फागुन २०, सोलुखुम्बु । चौँरीखर्कस्थित एक विद्यालयमा अध्यापन गर्ने बाक्सिला खोटाङका विजय राई बिहीबार लुक्लाबाट काठमाडौँसम्म हवाईजहाजको यात्रु सिटमा एक्लै यात्रा गर्नु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २०, सोलुखुम्बु । चौँरीखर्कस्थित एक विद्यालयमा अध्यापन गर्ने बाक्सिला खोटाङका विजय राई बिहीबार लुक्लाबाट काठमाडौँसम्म हवाईजहाजको यात्रु सिटमा एक्लै यात्रा गर्नु"/>
२५ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लुक्ला–काठमाडौँ हवाई जहाजमा एक्ला यात्रु

२० फाल्गुन २०७३, शुक्रबार ०९:५४

फागुन २०, सोलुखुम्बु । चौँरीखर्कस्थित एक विद्यालयमा अध्यापन गर्ने बाक्सिला खोटाङका विजय राई बिहीबार लुक्लाबाट काठमाडौँसम्म हवाईजहाजको यात्रु सिटमा एक्लै यात्रा गर्नुभयो । 

तीनजना चालक दलका सदस्य भए पनि सीता एअरको यात्रु बस्ने १८ वटा सिटमा उहाँ एक्लै हुनुहुन्थ्यो । यात्रुको सिटमा एक्लै यात्रा गरेको यो उहाँको पहिलो अनुभव हैन, यसपटकसमेत गरी उहाँले पाँचौँपटक एकल यात्रीको रुपमा लुक्ला–काठमाडौँको यात्रा गर्नुभएको छ । राई भन्नुहुन्छ – “हवाई जहाजमा एक्लै यात्रा गर्नु मेरो चाहना हैन, बरु एअरलाइन्सको बाध्यता हो ।” 

अहिले खुम्बु क्षेत्रमा पर्यटकीय मौसम सुरु भएको छ, त्यसैले राजधानीबाट लुक्ला जाने यात्रुको भीड नै लाग्छ, विदेशी पर्यटक र जाडो छलेर फर्कने स्थानीयवासीसमेत गरी दैनिक सयौँ यात्रु काठमाडौँबाट लुक्ला जान्छन्, त्यस्तै पर्यटकका लागि आवश्यक उपभोग्य सामान पनि हवाईजहाज कार्गो गरेरै ओसारिन्छ तर पर्यटक फर्कने बेला नभएकाले लुक्लाबाट फर्कंदा हवाईजहाज रित्तै फर्कनुपर्छ । 

आजभोलि मानिस वा कार्गो लिएर दैनिक लुक्ला आउने १५÷२० वटा हवाईजहाज फर्कंदा रित्तै हुन्छन् वा एकाध यात्रु लिएर फर्कन्छन् । पर्यटन व्यवसायमा संलग्न सोलुखुम्बु बुङका नीरकुमार राई पनि आफू लुक्लाबाट थुप्रैपटक यात्री बस्ने सिटमा एक्लै बसेर यात्रा गरेको बताउनुहुन्छ । 

सगरमाथा क्षेत्रमा वर्षमा दुईपटक सिजन हुन्छ, वार्षिक ३५ हजारभन्दा बढी पर्यटक पुग्ने सगरमाथाको प्रवेशद्वारा लुक्ला हो । मुख्य सिजनका बेला लुक्ला विमानस्थलमा दैनिक सयको हाराहारीमा हवाईजहाज अवतरण हुन्छन् । 

तारा एअर लुक्लाका इन्चार्ज फुनुरु शेर्पा भन्नुहुन्छ – “आजभोलियताबाट फर्कने मानिस हुँदैनन्, दुई÷चारजना लिएर वा रित्तै पनि फर्कनुपर्छ, यहाँको अवस्था नै यस्तै भएकाले हामीलाई सामान्य लाग्छ ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो