै भारततर्फ गोही जानुले दिनानुदिन यसको सङ्ख्या घट्दै गएको हो । 

भारतीय संरक्षणकर्मीले खिचेका गोहीका अधिकांश तस्बिर नेपालमा छाडिएका गोहीको हुने गरेको दावी उनको छ । खड्काले एउटा गोहीको अन्डाबाट बच्चा कोरलेपछि एक हप्तामा आमालाई छोड्ने गर्दछ । त्यसका लागि खेल्न करिब २०० किलोमिटर नदीको लामो भूभाग चाहिने भए पनि नेपालका नदीमा पर्याप्त ठाउँ नहुँदा भारततर्फ जाने गरेका छन् । जान सजिलै जाने तर फर्किंदा नदीमा भएका तटबन्ध र पानीको बहावका कारण कठिन हुने हुँदा बर्सेनि नेपालमा हुर्काएर छाडिएका गोही भारततर्फ जाने गरेको उहाँले बताउनुभयो । 

नेपालका नदीमा गोही छाड्दा नम्बर लगाएर चिन्न सकिने गरी छोडिँदै आएको छ । सहायक संरक्षण अधिकृत खड्काकाअनुसार ७५ प्रतिशत गोही भारत जाने गर्दछ । माछा जता जान्छ गोही त्यतै जाने गर्दछ । यसकारण मानिसले जालमा पार्ने, घाइते बनाउने र मार्ने समस्या पनि देखिएको छ । 

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले गोहीको वासस्थान मानवका कारण असुरक्षित बन्दै गएकाले संरक्षण गर्न अप्ठ्यारो भएको र यसको सङ्ख्या बढाउन नसकेको बताउनुभयो । उहाँले माछा मार्ने, गिटी, ढुङ्गा, बालुवा निकाल्नेलगायतका कारण गोहीको वासस्थान असुरक्षित बन्दै गएको बताउनुभयो । 

एसियामा नेपाल र भारतमा प्रजनन केन्द्र खडा गरी घडियाल गोही संरक्षण गर्दै आएका कारण लोप हुनबाट बचेका छन् । तर अन्य देशमा घडियाल गोही लोप भइसकेका छन् । 

सन् २००७ मा गोहीलाई सङ्कटापन्न जलचरका रुपमा घोषणा गरिसकिएको छ । खड्काले सामान्यतया सङ्कटापन्न घोषणा गरेको १० वर्षमा ५० प्रतिशत लोप भइसक्छ । त्यसैले पनि यसको सङ्ख्या बढाउन नेपालमा सबैतिरबाट सहयोगको खाँचो रहेको छ उहाँले भन्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो