फागुन २०, सोलुखुम्बु । चौँरीखर्कस्थित एक विद्यालयमा अध्यापन गर्ने बाक्सिला खोटाङका विजय राई बिहीबार लुक्लाबाट काठमाडौँसम्म हवाईजहाजको यात्रु सिटमा एक्लै यात्रा गर्नु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २०, सोलुखुम्बु । चौँरीखर्कस्थित एक विद्यालयमा अध्यापन गर्ने बाक्सिला खोटाङका विजय राई बिहीबार लुक्लाबाट काठमाडौँसम्म हवाईजहाजको यात्रु सिटमा एक्लै यात्रा गर्नु"/>
२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लुक्ला–काठमाडौँ हवाई जहाजमा एक्ला यात्रु

२०७३, २० फाल्गुन शुक्रबार ०९:५४

फागुन २०, सोलुखुम्बु । चौँरीखर्कस्थित एक विद्यालयमा अध्यापन गर्ने बाक्सिला खोटाङका विजय राई बिहीबार लुक्लाबाट काठमाडौँसम्म हवाईजहाजको यात्रु सिटमा एक्लै यात्रा गर्नुभयो । 

तीनजना चालक दलका सदस्य भए पनि सीता एअरको यात्रु बस्ने १८ वटा सिटमा उहाँ एक्लै हुनुहुन्थ्यो । यात्रुको सिटमा एक्लै यात्रा गरेको यो उहाँको पहिलो अनुभव हैन, यसपटकसमेत गरी उहाँले पाँचौँपटक एकल यात्रीको रुपमा लुक्ला–काठमाडौँको यात्रा गर्नुभएको छ । राई भन्नुहुन्छ – “हवाई जहाजमा एक्लै यात्रा गर्नु मेरो चाहना हैन, बरु एअरलाइन्सको बाध्यता हो ।” 

अहिले खुम्बु क्षेत्रमा पर्यटकीय मौसम सुरु भएको छ, त्यसैले राजधानीबाट लुक्ला जाने यात्रुको भीड नै लाग्छ, विदेशी पर्यटक र जाडो छलेर फर्कने स्थानीयवासीसमेत गरी दैनिक सयौँ यात्रु काठमाडौँबाट लुक्ला जान्छन्, त्यस्तै पर्यटकका लागि आवश्यक उपभोग्य सामान पनि हवाईजहाज कार्गो गरेरै ओसारिन्छ तर पर्यटक फर्कने बेला नभएकाले लुक्लाबाट फर्कंदा हवाईजहाज रित्तै फर्कनुपर्छ । 

आजभोलि मानिस वा कार्गो लिएर दैनिक लुक्ला आउने १५÷२० वटा हवाईजहाज फर्कंदा रित्तै हुन्छन् वा एकाध यात्रु लिएर फर्कन्छन् । पर्यटन व्यवसायमा संलग्न सोलुखुम्बु बुङका नीरकुमार राई पनि आफू लुक्लाबाट थुप्रैपटक यात्री बस्ने सिटमा एक्लै बसेर यात्रा गरेको बताउनुहुन्छ । 

सगरमाथा क्षेत्रमा वर्षमा दुईपटक सिजन हुन्छ, वार्षिक ३५ हजारभन्दा बढी पर्यटक पुग्ने सगरमाथाको प्रवेशद्वारा लुक्ला हो । मुख्य सिजनका बेला लुक्ला विमानस्थलमा दैनिक सयको हाराहारीमा हवाईजहाज अवतरण हुन्छन् । 

तारा एअर लुक्लाका इन्चार्ज फुनुरु शेर्पा भन्नुहुन्छ – “आजभोलियताबाट फर्कने मानिस हुँदैनन्, दुई÷चारजना लिएर वा रित्तै पनि फर्कनुपर्छ, यहाँको अवस्था नै यस्तै भएकाले हामीलाई सामान्य लाग्छ ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा