२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

तेह्र जनाबाट २६ लाखभन्दा बढीको जग्गादान

२०७३, १० चैत्र बिहीबार ०७:१८

चैत १०, सोलुखुम्बु । बितेको आठ महिनामा सोलुखुम्बुका १३ जनाले विभिन्न सङ्घसंस्था तथा सरकारी कार्यालयलाई जग्गादान गरेका छन् । 

आव २०७३/०७४ को साउन महिनादेखि फागुन मसान्तसम्ममा १३ जना दाताले करिब रु २६ लाख मूल्य बराबरको जग्गा रजिष्ट्रेसन पास गरी विभिन्न सङ्घसंस्था तथा सरकारी कार्यालयलाई उपलब्ध गराएका जिल्ला मालपोत कार्यालय, सोलुखुम्बुले जनाएको छ । 

जिल्ला मालपोत कार्यालय सोलुखुम्बुको तथ्याङ्कअनुसार दूधकुण्ड नगरपालिकाका फुर्वा शेर्पाले सहरी स्वास्थ्य केन्द्रका लागि १५४ वर्गमिटर जग्गा निःशुल्क उपलब्ध गराउनुभएको छ । 

त्यस्तै, बासाखाली माविका लागि दिपचन खालिङले एक हजार २१० वर्गमिटर, जिल्ला खेलकुद विकास समितिका लागि पञ्चनका भोटीमाया राईले पाँच हजार ११५ वर्गमिटर, जिल्ला वन कार्यालयका लागि दोभान हाइड्रोपावरले दुईहजार ३५ वर्गमिटर, काँकु प्रहरी चौकीका लागि चन्द्रबहादुर राईले एक हजार १५० वर्गमिटर र जनता आधारभूत विद्यालय नेलेका लागि टीकबहादुर बस्नेतले १३३ वर्गमिटर जग्गा निःशुल्क उपलब्ध गराउनुभएको छ । 

त्यस्तै, छेस्काम माविका लागि जाङमु शेर्पाले एक हजार ३५० वर्गमिटर, मदनआश्रित आधारभूत विद्यालय पावैका लागि कृष्णबहादुर राईले ८०० वर्गमिटर, भुमेश्वर आधारभूत विद्यालय सल्यान–८ का लागि भीमबहादुर मगरले ११३ वर्गमिटर, हिमालय मावि जुवुका लागि प्रेमबहादुर बस्नेतले ३७५ वर्गमिटर, पद्यमकन्या निमावि बासाका लागि गोपाल कार्कीले १०० वर्गमिटर र घरेलु तथा साना उद्योग विकास समितिका लागि नेचामा बेदनाथ बास्तोलाले ६४ वर्गमिटर जग्गा निःशुल्क उपलब्ध गराउनुभएको हो । 

यो जग्गाको मूल्य जिल्ला दररेट अनुसार करिब रु २६ लाख पर्न गए पनि स्थानीयस्तरको चलनचल्ती मूल्य अनुसार झन्डै त्यसको तेब्बर मूल्य पर्ने जिल्ला मालपोत कार्यालय सोलुखुम्बुका प्रमुख टङ्क फुयाँलले बताउनुभयो । 

विद्यालयलाई जग्गा दानगर्दा धर्म हुने भएकाले आफूले जग्गादान गरेको दाता कृष्णबहादुर राईले बताउनुभयो । सोलुखुम्बुमा विभिन्न सरकारी तथा गैरसरकारी संस्थालाई निःशुल्क जग्गा उपलब्ध गराउने दर निकै उच्च रहेको पाइन्छ । 

अघिल्ला वर्षमा सदरमुकाममा बसपार्क तथा विभिन्न सरकारी भवन बनाउनका लागि करोडौँ मूल्यका जग्गा स्थानीयले निःशुल्क उपलब्ध गराएका थिए । सदरमुकाम तथा स्थानीय तहका केन्द्रमा जुन ठाउँमा कार्यालयको भवन बन्छ त्यसको आसपासमा बजार विस्तार भई घडेरीको मूल्य वृद्धि हुने गरेको पाइन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति