११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

बेरोजगार नेपाली भारतमा कष्टपुर्ण काम गरेर तलब माग्दा सास्ती खेप्दै

२७ चैत्र २०७३, आईतवार १५:२६

लोकेन्द्र प्रशाद जोशी । चैत २७, दार्चुला | गाउँमै काम नपाइने र आफ्नै खेत जोतखन गरेर बर्षभरी २ छाक टार्न नपुग्ने बाध्यताले जहान र लालाबाला र परिवार छोडेर शुदुरपश्चिमका सयौ युवा मजदुरिका लागी भारतका बिभिन्न सहरहरुमा धाउँनेगरेका छन । तर बर्षभरी दैनिक मजदुरी गरेर घर फर्कीनेबेला कतिपयले रित्तोहात फर्कीनुपर्ने अवस्था समेत शृजना हुने गरेको छ ।  नेपालीहरु श्रम शोषणमा पर्दा समेत मालीकको डरले मुख खोल्नै सक्दैनन् । 

दार्चुला, बैतडि लगायत शुदुरपहाडका थुप्रै मानिसहरु कामको सिजनमा घर फर्कीने र बाकी एक बर्षमा १० महिनाजति भारतमा मजदुरी गरेर बिताउँने गरेका छन । आइतबार भारत धारचुलाको सुप्लाबाट महिनौ मजदुरी गरेर बैतडिको एउटै गाउँका दर्जनबढि मानिसहरु घर फर्कीने भनेर मालीक सहित दार्चुला सदरमुकाम खलंगा पुगेका छन । कारण मालीकले कामगर्ने ठाउमाँ पैशा छैन, दार्चुलामा पैसा दिन्छु भनेपनि अलिअलि पेश्की रकम सम्म लिएर धारचुला हुदै दार्चुला आएका हुन । आइतबार पैसा दिन्छु भनेपनि पैसा नदिएपछि एउटै गाउँका दर्जनबढी युवाहरु भाडा तिरेर दार्चुला सदरमुकाम खलंगामै बसेका छन । पत्रकारहरुले यो घटना थाहा पाएपछि मालीक आन सिह रोक्कालाइ भेटन् जादा उल्टै पत्रकारहरुलाइ समेत थर्काएर भन्छन, म दिदैन् तपाइहरुनै दिनु !  मेरोमा काम यिनिहरुले गरेका हुन् तपाइहरुलाइ टाउँको दुखाइ किन ? यो त प्रतिनिधि घटना मात्र हो यसरि कयौ नेपाली तोकेको पैसा नपाएर रुदै घर फर्किन बाध्य छन । 

घरमा कामको चटारो छ । यता भाडा तिरेर बस्नु परेको छ, बसेर पनि पैसा पाइन्छ, कि पाइन्न नाम नबताउँने सर्तमा एकजना मजदुरले भने, साहुले पैसाको कुरा गर्दा झर्केर बोल्छ । के गर्ने ? हाम्रो ४ लाख बढी पैसा हो, करिब एक लाख दिएको छ । खेतमा गहु छरेर मजदुरीका लागी आएका हौँ, अब खेतमा लगाएको गहु भिञ्याएर बर्खेबाली लगाउँने समय भएका कारण घर फर्कीन लागेका छौ साबिकको कोटिला गाबिस ७ ऐरीगाउँका ५१ बर्षीय जग्गि ऐरीले भन्नुभयो । सबै हामी एउटै मालीककोमा काम गथ्यौ त्यसैले एउटै गाउँ भएकोले संगै फर्कीन लागेका छौ । मजदुरीकालागी बालकदेखी बृद्धसम्म सबै भारत जाने गरेका छन । ऐरीगाउँकै १६ बर्षीय कल्यान ऐरी कक्षा ३ मा पढ्दानैै पढाइ छोडेर मजदुरी गर्न भारत गएको बताउँछन । उहालाइ ३ कक्षामा पढ्ने बेला भारत जानुको कारण सोध्दा सहजै जवाफ दिन्छन, गरीबिको कारण । 

ऐरी मात्रै हैन, सयौ बालबालीकाहरु कति बाध्यताले त कति पढाइ र जिन्दगीको महत्त नै नबुझेर भारत गएर मजदुरी गर्ने गरेका हुन । बालक मात्र हैन, बसीबसी खानुपर्ने पाको उमेरका बृद्धहरु समेत भारतमै मजदुरीकालागी गएका भेट्टिन्छन । ऐरीगाउँका ६२ बर्षीय धन सिह ऐर समेत युवाहरुसंगै भारी बोक्दै घर फर्कीरहेका थिए । उनि भन्छन । घरमा सानो एउटा छोरा छ, उसकोलागी भएपनि जेनतेन काम त गर्नेपर्यो । यस्तै बिहे गरेर श्रिमति घरको सहारा छोडेर आफु बिदेसिन समेत युवाहरु बाध्य छन ।  १८ बर्षमा बिहे गरेको केहि दिनमै मजदुरीकोलागी भारत आएको आज घर फर्कीदै छु, उक्त समुहका एक युवाले भन्नुभयो । 

यसरि आफ्नो पिडा त छ नै तर महिनौ पसिना बगाएर काम गरेकोे पैसा साहुले नदिदा गहभरी पिडा बोकेर फर्कीन बाध्य भएका छन । नेपालमै रोजगारीको वाताबरण नहुदा यसरि बिदेसी भुमिमा अर्काको ज्याजति सहदा निकै मन दुख्ने गरेको ऐरिले बताउँनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति