फागुन २०, इलाम । इलाम सदरमुकाममा पानी आपूर्ति गर्ने आयोजनाको दीर्घकालीन समस्या समाधान नहुँदा हिउँद–बर्खा नै पिउने पानीको समस्या हुने गरेको छ । 

सुख्खा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २०, इलाम । इलाम सदरमुकाममा पानी आपूर्ति गर्ने आयोजनाको दीर्घकालीन समस्या समाधान नहुँदा हिउँद–बर्खा नै पिउने पानीको समस्या हुने गरेको छ । 

सुख्खा"/>

२५ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

सदरमुकाममा जहिले पनि खानेपानीको समस्या

२० फाल्गुन २०७३, शुक्रबार ०८:५२

फागुन २०, इलाम । इलाम सदरमुकाममा पानी आपूर्ति गर्ने आयोजनाको दीर्घकालीन समस्या समाधान नहुँदा हिउँद–बर्खा नै पिउने पानीको समस्या हुने गरेको छ । 

सुख्खायाममा मूल सुकेर पानी नआउँदा समस्या खेप्ने उपभोक्ता बर्खा लाग्नासाथ विभिन्न स्थानमा हुने क्षतिका कारण पिउने पानीबाट वञ्चित हुन्छन् । इलाम सदरमुकामका बासिन्दालाई प्रतिसेकेन्ड २४ लिटर पानीको आवश्यकता छ । 

सदरमुकाममा पानी आपूर्ति हुँदै आएको भाँडीखोला मुहानमा प्रतिसेकेन्ड एक लिटरजति मात्र पानी आउँछ । ३१ किलोमिटर टाढाको गिताङ मुहानबाट ल्याइएको पाइप लाइन विभिन्न स्थानमा जीर्ण हुँदा सुख्खायाममा थोरै पानीमात्र आउँछ । यो मुहानबाट प्रतिसेकेन्ड साढे पाँच लिटर पानी आउने गरे पनि पटकपटक अवरोध हुने गरेकाले सदरमुकामको खानीपानी समस्या हिउँद लागेसँगै चर्किने गरेको छ । 

लामो दूरी, भौगोलिक विकटता र प्राविधिक रूपमा असफल मानिएको गिताङ मुहानको पानीको भरोसा सदरमुकामवासीको एकमात्र विकल्प हो । माइमझुवाको नर्सरी क्षेत्रमा पूरै दलदल रहेको र करिब ४० मिटर जति क्षेत्र पहिरोको मुखमा रहेकाले पटकपटक बिग्रने गरेको इलाम नगरपालिकाले जनाएको छ । 

जडान भएका तीन हजार धारामा हजारौँ परिवार आश्रित छन् । नियमित पानी नआउने भएपछि ढुङ्गे धारामा दिनरात भीड लाग्ने गरेको छ । बढ्दो सहरीकरणले कतिपय ढुङ्गे धारा सुकेका छन् भने भएकामा पनि पर्याप्त पानी आएको छैन । 

दीर्घकालीन समाधानका लागि तेस्रो साना सहरी खानेपानी आयोजना लागू गर्ने भनिए पनि कार्यान्वयन भएको छैन । तत्काल समाधानका लागि जिल्ला खानेपानी तथा सरसफाइ कार्यालयमार्फत गिताङबाट नयाँ पाइपलाइन बिछ्याउन थालिएको थियो । आयोजना आउने भनेपछि त्यसको काम रोकिएको छ । करिब रु एक करोड ५० करोड खर्चेर सात किमी पोलिथिन पाइप बिछ्याइए पनि निर्माण कार्य रोकिएको हो । 

थप १३ किमी पाइपलाइन बिछ्याएर चारखाँदेस्थित फिल्टर प्लान्टमा त्यो लाइन जोड्ने लक्ष्य थियो । तत्काल समाधानका लागि नयाँ बिछ्याइएको पाइपलाइनबाट फिल्टरप्लान्ट नल्याई सुलुवुङ र माइमझुवाबीचमा पुरानो लाइनमा जोडेर छिटो आवश्यकता पूरा गर्ने विकल्प पनि नगरपालिकाले सोचेको थियो । तर कुनै काम हुन नसक्दा समस्या जटिल बन्दै गएको छ । 

यसै वर्षदेखि खानेपानी व्यवस्थापनको जिम्मा लिएको नगरपालिकाले खानेपानीको न्यूनतम महसुलमा वृद्धि गरी रु दुई सय पु¥याएको छ । महसुल दोब्बर वृद्धि भएपछि व्यवस्थापन सुदृढ हुनुपर्ने उपभोक्ताको माग छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो