२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

असी प्रतिशतले हात्तीपाइलेको औषधि खाए

२०७३, २५ चैत्र शुक्रबार ०३:१८

चैत २५, बनियानी (झापा) | झापा जिल्लामा यस वर्ष ८० प्रतिशत मानिसले हात्तीपाइलेविरुद्धको औषधि सेवन गरेका छन् । सात लाख ३३ हजार नागरिकलाई हात्तीपाइलेविरुद्ध औषधि खुवाइने लक्ष्य राखिए पनि करिब पाँच लाख ८४ हजार चारसयजनाले औषधि सेवन गरेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । 

गत वर्ष अभियानका क्रममा ७३ प्रतिशत मानिसले औषधि सेवन गरेकामा यस वर्ष सात प्रतिशत वृद्धि भएको कार्यालयका कार्यक्रम अधिकृत जीवन चौलागाईंले जानकारी दिनुभयो । “तुलनात्मकरुपमा भन्ने हो भने यस वर्ष अभियान सफल भएको मान्नुपर्छ”, उहाँले भन्नुभयो । 

झापामा गत चैत १७, १८ र १९ गते सञ्चालन भएको अभियानमा चारहजार बुथबाट हात्तीपाइलेविरुद्ध औषधि वितरण गरिएको थियो जसका लागि तीनहजार सातसय ८६ जना स्वयम्सेवक र चारसय स्वास्थ्यकर्मी परिचालन गरिएको थियो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई