फागुन २०, इलाम । इलाम सदरमुकाममा पानी आपूर्ति गर्ने आयोजनाको दीर्घकालीन समस्या समाधान नहुँदा हिउँद–बर्खा नै पिउने पानीको समस्या हुने गरेको छ । 

सुख्खा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २०, इलाम । इलाम सदरमुकाममा पानी आपूर्ति गर्ने आयोजनाको दीर्घकालीन समस्या समाधान नहुँदा हिउँद–बर्खा नै पिउने पानीको समस्या हुने गरेको छ । 

सुख्खा"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

सदरमुकाममा जहिले पनि खानेपानीको समस्या

२०७३, २० फाल्गुन शुक्रबार ०८:५२

फागुन २०, इलाम । इलाम सदरमुकाममा पानी आपूर्ति गर्ने आयोजनाको दीर्घकालीन समस्या समाधान नहुँदा हिउँद–बर्खा नै पिउने पानीको समस्या हुने गरेको छ । 

सुख्खायाममा मूल सुकेर पानी नआउँदा समस्या खेप्ने उपभोक्ता बर्खा लाग्नासाथ विभिन्न स्थानमा हुने क्षतिका कारण पिउने पानीबाट वञ्चित हुन्छन् । इलाम सदरमुकामका बासिन्दालाई प्रतिसेकेन्ड २४ लिटर पानीको आवश्यकता छ । 

सदरमुकाममा पानी आपूर्ति हुँदै आएको भाँडीखोला मुहानमा प्रतिसेकेन्ड एक लिटरजति मात्र पानी आउँछ । ३१ किलोमिटर टाढाको गिताङ मुहानबाट ल्याइएको पाइप लाइन विभिन्न स्थानमा जीर्ण हुँदा सुख्खायाममा थोरै पानीमात्र आउँछ । यो मुहानबाट प्रतिसेकेन्ड साढे पाँच लिटर पानी आउने गरे पनि पटकपटक अवरोध हुने गरेकाले सदरमुकामको खानीपानी समस्या हिउँद लागेसँगै चर्किने गरेको छ । 

लामो दूरी, भौगोलिक विकटता र प्राविधिक रूपमा असफल मानिएको गिताङ मुहानको पानीको भरोसा सदरमुकामवासीको एकमात्र विकल्प हो । माइमझुवाको नर्सरी क्षेत्रमा पूरै दलदल रहेको र करिब ४० मिटर जति क्षेत्र पहिरोको मुखमा रहेकाले पटकपटक बिग्रने गरेको इलाम नगरपालिकाले जनाएको छ । 

जडान भएका तीन हजार धारामा हजारौँ परिवार आश्रित छन् । नियमित पानी नआउने भएपछि ढुङ्गे धारामा दिनरात भीड लाग्ने गरेको छ । बढ्दो सहरीकरणले कतिपय ढुङ्गे धारा सुकेका छन् भने भएकामा पनि पर्याप्त पानी आएको छैन । 

दीर्घकालीन समाधानका लागि तेस्रो साना सहरी खानेपानी आयोजना लागू गर्ने भनिए पनि कार्यान्वयन भएको छैन । तत्काल समाधानका लागि जिल्ला खानेपानी तथा सरसफाइ कार्यालयमार्फत गिताङबाट नयाँ पाइपलाइन बिछ्याउन थालिएको थियो । आयोजना आउने भनेपछि त्यसको काम रोकिएको छ । करिब रु एक करोड ५० करोड खर्चेर सात किमी पोलिथिन पाइप बिछ्याइए पनि निर्माण कार्य रोकिएको हो । 

थप १३ किमी पाइपलाइन बिछ्याएर चारखाँदेस्थित फिल्टर प्लान्टमा त्यो लाइन जोड्ने लक्ष्य थियो । तत्काल समाधानका लागि नयाँ बिछ्याइएको पाइपलाइनबाट फिल्टरप्लान्ट नल्याई सुलुवुङ र माइमझुवाबीचमा पुरानो लाइनमा जोडेर छिटो आवश्यकता पूरा गर्ने विकल्प पनि नगरपालिकाले सोचेको थियो । तर कुनै काम हुन नसक्दा समस्या जटिल बन्दै गएको छ । 

यसै वर्षदेखि खानेपानी व्यवस्थापनको जिम्मा लिएको नगरपालिकाले खानेपानीको न्यूनतम महसुलमा वृद्धि गरी रु दुई सय पु¥याएको छ । महसुल दोब्बर वृद्धि भएपछि व्यवस्थापन सुदृढ हुनुपर्ने उपभोक्ताको माग छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना