४ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडी जिल्लाबारे संक्षिप्त जानकारी

८ चैत्र २०७२, सोमबार ०६:२२

नेपालको महाकाली अञ्चलको एक जिल्ला हो। यो जिल्ला नेपालको पहाडी प्रदेशमा पर्दछ। बैतडी जिल्लाले १५१९ किमि क्षेत्रफल ओगटेको छ। विसं २०६८ को जनगणना अनुसार यहाँको जनसङ्ख्या २,५०,८९८ थियो।[१] यो जिल्ला नेपालका अमर शहीद दशरथ चन्दको जन्मभूमि हो। बाइसे, चौबिसे कालमा यो जिल्ला डोटी अन्तर्गत पर्दथ्यो। यो जिल्लामा हाल ५६ गाविस र २ नगरपालिका अवस्थित छन्।[स्रोत नखुलेको]

जिल्ला परिचय

बैतडी जिल्ला नेपाल अधिराज्यको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको महाकाली अञ्चलमा पर्ने चार वटा जिल्ला मध्ये एक पहाडी जिल्ला हो। विभिन्न साना ठूला पहाड, खोच बेसीहरूवाट निर्मित यो जिल्लाको पश्चिममा महाकाली नदीले भारतको सिमाना छुट्याएको छ र सो नदीको पारिपट्टी भारतकोउत्तराखण्डको पिथौरागढ जिल्ला पर्दछ। यसको उत्तरमा दार्चुला, पूर्वमा बझाङ र डोटी एवं दक्षिणमा डडेल्धुरा जिल्लाहरू पर्दछन्। यस जिल्लाको कुल क्षेत्रफल १४५१.१३ वर्ग किलोमिटर छ, जुन नेपाल अधिराज्यको कुल क्षेत्रफलको ०.६८ प्रतिशत भू-भाग पर्न आउँछ।

यो जिल्ला जलश्रोत, वनजङ्गल, जडीबुटी र वन्यजन्तु आदि प्राकृतिक सम्पदाको दृष्टिकोणले धनी मानिन्छ। खाद्यान्न उत्पादनमा हालसम्म आत्मनिर्भर रहन नसके पनि केहि कृषिजन्य उत्पादनहरू जस्तै फलफूल, तरकारी, भटमास, घ्यू, मह आदि जिल्ला बाहिर निर्यात हुने गर्दछन् भने जिल्लामा आवश्यक पर्ने खद्यान्न वाहिरवाट आयात गरी परिपूर्ति गरिन्छ। यो जिल्लामा शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात र संचार जस्ता सेवा सुविधाहरू क्रमशः विस्तार हुदै गएका छन्। जिल्लाका लगभग सम्पूर्ण गाविस हरूमा स्वास्थ्य सेवा विद्यालय, हुलाक र कृषि एवं पशु सेवा केन्द्रहरूबाट सामान्य रुपमा सेवा सुविधा उपलव्ध गराइने व्यवस्था क्रमिकरुपमा भैरहेको छ। केहि गाविस हरूमा टेलीफोन र विद्युत सेवा विस्तार भइसकेको छ र बाकि रहेका गाविस हरूमा सकेसम्म छिट्टै सेवा विस्तार गर्ने सोच रहेको छ।जिल्लाको करिब ६७ प्रतिशत जनसंख्यालाई पाइपद्वारा खानेपानी उपलव्ध गरा्इएको छ। विकट पहाडी जिल्ला भएको हुनाले खोला नाला प्रसस्त भए पनि सिंचाई र तटवन्ध निर्माणमा प्रभावकारिता ल्याउन सकिएको छैन। यातायातको दृष्टिकोणले यो जिल्ला अन्य पहाडी जिल्लाहरूभन्दा अगाडि नै रहेको देखिन्छ। जिल्लाको विकास निर्माणमा सरकारी निकायहरू लगायत दातृसंस्थाहरू र गैर सरकारी संघ संस्थाहरूबाट राम्रो सहयोग प्राप्त भैरहेको छ। हरेक ठाउं र स्थानले केहि विशेष किसिमको इतिहास वोकेको हुन्छ। सोहि अनुसार यस जिल्लाको नाम बैतडी रहनुमा केहि ऐतिहासिक कुराहरू छन्।

बैतडीको वरिपरिका उच्च पहाडहरूमा चारवटा केदार देवताहरूको देवस्थल छ। ती चारवटा केदार मध्ये दक्षिणमा ग्वाल्लेक केदार, पूर्वमा रोलाकेदार, उत्तरमा देउलेक केदार र पश्चिममा ध्वजकेदार पर्दछन्। यी केदारहरू आराध्यदेव महादेवका रुप हुन भन्ने जनश्रुति छ। शक्तिशाली देवताको छत्रछाया माझ रहेको बैतडी जिल्ला हिन्दुहरूको आध्यात्मिक तवरले ज्यादै पवित्र र पुण्यभूमी हो भनेर पुराणहरूमा वर्णन गरेको पाइन्छ। यी चारवटै केदारहरूका देवस्थलहरूमा यात्रा गर्न सके चारधाम गरे सरह हुन्छ भन्ने भनाई पनि छ। देवस्थलहरूमा बैतडी सदरमुकामवाट सहज ढंगले यात्रा गर्न सकिन्छ। नेपालको प्रशासनिक विभाजनमा ३५ जिल्ला हुँदा यो जिल्ला डोटी जिल्ला अर्न्तगत पर्दथ्यो पछि ७५ जिल्ला कायम गर्दा डोटी जिल्लावाट छुट्याएर अलग गरी बैतडी जिल्लाको रुपमा स्थापित गरिएको हो। बैतडी अमर सहिद दशरथ चन्दको जन्मथलो हो।

जिल्लाको नामाकरण

यस जिल्लाको नाम बैतडी कसरी रहन गयो भन्ने सम्बन्धमा निम्न भनाइहरू रहेका छन्।

  1. हाल ग्वाल्लेक केदार भनिने पर्वतलाई पहिले वायोत्तड भनिन्थ्यो, त्यहाँ ज्यादै हावा लाग्ने गर्दछ। वढी हावा लाग्ने भएकोले संस्कृतमा वायोत्तड पर्वत (वायु ‍‌+उत्तड = वायोत्तड) अर्थात् वायु चल्ने ठाउँ भन्ने अर्थमा वायोत्तडबाट अपभ्रंश हुदै वायोत्तड र बैतड भई अन्तमा बैतडी भएको हो भन्ने परम्परा छ।[२]
  2. यो जिल्लामा एक वायावड नामको पहाड छ जहाँ जोडले हावा चल्ने हुदा संस्कृत भाषामा त्यसलाई वैतड भन्न थालियो जो पछि बैतडी नामले प्रख्यात भयो यही नाममा जिल्लाको नाम रहन गएको हो।
  3. बैतडी जिल्लाको वरिपरि पहाडहरूमा चार वटा केदार देवताहरूको देवस्थल छ। ती चारवटा केदार मध्ये दक्षिणमा ग्वाल्लेक केदार पूर्वमा रौलाकेदार उत्तरमा देउलेक केदार र पश्चिममा ध्वज केदार पर्दछन् जुन आराध्यदेव महादेवका रूप हुन भन्ने भनाई छ। यसरी शक्तिशाली देवताको छत्रछाँयामा रहेको यो हिन्दुहरूको आध्यात्मिक तवरले ज्यादै पवित्र र पुण्यभूमी हो भनेर पुराणकालमा वर्णन गरेको पाइन्छ। यी चारैवटै केदारको देवस्थलमा यात्रा गर्न सके चारधाम गरे सरह हुन्छ भन्ने भनाई पनि छ। देवस्थलहरूमा बैतडी सदरमुकामबाट सहज ढंगले यात्रा गर्न सकिन्छ। हाल ग्वाल्लेक केदार भनिने पर्वतलाई पहिले वायोत्तड पर्वत भनिने रहेछ र त्यहाँ ज्यादै हावा लाग्ने गर्दछ। बढी हावा लाग्ने भएकोले संस्कृतमा वायोत्तड (वाय+त्तड) अर्थात वायु चल्ने ठाँउ पछि वायुत्तडबाट बायोत्तड र बैतडी पछि शब्दको अपभ्रंस हुदै गई अन्तमा बैतडी नाम रहेको हो” भन्ने भनाई छ। [४]

बैतडीमा दुई मात्र नगरपालिका छन्। स्रोत साधनले भरपुर्ण भएकोले बैतडीको पाटन क्षेत्रलाई पाटन नगरपालिकाको रुपमा स्थापित भएको छ। पाटनमा आधा दर्जन भन्दा बडी सरकारी कार्यलय, निजी तथा सरकारी स्कुल, कलेज, पक्की बाटो, बेबस्तित बजार , एयरपोट, सिचाई आयोजना, लघु जलविद्‍धत आयोजना रहेका छन।

भौगोलिक अवस्था

  • अक्षांश:- २९.२२” डि देखि २९.५७” डि. उत्तरमा।
  • देशान्तर:- ८०.१५” डि देखि ८१.४५” डि. पूर्व सम्म।
  • सिमाना:- पूर्व बझाङ र डोटी जिल्ला, पश्चिम भारतको उत्तराखण्ड राज्य, उत्तर दार्चुला जिल्ला, दक्षिण डडेल्धुरा जिल्ला
  • क्षेत्रफल १५१९ वर्ग किलोमिटर
  • औषत लम्बाई:-
  • औषत चौढाई:- ,
  • भौगोलिक विभाजन:-
  • सबभन्दा अग्लो भाग:- कोटपेटरा गाविस २९५० मी.
  • सबभन्दा होचो भाग :- शर्माली गाविस ३९० मी

प्रमुख नदी ताल तलैया

  • महाकाली
  • चौलानी
  • सेती
  • सुरनैया
  • जमाडी
  • गर्मा
  • ढिकगाड
  • कोटेनीगाड
  • निलगढगाड
  • मङ्रौ खोला
  • बगरा खोला
  • देगाड खोला
  • स्याडी खोला

प्रमुख धार्मिक तथा पर्यटकीयहरू क्षेत्र

  • जगन्नाथ मन्दिर बैतडी
  • ईश्वरी गंगाधाम
  • त्रीपुरासुन्दरी
  • मेलौली भगवती मन्दिर
  • पाताल भुमेश्वर महादेव मन्दिर
  • डिलाशैनी मन्दिर
  • दोगडा धाम
  • शिगाशधुरा
  • निङ्गलाशैनी मन्दिर
  • रौलकेदार मन्दिर
  • शिवनाथ मन्दिर
  • महारूद्र मन्दिर
  • डाँडाबाघ/लोटने
  • बारागढ
  • सिद्धनाथ मन्दिर
  • बनारसी
  • हंशराज त्रिपुरेश्वर धाम
  • समैजी मन्दिर
  • देबताल्(रोदिदेवल गाबिस)
  • गणमेशोर मंदीर
  • कूलगडे मन्दिर
  • पशूमाण्डौ मन्दिर
  • ग्वालेक केदार
  • महारूद्र देवताको मन्दिर

व्यापारिक महत्वका स्थान

  • कालिका माण्डौ
  • गोरिल
  • बेतालबाबा
  • श्रीभावर
  • खोडपे
  • पाटन
  • झुलाघाट
  • खोचलेक
  • देहीमाण्डौं
  • सतबाँज
  • चौराहा
  • मुस्याचौर
  • तलस्याडी
  • गोकुलेश्वर
  • मेलौली
  • पुर्चौडी हाट
  • गोठालापानी
  • शहिलेक
  • देबताल्(रोदिदेवल गाबिस)
स्रोत सामग्री: नेपाली विकिपेडिया

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय मूख्यालय च्यासलमा एमालेको सचिवालय बैठक सुरु रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति गृहमन्त्री लेखकको प्रश्न : आफैँ गल्ती गर्ने अनि ठिक छु भन्ने ? रवि लामिछाने पक्राउ पर्नु सहकारी छानबिन प्रतिवेदनको सुरुवात मात्र हाे : सरकार यी हुन् शुक्रबार बसेको मन्त्रिपरिषद्का निर्णयहरू रवि लामिछानेको बयान सकियो, ६ दिनको म्याद थप्न माग रविविरुद्धको बहस सकियो, म्याद थपबारे निर्णय केहीबेरमा रास्वपाको प्रदर्शनले प‍ाेखरा तनावग्रस्त, प्रदर्शनकारीमाथि पानीकाे फोहोरा प्रहार जलनका बिरामीको निःशुल्क उपचार गर्ने सरकारको निर्णय असोजमा रोजगारीका बिदेसिए लागि ५३ हजार बढी युवा शान्तिपूर्ण आन्दोलमा सुरक्षा गर्नुपर्ने प्रहरी प्रशासनबाटै दमन भयो : तोसिमा कार्की रवि लामिछानेको समर्थनमा प्रदर्शन गरिरहेकी एक महिला प्रहरी नियन्त्रणमा रेमो डिसूजा, उनकी पत्नी सहित अन्य पाँच जनामाथि ठगीको उजुरी मलाई अदालतले न्याय दिनेछ: रवि लामिछाने रविलाई कास्की अदालतमा पुर्‍याइयो, पक्षमा ७ अधिवक्ताले बहस गर्ने रवि लामिछानेलाई रिहा गर्न माग गर्दै रास्वपा भक्तपुरको ज्ञापनपत्र कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक साफ च्याम्पियनसिपका लागि सावित्रा भण्डारी फ्रान्सबाट आज नेपाल आउँदै निषेधाज्ञाबीच पोखरामा रास्वपाको प्रदर्शन, स्थिति तनावग्रस्त रविको समर्थनमा भइरहेको प्रदर्शनलाई नियन्त्रण गर्न पोखराका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी