चैत ११, काठमाडौँ । सरकारले मापदण्ड विपरीत बजारमा बिक्री–वितरण भइरहेका चार बोरा सुर्तीजन्य पदार्थलाई नष्ट गरेको छ । 

जिल्ला प्रशासन कार्यालयको टोलीले ब"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत ११, काठमाडौँ । सरकारले मापदण्ड विपरीत बजारमा बिक्री–वितरण भइरहेका चार बोरा सुर्तीजन्य पदार्थलाई नष्ट गरेको छ । 

जिल्ला प्रशासन कार्यालयको टोलीले ब"/>

२०८३, २५ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँमा चारबोरा सुर्तीजन्य पदार्थ नष्ट

२०७३, ११ चैत्र शुक्रबार ०७:०५

चैत ११, काठमाडौँ । सरकारले मापदण्ड विपरीत बजारमा बिक्री–वितरण भइरहेका चार बोरा सुर्तीजन्य पदार्थलाई नष्ट गरेको छ । 

जिल्ला प्रशासन कार्यालयको टोलीले बिहीबार बानेश्वर, तीनकुने र कोटेश्वर क्षेत्रमा अनुगमन गरी मापदण्ड विपरीत खुलारुपमा बिक्री भइरहेका सुर्तीजन्य पदार्थ नष्ट गरेको हो । सरकारले यही चैत १ गतेदेखि निश्चित तोकिएको स्थानबाट मात्र सुर्तीजन्य पदार्थ बेच्न पाउने र त्यसका लागि बिक्री अनुमति लिनुपर्ने व्यवस्था गरेको थियो । 

जिल्ला प्रशासन कार्यालय, काठमाडौँका सहायक प्रजिअ तथा अनुगमन टोलीका संयोजक प्रेमप्रसाद लुइँटेलले सुर्तीजन्य पदार्थ नियमन र नियन्त्रण गर्न बनेको ऐन, २०६८ को कार्यान्वयन, नियमन ऐन, २०७१ र मन्त्रिपरिषद्ले २०७३ साल माघ ६ गते बिक्री वितरण नियन्त्रण गर्न गरेको निर्णय लागू गराउन अनुगमन गरेको बताउनुभयो । 

टोलीले, सुपरमार्केट, खुद्रा र नाङ्ले पसल, अस्पताल क्षेत्रवरपर गरी ६५ वटा पसलमा अनुगमन गरेको थियो । इजाजतपत्र नलिएका, पत्र लिए पनि उपभोग्य वस्तुसँगै बिक्री गरिएको, धेरै चुरोट ९० प्रतिशत चेतवनीमूलक रङ्गिन चित्रअङ्कित स्वास्थ्य सन्देश नराखी बिक्री–वितरण गरेको पाइएको उहाँले बताउनुभयो । 

सरकारले सुर्तीजन्य पदार्थको अनुगमन गर्नका लागि हरेक जिल्लामा सहायक प्रजिअलाई जिम्मेवारी तोकेको छ । स्वास्थ्य मन्त्रालयले फागुन मसान्तसम्म सुर्तीजन्य पदार्थ बिक्री–वितरणका लागि अन्तः शुल्कमा दर्ता भई राजस्व कार्यालयबाट अनुमतिपत्र लिई तोकिएको स्थानबाट मात्र बिक्री गर्न निर्देशन दिएको थियो । पसलमा १८ वर्ष मुनिका बालबालिकाले बेचेको, छुट्टै ठाउँको व्यवस्था नगरी किराना पसलमा बेचेको, इजाजत नलिएको, मापदण्डअनुसारको बोर्ड नराखी बेचेको फेला पारेपछि नियन्त्रणमा लिई नष्ट गरेको अनुगमन टोलीले जानकारी दिएको छ । 

टोलीमा जनस्वास्थ्य कार्यालय, सुरक्षा निकाय र जिप्रकाका बजार अनुगमन अधिकारी र सञ्चारकर्मीको संलग्नता थियो । अनुगमन टोलीले आज कलङ्की, कालीमाटी, बालाजु, नयाँपार्क र चाबहिल क्षेत्रमा अनुगमन गर्ने अनुगमन टोलीका संयोजकसमेत रहनुभएका सहायक प्रजिअ लुइँटेलले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हङकङले नेपाललाई दियो १८९ रनको लक्ष्य प्रतिनिधिसभाको बैठक १५ मिनेटलाई स्थगित प्रधानमन्त्रीको मुखबाट निस्किएको कुरा उहाँको मुखबाट सच्याउन पर्छ: हर्क साम्पाङ शुक्रबारदेखि हराएका बालक पोखरीमा मृत फेला करिब एक महिना लामाे बिदापछि सर्वोच्च फर्किइन् न्यायाधीश मल्ल सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो सर्वदलीय बैठक सिंहदरबारमा जारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षमा डिकबहादुर खत्री निर्वाचित वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की