२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

इलामका डेढ दर्जन हाट बन्द

२०७३, २१ चैत्र सोमबार ०९:२३

चैत २१, इलाम । बढ्दो सहरीकरण र बजार विस्तारसँगै इलामका साबिकका गाविसमा पुस्तौँदेखि तिथि र बारका आधारमा लाग्दै आएका डेढ दर्जन हाट बन्द भएका छन् । यहाँका ४८ ठाउँमा तिथि र बारका आधारमा लाग्ने गरेका हटियामध्ये १८ ठाउँमा लाग्ने हटिया बन्द भएका हुन् । 

जमुना, जोगमाई, फलाँटे, मङ्गलबारेको बुधबारे, नामसालिङको शुक्रबारे, फिक्कलको बरबोटे, आइतबारेलगायतका ठाउँमा लाग्ने गरेको हाट अहिले लाग्दैन । द्वन्द्वका बेलादेखि गोर्खे हाट बन्द भएको छ । सडक आसपासमा पर्ने साना बजारमा साप्ताहिकरूपमा हाट लगाउने चलन सुरु भए पनि परम्परागतरूपमा लाग्दै आएका हाट लाग्न छाडेको एक अध्ययनले देखाएको अध्ययनमा संलग्न राम रिमाल बताउनुहुन्छ । 

तिथि र बारका आधारमा लगाइने हाट बजार बन्द हुँदै जाँदा सडक सुविधा विस्तार भएको ठाउँमा बजार सर्दै गएका छन् । सशस्त्र द्वन्द्वका समयमा तत्कालीन माओवादीले तिथिका आधारमा लाग्दै आएका धेरै हटिया बन्द गराए । सडक छेउमा विस्तार भएका बजारमा साप्ताहिक हाटसमेत लाग्न थालेका छन् । 

सडकसँगै जोडेर पसल राख्ने चलनले सडकलाई ठाउँ पुग्न छाडेको छ । बजारका कारण सडक साँघुरिँदै गएपछि केही ठाउँमा बजारलाई छाडेर सडक बनाइएका छन् । सडक छेउमा बजार निर्माण गर्ने र हटियासमेत लगाउने परिपाटीले यातायात अस्त–व्यस्त बन्ने गरेको छ । 

यहाँका पुराना बजार सडक सुविधा नपुगेकै कारण बन्द हुँदै गएका छन् । सडक पुगेका ठाउँमा मात्र पुराना बजारले निरन्तरता पाएका छन् । एकताका चम्किएको इलामको पुरानो गोर्खे बजार बन्द छ । जिल्लाकै पुरानो बजारका रूपमा रहेको गोर्खे अहिले चकमन्न छ । 

गोर्खेबजार भारतबाट सरसामान ल्याएर बिक्री गर्ने बजार थियो । गोर्खेबाटै इलाम सदरमुकामसम्म सामान ल्याइन्थ्यो । विसं १९६० अघि नै भन्सार र प्रहरी चौकीसमेत भएको गोर्खे बजार सुकेपछि त्यहाँ रहेको भन्सार र प्रहरी चौकीसमेत अहिले त्यहाँ छैनन् । भारतबाट मानेभञ्ज्याङसम्म गाडी आउँदा गोर्खेमा सबै प्रकारका सामान पाइन्थ्यो । जिल्लामा सडक सञ्जाल विस्तार भएसँगै गोर्खेबजार सुक्दै गएको हो । 

बाटोको पहुँच नपुगेको नाम्सालिङको शुक्रबारे बजार बन्द छ । भारतसँग नजिकमा पर्ने शुक्रबारेबजार पनि एकताका खुब चल्तीको बजार थियो । विसं १९६० भन्दा अघिदेखि नै व्यापारिक कारोबार हुने बजारमा अहिले पसल नगन्य मात्रामा छन् । गाउँमा अन्यत्रबाटै सामान जान थालेपछि बजार सुस्ताएको छ । फाकफोकको फलाँटे, माईपोखरीको देउराली, जमुनाको बुधबारे बजार पनि बाटोकै असहजताले बन्द भएका हुन् । माईपोखरीको देउरालीसम्म सडक पुगेपछि बुधबारे बजारको चमक घटेको स्थानीय बताउँछन् । 

सूर्योदय नगरपालिकाको पञ्चकन्यास्थित आइतबारे बजार पनि सुस्ताएको छ । मेची राजमार्गले बजारलाई छोएपछि आइतबारे बजार सेलाउँदै गएको हो । यातायातको विकाससँगै राजमार्ग क्षेत्रका बजार नयाँ केन्द्रका रूपमा उदाउँदैछन् । 

ती बजारमा कृषिजन्य उत्पादन, खाद्य सामानको किनबेच बढ्दै गएको छ । सडक सुविधा पुगेका ठाउँमा रहेका कतिपय बजार अहिले पनि छन् । हाट बजारमा ६० प्रतिशत कृषि र पशुजन्य उत्पादन किनबेच हुँदै आएको थियो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने