१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा पनि क्षयरोग दिवस मनाइयो

११ चैत्र २०७३, शुक्रबार १५:५२

चैत ११, नवलपरासी । क्षयरोग अन्त्यका लागि सवै संगठीत होऔँ भन्ने नाराका साथ आज नवलपरासीमा पनि क्षयरोग दिवस मनाईएको छ । 

जिल्ला स्वास्थ्य कार्यालयले आज परासीमा सन्चारकर्मि र सरकारी कार्यालयका विच अन्तरक्रिया गरेको थियो । हरेक वर्ष मार्चको २४ तारिखका दिन विश्व क्षयरोग दिवस मनाईन्छ, यो क्रमको शुरुवात विश्व स्वास्थ्य संगठनको अगुवाईमा सन् १९९५ वाट शुरु भएको हो । 

दुई हप्ता या वढी समयसम्म निरन्तर खोकी लागिरहनु, खकारमा रगत देखिनु, श्वास फेर्दा या खोक्दा छाती दुख्नु, अकास्मात धेरै तौल घट्नु, धेरै थकाई लाग्नु, राती एक्कासी पसिना आउनु अनि कामज्वरो जस्तो आउनु क्षय अर्थात टिबी रोगका लक्षणहरु हुन् । 

क्षयरोग माईकोब्याक्टेरियम ट्युबरक्लोसिस नामको ब्याक्टेरियाका कारण लाग्ने रोग हो । श्वासप्रस्वासका माध्यमबाट सजिलै सर्ने क्षयरोगको संक्रमण मधुमेह, एचआईभी, मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर जस्ता प्रतिरोध क्षमता कम भएका रोगीलाई छिटो हुन्छ । औषधि नियमित खान छोडे कडा खालको संक्रमण हुने र ज्यानै जाने सम्भावना हुने भएकाले औषधिको नियमीततामा स्वास्थ्यकर्मीले जोड दिएका छन् ।

संक्रमीतहरुसँग असुरक्षित हेलमेल नगर्ने, हावाको राम्रो वहाव नभएको ठाँउमा धेरैसमय नबस्ने, भीडभाडमा हिड्दा मास्कको प्रयोग गर्ने गरेमा पनि यो संक्रमणवाट बच्न सकिन्छ । यस रोगले शरिरका प्राय सवै अंगमा हानि पुराउने गरेको जिल्ला पृथ्वी चन्द्र अस्पताल परासीका प्रमुख डाक्टर मोहम्मद नुरुल होदाले बताउनुभयो । 

एचआईभी संक्रमण भएका ब्यक्तिहरुमा टीबीको संक्रमण दर अतिनै उच्च छ, तसर्थ एचआईभी संक्रमीत पनि यस तर्फ विशेष चनाखो हुन जरुरी रहेको उहाँको भनाई छ । क्षयरोग जो सुकैलाई पनि हुने भएकाले हेल्चेक्राई गर्न नहुने जिल्ला स्वास्थ्य कार्यालयका छवि गिरीले बताउनुभयो । 

जिल्ला स्वास्थ्य प्रमुख अरुण कुमार महत्तोको अध्यक्षतामा भएको सो कार्यक्रममा पत्रकार महासंघ नवलपरासीका सचिव राजकुमार रेश्मी, क्षयकुष्ठ निरिक्षक विनोदलाल कर्ण, डाक्टर मोहम्मद नुरुल होदा लगायतले बोल्नुभएको थियो । रमेश भुसालको सहयोगमा  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का