चैत १३, तेह्रथुम । गुराँसको राजधानी भनेर चिनिने तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा गुराँसका फूल टिप्न प्रतिबन्ध लगाइएको छ । 

तेह्रथुम, "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत १३, तेह्रथुम । गुराँसको राजधानी भनेर चिनिने तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा गुराँसका फूल टिप्न प्रतिबन्ध लगाइएको छ । 

तेह्रथुम, "/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुराँसको राजधानी तीनजुरे, मिल्के र जलजलेमा गुराँस टिप्न प्रतिबन्ध

१३ चैत्र २०७३, आईतवार ०७:३०


चैत १३, तेह्रथुम । गुराँसको राजधानी भनेर चिनिने तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा गुराँसका फूल टिप्न प्रतिबन्ध लगाइएको छ । 

तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङ जिल्लाको सङ्गमस्थल टिएमजे क्षेत्रमा फुलेका गुराँसको सौन्दर्य हेर्न आउनेले जथाभावी फूल टिपेर लैजाने गर्दा गुराँस मासिने र यस क्षेत्रको सौन्दर्य गुम्ने खतरा बढेको भन्दै प्रशासनले फूल टिप्न निषेध गरेको हो । 

यी जिल्लाका करिब २५ गाविस क्षेत्रफलमा फैलिएको टिएमजे क्षेत्रमा यतिबेला २८ प्रजातिका गुराँस फुलेर यहाँका वन ढकमक्क भएका छन् । फूल टिप्दा हाँगा भाँचिने, गुराँसको बोट सुक्ने र यसको सौन्दर्य समेत गुम्ने भएकाले फूल टिप्न रोक लगाइएको तेह्रथुमका प्रमुख जिल्ला अधिकारी असमान तामाङले बताउनुभयो । 

गुराँस हेर्न मात्र पाइने तर टिप्न नपाइने नियम लागू गरेपछि यस क्षेत्रको गुराँस वन संरक्षणमा सहयोग पुग्ने प्रजिअ तामाङको भनाइ छ । जिल्ला वन कार्यालयले पनि गुराँस नटिप्न र नकाट्न भन्दै चेतनामूलक जानकारी गराइरहेको छ । जिल्लाका विभिन्न सञ्चार माध्यममार्फत चेतनामूलक जानकारी दिइरहेको सहायक जिल्ला वन अधिकृत धर्मी यादवले बताउनुभयो । 

नयाँ वर्ष सुरु भएसँगै यहाँ गुराँस हेर्न आउने पर्यटकको समेत भीड लाग्न थालेको छ । अहिले दैनिकजसो सयौँको सङ्ख्यामा बाह्य तथा हजारौँ आन्तरिक पर्यटक आउने गरेको सो क्षेत्रका प्रहरी चौकीले जनाएका छन् । 

यहाँका डाँडाकाँडा गुराँस फुलेर राताम्मे भएपछि घुम्न आउनेको सङ्ख्या बढेको हो । यस क्षेत्रको वसन्तपुर बजार हुँदै टुटेदेउराली, आरआर गार्डेन, घुर्मिसे, तीनजुरे पाथीभरा, तीनजुरे डाँडा, पाँचपोखरी, लामपोखरी, चौकी, मङ्गलबारे, गुफा, सुकेबजारलगायत क्षेत्रसम्म दैनिकजसो गुराँस हेर्न आउनेको भीड लाग्न थालेको छ । 

विगत वर्षमा चैत वैशाखमा मात्रै फुल्ने गुराँस आजभोलि फागुनदेखि नै फुल्न थाल्छ र जेठमा फुलिरहेकै हुन्छ । पछिल्लो समयमा मौसममा आइरहेको परिवर्तनका कारण गुराँस फुल्ने समयमा फेरबदल आउन थालेको स्थानीय बासिन्दा बताउँछन् । 

जलवायु परिवर्तनका कारण गुराँस फुल्ने समय प्रभावित बनेको लालीगुराँस संरक्षण समितिका संयोजक लक्ष्मण तिवारी बताउनुहुन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का