२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

इंल्याण्डका दानीले गर्दा बन्दैछ कर्नाली भाग्यमानी

२०७४, ३ बैशाख आईतवार १०:३५

बैशाख ३, दलसिंह गिरी/कालिकोट। दुर्गम क्षेत्रमा न्यून आए भएका समुदायहरुको स्वास्थ्य समस्यालाई बुझ्न सक्ने दुर्गम क्षेत्रकै डाक्टर जनशक्ति उत्पादन गर्दै आइरहेको डाक्टर फर नेपाल परियोजनाले उत्पादन गरेका जनशक्ति ब्यवस्थापनको अवस्था बारे स्थलगत अनुगमन गरेको छ । सन २०११ देखि औपचारिक रुपमा अभियान थालेको परियोजनाले आफुले उत्पादन गरेका डाक्टरहरु दुर्गम क्षेत्रका समुदायको स्वास्थ्यमा प्रत्यक्ष सहयोग पुगाउन यसको अवस्थाबारे स्थलगत अनुगमन गरेको हो ।

डाक्टर फर नेपाल परियोजनाका अभियान्ता एवं संचालक डाक्टर केटआरो यसको अवस्थाबारे बुझ्न अनुगमनको शिलशिलामा आफै कर्नाली क्षेत्रमा आएकी छन् । विगत एक दशक पहिले कालिकोटमा स्वास्थ्य सम्बन्धि काम गरेको एक अन्तराष्ट्रिय संस्था एम्एसेफ मार्फत कालिकोट आएकी डा.केटआरो कालिकोट बसाई अवधिभर कालिकोटका जनताको स्वास्थ्य अवस्थाबारे प्रत्यक्ष देखे गरेपछि कालिकोट जस्ता दुर्गम क्षेत्रका जनताको निम्ती केही गर्नपर्छ भन्ने भावनाका साथ आफ्नो गृहदेश इंल्याण्डबाट दानीवाला इंल्याण्डी नागरिकहरुसंग आर्थिक जुटाई नेपालमा डाक्टर उत्पादनको अभियान थालेकि हुन् ।

पहिलो पटक कालिकोट जिल्ला कालिका गाउपालिका (साविकको कालिका गाविस)का जेहन्दार ब्यक्ति ललितजंग शाहीलाई एमविविएस डाक्टर अध्ययनका लागि सहयोग गरेकी केटवारीले पछि सन २०११ मा डाक्टर फर नेपाल परियोजना मार्फत औपचारिक रुपमा अभियान थाली हाल करिव ३ जना डाक्टर जनशक्ति तयार भैसकेका भने ६ जना अध्ययनको गरिरहेका छन् । कर्नाली लगायत सुदुरपश्चिमका केही जिल्लाहरु गरी करिव ९ वटा जिल्लाका लागि थालिएको एमविविएस डाक्टर उत्पादन अभियानमा हाल कालिकोटबाट मात्रै २ जना डाक्टर भैसकेका छन् भने ३ जना अध्ययनरत रहेका छन् ।

दुर्गम क्षेत्रको स्वास्थ्य अवस्थालाई थप सुदृढ पार्न डाक्टर फर नेपालका संस्थापक केटवारीले अब नर्स उत्पादन अभियान पनि थालनी गर्ने र यसका लागि आवश्यक प्रक्रिया अगाडी बढाई सकेको बताएकी छन् । स्थलगत अनुगमनको शिलशिलामा कालिकोट पुगेकी डा.केटवारीले कालिकोट जिल्ला सदरमुकाम मान्म खाडाचक्रमा एक पत्रकार भेटघाटको शिलशिलामा यस्तो कुरा बताएकी हुन् । हाल जिल्ला अस्पतालको स्वास्थ्य सेवाको अवस्थाबारे बुझेकी डा.केटवारीले जुम्लामा पनि स्वास्थ्य सेवाको अवस्थाबारे बुझेको र अब उत्पादित जनशक्ति ब्यवस्थापनबारे थप प्रभावकारी अभियान अगाडी बढाउने बताएकी छन् ।

नामी बन्दै डा.केटवारीका चेला डा.ललितजंग

डा.केटवारीकै सहयोगमा डाक्टर बनेका कालिकोटका ललितजंग शाही हाल नामी डाक्टर बन्दै गएका छन् । डाक्टर अध्यन पछि कालिकोटको कुमालगाउँ स्वास्थ्य केन्द्रबाट स्वास्थ्य सेवा अभियान सुरु गरेका डाक्टर शाही साढे ३ बर्षको अधिमा कालिकोटबाट ताप्लेजुंग हुदै हाल संखुवासभामा पुगेका छन् । एमविविएसको शैद्धान्तिक अध्ययन पछि स्वास्थ्य सेवा संचालनको ३ बर्षे अनुभवको अवधिमा हाल जटिल तर सफल अप्रेसन समेत गर्न भ्याएका शाही सेवाग्राहीको हाईहाईबाट नामी बन्दै गएका हुन् ।

स्वास्थ्य सेवाकै शिलशिलामा संखुवासभामा पुगेका शाही एक जटिल प्रसुती विरामीको सफल अप्रेसन गरेर आमा र बच्चाको ज्यान बचाए पछि थप नामी बनेका छन् । गत बर्ष मात्रै प्रसूति उपचार तथा नर्मल डेलिवरी हुन नसके अपरेसन गरेर बच्चा डेलिवरी गर्न सक्ने तालिम लिएका शाही तालिमा सिकेको ज्ञान ब्यवहारत हालै प्रसुती महिला संखुवासभा मकालु ६ की सविना पराजुलीको जटिल अप्रेसन सफलताले थप हौसला मिलेकोमा खुशी ब्यक्त गर्दछन् ।

विद्याबारिधिमा कालिकोटका युवा

करिव ५० बर्ष पहिले कालिकोटका धनबहादुर शाहीले छात्रबृद्धिमा रसिया देशबाट विद्यावारिधि गरेको करिव ४ दशक वितिसक्दा पनि आर्थिक अभावका कारण एमविविएस गर्न नसकेका कालिकोटका युवाहरु हाल पछिल्लो चरण विभिन्न निकायको सहयोगमा डाक्टर बन्ने अवसर पाएकाछन् । हाल कालिकोटबाट करिव ६ जना बढी एमविविएस डा. बनिसकेका छन् । १ दशक पहिले डाक्टर केटवारोको सहयोगमा कालिकोटको दोश्रो डाक्टर बनेका डा ललितजंग शाही पछि डा.फर नेपालको सहयोगमा हाल मान्मका नहकुल शाही डाक्टर बनेका छन् भने डाक्टर फर नेपालकै सहयोगमा करिव ३ जना फोइमहादेबका अप्सरा हमाल, पूर्ण अधिकारी र जिबन पाण्डे अहिले अध्ययनरत छन् । अन्य क्षेत्र तथा आफ्नै लगानीबाट अध्ययन गरेका डा.किशोर विष्ट (कोटवाडा), डा.गणेश न्यौपाने (दाहाँ), डा.भिस्म पोखरेल (गेला), लगायतले विद्यावारिधी गरि सेवामा लागिसकेका छन् । छन् । यसरी हेर्ने हो भने डा.केटवारीको सहयोगमा विद्यावारिधी गर्नेको संख्या बढ्दो देखिन्छ । डा.फर नेपालको सहयोगमा डाक्टर बन्नेमा मुगुका मिना काफ्ले चौलागाई पनि रहेका छन् भने अध्ययनको शिलशिलामा  कमल हमाल (जुम्ला), प्रकाश ठगुल्ला (अछाम), धनेन्द्र शाही (बाजुरा)का रहेका छन् । अन्य क्षेत्रबाट पनि कालिकोटका केही युवाहरु एमविविएस पढिरहेको पाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट