२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

इनार सुक्न थालेपछि पानीको हाहाकार

३ चैत्र २०७३, बिहीबार ०८:२२

चैत ३, बर्दिवास । महोत्तरी जिल्लाको उत्तरी क्षेत्रमा धमाधम इनार सुक्न थालेपछि खानेपानीको हाहाकार भएको छ । 

खानेपानीको स्रोत इनारमात्र भएका जिल्लाका उत्तरीक्षेत्रको बर्दिवास नगरपालिकाका किसाननगर, बिजलपुरा, हात्तीलेट र पशुपतिनगर, गौशाला नगरपालिकाका बेलगाछी, भरतपुर, लक्ष्मीनियाँ र रामनगर एवम् भङ्गाहा गाउँपालिकाका बस्तीमा धमाधम इनार र चापाकल सुक्न थालेपछि लाग्दो चैतमै खानेपानीको हाहाकार भएको छ । 

यसैसाता बर्दिवास नगरपालिकाको किसान नगरतर्फ मनहरीपुर बस्तीका ९० प्रतिशत इनार सुकिसकेका छन् । किसाननगरतर्फकै कृष्णपुर, प्रेमनगर र जुरेटोलका इनार पनि धमाधम सुकेपछि खानेपानीका लागि बयलगाडा जोतेर पानी लिन हिँड्नु परेको मनहरीपुरका गोपाल कार्कीले बताउनुभयो । 

पछिल्ला पाँच वर्षयता इनार सुक्ने क्रम बाक्लिएको यहाँका बासिन्दाको भनाइ छ । त्यसअघि लामो खडेरी पर्दा २०५४ सालको जेठमा केही इनार सुकेको सम्झदै भर्खरै बर्दिवास नगरपालिकामा गाभिएको पशुपतिनगरका पूर्व अध्यक्षसमेत रहनुभएका नथुनी महतोले पाँच वर्षयता वैशाखमा सुक्ने गरेका इनार यसपाली लाग्दो चैतमै सुकेको बताउनुभयो । 

आफ्ना वरपरका इनार धमाधम सुकेपछि यसक्षेत्रका बासिन्दा खानेपानीको जोहो गर्न टाढाटाढा पुग्नुपरेको छ । ‘नगरपालिका र अन्य सरकारी निकायले वास्ता गर्दैनन्’ मनहरीपुरकी गृहिणी मुना खत्रीले भन्नुभयो–, “पोहोर सालमात्र करिब रु चारलाख ऋण लिएर खनाइएको इनार यसपाली चैत लाग्दै सुक्यो, अब के गर्ने होला ?” सरदर ५० फिट गहिराइका ९० प्रतिशत इनार सुकिसकेका र केही सुक्न बाँकी इनारको पानी पनि धमिलिइसकेको मनहरीपुरका सर्वसाधारणले बताएका छन् । 

बस्तीका इनार र चापाकल धमाधम सुकेपछि खानमात्र नभइ नुहाउनेसँगै बस्तुभाउलाई ख्वाउनसमेत निक्कै कठिन परेको भङ्गाहाका बासिन्दाको गुनासो छ । भङ्गाहाको करिब ५०० घरधुरी बसोवासको रामनगर गाउँमा ३० प्रतिशतभन्दा बढी इनार र चापाकल सुकिसकेका सो बस्तीका सामाजिक कार्यकत्र्ता हरिदेव साह बताउनुहुन्छ । 

इनार धमाधम सुकेपछि सिँचाइको अर्को विकल्प नभएका कारण बालीनालीसमेत सुक्न थालेपछि जीवन गुजारासमेत सङ्कटमा परेको रामनगरका किसान भरतराज बरालले बताउनुभयो । खानेपानी र सिँचाइको समस्या बढेपछि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय महोत्तरी र भूमिगत नलकुप कार्यालयमा गुनासो गरेपनि केही वास्ता नगरिएको आम गुनासो छ । 

पछिल्ला केही वर्षयता रातु, बडहरीसहितका नदीबाट बालुवा, ढुङ्गा अनियन्त्रित तरिकाले खन्ने, चुरे पहाडको दोहन र वन विनाश बढेसँगै जलाधार क्षेत्र संरक्षण नगरिँदा खोपानीका मुहान चाँडै सुक्न थालेको लामो समयदेखि चुरे संरक्षण र जलाधार संरक्षणका क्षेत्रमा चासोका साथ काम गर्दै आउनुभएका सामुदायिक विकास तथा पैरवीमञ्च नेपाल बर्दिवासका अध्यक्ष नागदेव यादव बताउनुहुन्छ । 

जिल्लाको उत्तरी क्षेत्रमा खानेपानीको सङ्कट बढेसँगै जिल्लास्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले भने खानेपानीको स्रोत सुकेका बस्तीमा तत्कालै खानेपानीको समुचित विकल्पको प्रबन्धका लागि सर्वे सुरु गरिएको जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने