२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेश गएका श्रीमानको मृत्युपछि श्रीमतीको बिचल्ली

२०७३, २० चैत्र आईतवार ०९:०४

उमा केसी/चैत २०, रोल्पा । श्रीमानले विदेशबाट पैसा कमाएर ल्याएपछि सुखको जीवन बिताउने आशामा रात काटिरहेकी घर्तीगाउँ–७ रोल्पाकी बुद्धमाला विकलाई २०७३ कात्तिक २० गते अकल्पनीय बज्रपात आइलाग्यो । पैसा कमाउन गएका श्रीमान्ले खाडीमै मृत्युवरण गरे भन्ने अशुभ समाचार सुनेपछि उनी मुर्छित भइन् । 

तीस वर्षीय श्रीमान् हरिप्रसाद कामी रोजगारीको सिलसिलामा २० महिना पहिले कतार गएका थिए । कति पटक त पैसा पनि पठाए उनले । मृत्यु हुनुभन्दा केही दिन पहिले आफू बिरामी परेको खबर त गरेका थिए उनले श्रीमतीलाई । बिरामी सामान्य रहेकाले चाँडै निको हुने भन्दै नआत्तिनु भनेपछि उनी श्रीमान् छिट्टै सञ्चो हुने आशामा दिन पर्खिरहेका थिइन् । अस्पताल भर्ना भएको दिनदेखि उनको फोन पनि स्विच अफ भयो । त्यही दिन नै रहेछ उनले श्रीमान्सँग अन्तिम पटक कुरा गरेको । 

“फुसले छाएको सानो घर छ बुद्धमालाको । श्रीमान्ले पैसा कमाएर ल्याएपछि राम्रो घर बनाउने सपना थियो । पैसा कमाएर आउँछु भनेर गए, आउँदा बाकसमा लास बनेर फर्के,” बुद्धमालाले रुँदै भनिन् । घरको आर्थिक अवस्था कमजोर रहेका रोल्पा घर्तीगाउँका हरिप्रसाद रोजगारीको सिलसिलामा कतार पुगेका थिए । कामीको रक्त क्यान्सरका कारण गत कात्तिकमा सोही ठाउँमा मृत्यु भएपछि घरमा श्रीमती बुद्धमालाको बिचल्ली भएको छ । 

यसैगरी, रोल्पा जंकोटका ४१ वर्षीय तुलसीविक्रम पुन मलेसियाको क्वालालाम्पुरमा रहेको एक इन्डियन कम्पनीमा काम गर्थे । गत कात्तिक २४ गते उनी आफ्नै कोठामा मृत भेटिए । कारण थियो उच्च रक्तचाप । शिक्षित रहे पनि देशमा रोजगारी पाउन नसक्दा उनी २ वर्ष पहिले खाडी गएका थिए । घरमा श्रीमती मीना पुनसहित तीन छोरी, एक छोराको भविष्य उज्ज्वल बनाउन भन्दै खाडीमा पसिना बगाउन पुगेका उनी पनि बाकसमै लास बनेर नेपाल भित्रिए । 

श्रीमान्को मृत्युपछि मीना पुनको सहारा बनेका छन् साइला जेठाजु नौलसिं पुन । मृतक भाइको परिवार आफूसँग आश्रित रहेको नौलसिं पुनले बताए । “छोराछोरीले अध्ययन गर्दैछन्, बुहारीको आम्दानीको अन्य स्रोत छैन त्यसकारण मैले हेर्नु परेको छ,” पुनले अगाडि थपे । लिवाङ नगरपालिका–९ गुरुङगाउँकी कमला गुरुङ डेढ वर्षअघि साउदी अरबमा मृत्यु भएका श्रीमान्को शवको पर्खाइमा रहेकी थिइन् । श्रीमान्को शव हेर्न नपाउँदै उनको मृत्यु भयो । 

वैदेशिक रोजगारीको सिलसिलामा साउदी पुगेका श्रीमान् खुमबहादुर गुरुङको मृत्युपछि तनावमा रहेकी गुरुङको गत पुस २७ गते आफ्नै घरमा रहस्यमय तरिकाले मृत्यु भएको हो । दिउँसो दाँत माँझ्दै गरेकी बुहारी एक्कासि बेहोस भई लडेको देखेर मृतककी सासूले छिमेकीलाई खबर गरेकी थिइन् । बेहोस भई लडेकी गुरुङको छमेकीले खुट्टा मालिस गर्दै गर्दा निधन भएको छिमेकीले बताए । श्रीमान्को मृत्युपछि लामो समयसम्म निकै तनावमा रहेकी गुरुङको हृदयघातबाट मृत्यु भएको बताइएको छ । 

साउदी अरबको एक कम्पनीमा काम गर्ने मृतक कमलाका श्रीमान्लाई कम्पनीकै गाडीले ठक्कर दिँदा मृत्यु भएको थियो । कमलाको मृत्यु भएको लामो समयपछि मात्रै मृतकको लास नेपाल आएको थियो । मृतकका चार नाबालिका छोरी रहेका छन् । वृद्धा हजुरआमासँग बस्दै आएका उनीहरुको पालनपोषणमा निकै समस्या रहेको छिमेकंी हरिजङ्ग गुरुङले बताए । खासगरी खाडी मुलुकमा गई ज्याला मजदुरी गर्ने रोल्पाली युवाको बाहुल्यता छ । आंशिकरुपमा दक्षिण कोरिया, जापान, अमेरिका, अस्ट्रेलियाजस्ता देशमा पनि केही रोल्पाली रोजगारीका लागि पुगे पनि झन्डै ९० प्रतिशत सङ्ख्या खाडी मुलुकमा छन् । 

जिल्ला प्रशासन कार्यालय रोल्पाको तथ्याङ्कअनुसार दैनिक करिब १५ देखि २० जना रोल्पाली युवा वैदेशिक रोजगारीमा जान राहदानी लिने गर्दछन् । चालु आर्थिक वर्षको माघ मसान्तसम्म जिल्लाबाट राहदानी लिने पाँच सय ७५ जना छन् । काठमाडाँैबाट राहादानी लिनेको सङ्ख्या भने दुई हजार चार सय ७३ जना रहेको जिल्ला प्रशासन कार्यालय रोल्पाका राहदानी फाँटका नासु डिल्लीराज रेग्मीले बताए । 

अघिल्ला वर्षको तुलनामा यो सङ्ख्या बढी हो । खासगरी देखासिकी, युवाको सङ्ख्या बढ्दै जानु, विदेशमा छिटो पैसा कमाइन्छ भन्ने धारणाले यो सङ्ख्या बढेको हुन सक्ने उनको भनाइ छ । घरेलु कामदार, कृषि मजदुर, कारखाना मजदुरजस्ता जोखिमयुक्त काममा जानेको सङ्ख्या अधिक रहेका कारण बर्सेनि थुप्रै रोल्पालीको मृत्यु हुने गरेको छ । 

विदेश गएका नागरिकको कार्यस्थलमै मृत्यु भएर घरमा श्रीमती र छोराछोरीको बिचल्ली हुने गरेपनि राज्यले उनीहरुको हेरचाह नगर्नु लोककल्याणकारी राज्यको मान्यता विपरीत भएको महिला नेत्री पुष्पा श्रेष्ठले बताइन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु