जितेन्द्र खत्री/बैशाख १, अर्घाखाँची । “पवित्र मनले आफुसँग भएको वस्तु, ज्ञान, सीप आदिअ अरुको प्रगति उन्नतिको लागि आवश्यकता बुझेर अरुलाई प्रदान गरिन्छ भने त्य"/>
जितेन्द्र खत्री/बैशाख १, अर्घाखाँची । “पवित्र मनले आफुसँग भएको वस्तु, ज्ञान, सीप आदिअ अरुको प्रगति उन्नतिको लागि आवश्यकता बुझेर अरुलाई प्रदान गरिन्छ भने त्य"/>
जितेन्द्र खत्री/बैशाख २, अर्घाखाँची । “पवित्र मनले आफुसँग भएको वस्तु, ज्ञान, सीप आदिअ अरुको प्रगति उन्नतिको लागि आवश्यकता बुझेर अरुलाई प्रदान गरिन्छ भने त्यो नै उपहार प्रदान हो ” यो कुराको ज्ञान र व्यवहारमा प्रयोग प्राय सबैमा हुँदैन तर अर्घाखाँची सिद्धाराबासी अधिकांश महिलाहरुमा ज्ञान त छ न त्यो व्यवहारमा पनि उतार्दै आएका छन् ।
हेफर इन्टरनेश्नल नेपाल र स्थानीय साझेदारहरुको सहयोग तथा नेपाल चेतना केन्द्र अर्घाखाँचीको आयोजनामा सिद्धारा गाविसको २,४,७ र ९ वार्डमा बाख्रा विकास परियोजना सञ्चालन भएपश्चात त्यहाँका महिलाहरुमा उपहार प्रदानको लहरै चलेको छ ।
परियोजना सूरुवातमै प्रदान गरिएको आधारशिला तालिम नै महिलामा आएको परिवर्तनको मुख्य कारण हो भन्छन् स्थानीय शिक्षक दुर्गा बेल्वासे । बाख्राको उत्पादन र उत्पादकत्व बृद्धिसँगै आर्थिक विकास तथा सामाजिक रुपान्तरणको लागि सञ्चालन भएको परियोजना २०७१ माघदेखि सञ्चालन हुँदै आएको छ ।
पाँच सय २१ घरधुरीलाई लक्षित गरी सञ्चालन भएको परियोजनाले महिलाहरुको सर्वाङ्गीण विकासका निम्ति काम गर्दै आइरहेको छ । परियोजनाबाट प्राप्त गरेका बस्तु , ज्ञान तथा सीपलाई आफूजस्तै अर्को सदस्यलाई उपहार गर्नुपर्ने प्राबधान अनुरुप महिलाहरु निकै उत्साहका साथ उपहार प्रदानमा जुटेका छन् ।
सिद्धारा गाविस वार्ड न.ं ४ निवासी समुहकी अध्यक्ष सिता पोख्रेलले उपहार प्रदान कार्यक्रमले महिलाहरुमा उत्साह, सामाजिक सद्भाव तथा समूहबीचमा आपसी मेलमिलापको भावना बिकास गराएको बताइन् । उपहारको महत्व बुझ्दै गएपछि महिलाहरुले आफ्नै घरमा उत्पादित वस्तुहरु आवश्यकताको आधारमा दिने र लिने गर्दछन् । यस्तो प्रबृतिलाई हेर्दा उनीहरुमा उपहार प्रदानको महत्व दिन प्रतिदिन बढ्दो देखिन्छ ।
सामुहिकरुपमा वा व्यक्तिगत रुपमै पनि बाख्रा,उन्नत घाँस,तरकारी विउहरु, खनिज ढिक्का तथा आफुसँग भएको ज्ञान सिप अर्को सदस्यको आवश्यकता बुझेर दिने बानीको बिकासले सम्पुर्ण गाँउबासीनै खुसि देखिन्छन् । मासिक रुपमा नियमित छलफल तथा वचत बैठक बसी बचत संकलन गर्ने र उत्पादनशिल कार्यमा लगानी गर्ने प्रबृतिले समुह सदस्यहरुमा आर्थिक अभावका कारण कुनै अप्ठ्यारो झेल्न नपरेकोे उनीहरुको भनाई रहेको छ ।
परीयोजना सञ्चालन हुनु पूर्व महिलाहरु एकजुट हुन र आपसमा आफ्ना कुराहरु साटासाट गर्न कुनै चाडपर्वनै कुर्नु पर्दथ्यो । समाजमा हुने सबै सामाजिक कार्यमा पुरुषनै सहभागी हुन्थे,महिलाहरु भने घरकै काममा व्यस्त रहन्थे । महिलाहरु घर बाहिर निस्कन ुहुदैन भन्ने संस्कारले जरा गाडेको यस समाजमा आजकाल सामाजिक काममा सहभागीहुने मात्र नभई महिलाहरु अगुवाइनै गर्न थालेका छन् ।
मासिक रुपमा बस्ने छलफल बैठकमा सामाजिक कार्यका एजेण्डा संगै उपहार प्रदानको कामलाई प्रमुख एजेण्डा वनाई सार्वजनिक समारोहकै आयोजना गरेर उपहार दिने र लिने गर्दछन् ।