२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

बाजुरामा कुपोषणबाट बालिका बढी प्रभावित

२७ फाल्गुन २०७३, शुक्रबार ०७:५३

फागुन २७, बाजुरा । बाजुरामा कुपोषणबाट बालिका बढी प्रभावित देखिएका छन् । 

जिल्ला जनस्वास्थ्य कार्यालय बाजुराद्वारा सञ्चालित कुपोषण एकीकृत व्यवस्थापन परियोजना (आइमम)ले सङ्कलन गरेको तथ्याङ्कअनुसार जिल्लामा कुपोषणबाट बालिका बढी प्रभावित भएका छन् । 

छ महिनादेखि ५९ महिनासम्मका १३ हजार ६८४ जना बालबालिकामा गरिएको सर्वेक्षणमा कुपोषित बालबालिकामध्ये बालिकाको सङ्ख्या बढी रहेको जिल्ला जनस्वास्थ्य कार्यालय बाजुराका प्रमुख डा मोहन नाथले बताउनुभयो । तीमध्ये एक हजार ४९० जनामा मध्यम कुपोषण र ६४९ जनामा कडा कुपोषण देखिएको छ । 

मध्यम कुपोषण भएकामध्ये ७४२ बालिका रहेका छन् भने कडा कुपोषणमध्ये ४०१ जना बालिका छन् । जिल्लामा १५ प्रतिशतभन्दा बढी बालबालिका कुपोषणका सिकार बनेका छन् । 

कडा कुपोषण भएका ६४९ जनामध्ये नौजनाले उपचार लिन नआएको र ६४० को उपचार गरिएको कुपोषण एकीकृत व्यवस्थापन परियोजना जिल्ला संयोजक डाक्टर उदय प्रकाशले बताउनुभयो । 

कडा कुपोषण भएर उपचार गराइरहेकामध्ये ४३६ जनालाई निको भएर घर फर्किसकेका छन् भने बाँकी बालबालिकाको उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय, बाजुराका सिअहेब तथा सूचना अधिकारी रामचन्द्र यादवले जानकारी दिनुभएको छ । 

उपचार गराइएका दुईजना बालबालिकाको मृत्यु भइसकेको छ । गरिबी, अशिक्षा र चेतना अभावका कारण यहाँका स्थानीयले पोषणयुक्त खानेकुरा आफ्ना बालबालिकालाई खुवाउन सकेको छैन् भने गर्भवती महिलालेसमेत पोषिलो खानेकुरा खान पाएका छैनन् । कुपोषणको मुख्य कारण नै यही हो, जिल्ला जनस्वास्थ्य कार्यालय बाजुराका प्रमुख डाक्टर मोहन नाथले बताउनुभयो । 

मध्यम कुपोषण भएका बालबालिकामा कुपोषण दर बढ्न नदिन उपचारार्थ खानास्वरुप सर्वाेत्तम आहार बाँड्ने गरिएको छ । ‘सुनौलो हजार दिन’मा र बच्चालाई दैनिक एक सय ग्राम खान मिल्ने गरी बाँड्ने गरिएको उहाँको भनाई छ । कडा कुपोषण भएका बालबालिकाको बहिरङ्ग उपचार सेवा केन्द्रमा उपचार भइरहेका छन् । 

गर्भवती वा सुत्केरी आमा र २३ महिनामुनिका अर्थात् हजार दिनसम्मका बच्चा भएका घरमा मासिक तीन केजी पौष्टिक आहार दिइने गरिएका छन् । त्यो आहार खान थालेपछि बच्चाको तौल बढ्ने र कुपोषण समस्या हट्ने गरेको स्थानीयले बताएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला