ललित बोहरा/ पुस २४, डडेल्धुरा । डडेल्धुरा जिल्लाबाट तेस्रो मुलुक जाने युवाहरुको सख्यामा बृद्धि भएको छ । आर्थिक बर्ष २०७२÷०७३ को साउन महिना देखि पौषको तेस्रो साता सम्म करिब ८ सय युवा जनशक्तिले राहदानीका लागि आबेदन भरेका छन ।
जिल्ला प्रंशासन कार्यालय डडेल्धुराका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलका अनुसार द्रुुत सेवा तिर ३ सय ७९ जना र नियमित तर्फ ४ सय ४ जनाले राहदानी आवेदन भरेका हुन । गाँउघरमा हुने कृषि उपज नफस्टाएको र नेपालमा भने जस्तो काम नपाइने भन्दै बिदेशिन लागेको रुपाल विस्तडीका हेमराज भट्टले बताउनु भएको छ ।