३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

शान्ति समितिमा रहेका अधिकारकर्मीहरु नै गुटबन्दीको खेलमा

४ बैशाख २०७४, सोमबार ०७:४३


बैशाख ४, गाईघाट । स्थानीय स्तरमा हुने द्धन्द्धलाई समाधान गर्ने उद्देश्यले गठित स्थानीय शान्ति समितिको संयोजक चयन पक्रियामा सदस्य रहेका अधिकारकर्मी प्रतिनिधिहरुनै गुटबन्दीको खेलमा लागेकाछन् ।  

स्थानिय शान्ति समितिमा निर्देशिका अनुसार हरेक ६–६ महिनामा संयोजक परिवर्तन भई नयाँ संयोजक सर्वसहमतिबाट चयन गर्ने पक्रिया रहेको भएतापनि यस पटकको संयोजक चयन गर्ने क्रममा सो गुटबन्दी देखिएको हो ।   

आईतबार संयोजक चयन गर्ने क्रममा शान्ति समितिमा रहेका केही सिमिति व्यक्तिहरुले आफूखुसी संयोजक चयन गर्ने रणनिति बनाएर सिमान्तकृत र पछाडि पारिएका आदिवासिजनजाति, मधेशी, मुस्लिम, पिछडावर्गलाई पाखा लगाउने कार्य गरेको भन्दै सो निर्णयको घोर विरोध गर्दै सदस्यहरुले असहमति अथवा नोट अफ डिसेन्ट भनि हस्ताक्षर गरेकाछन् ।

ने.क.पा. माओवादी केन्द्रका द्रोण पौडेललाई चयन गर्ने क्रममा विभेदको निति लिदै नश्लवादी चिन्तन हावी भई संयोजक चयन गरिएकोले आफूहरुले विरोध गर्दै नोट अफ डिसेन्ट लेखेको शान्ति समितिका सदस्य तथा महिला अधिकारकर्मी नजबुल खान निलमले बताए ।  

सर्वसम्मतिबाट यस पटकका लागि महिलालाई संयोजक बनाउन हस्तमाया राईको पक्षमा छलफल हुँदाहुँदै केही पूर्व संयोजक र अधिकारकर्मी प्रतिनिधिहरुले गलत भुमिका खेली पौडेलको पक्षमा ८ मत मात्रै हुँदा समेत हचुवाको भरमा एक पक्षिय ढंगले संयोजक घोषणा गरेको खानले बताए ।

संयोजक चयन गरिएको बारे भएको निर्णयको विरोध गर्दै सदस्यहरु ललित शाह, हस्तमाया राई, नजबुल खान निलम, लालबाबु लोहनी, अजयकुमार साह, टिका घलेमगर, गौरीशंकर उदास, रंगीलाल साह लगायतकाले असहमति अर्थात नोट अफ डिसेन्ट लेखेकाछन् ।

समितिमा रहेका अधिकारकर्मी प्रतिनिधिहरुनै सिमान्तकृत वर्गको अधिकार खोस्ने कार्यमा लागेको समितिका सदस्य तथा संघिय समाजवादी फोरम नेपालका ललित शाहले बताएकाछन् । उनले अधिकारकर्मी भनाउँदाहरुले व्यवहारमा कहिल्यै परिवर्तन गर्न नसकेकोले देश पछाडि परेको र सिमान्तकृत समुदाय समेत पछाडि पर्न बाध्य भएको बताए ।

समितिको संयोजक चयन प्रक्रियामा संघीय समाजवादी फोरम नेपालका ललित साह, महिला अधिकारकर्मी नजबुल खान(निलम) र त्रियुगा उद्योग बाणिज्य संघकी हस्तमाया राईले प्रतिस्पर्धा गरेका थिए । पौडेलले १४ औ संयोजकको रुपमा आईतबारनै पदवाहाली गरेका छन ।

पदभार ग्रहण गर्दै नवनियुक्त संयोजक पौडेलले जिल्लामा दिगो शान्ति स्थापना गर्न स्थानीय शान्ति समितिले यस अघि खेलेको भूमिकालाई समेत नजिरको रुपमा ग्रहण गरि काम गर्ने बताएकाछन । उनले द्धन्द्ध व्यवस्थापन र द्धन्दपीडित परिवारहरुलाई राहतको लागि पहलहरु अगाडी बढाउने बताएकाछन् ।

संयोजक चयन गर्ने प्रक्रियामा नदोहोरिने गरी, सकेसम्म आदिवासी जनजाति, मधेशी, मुस्लिम, पछाडि पारिएका, द्वन्द्व पिडित, महिला प्रतिनिधिलाई विशेष प्राथमिकतामा राखि चयन गर्नुपर्ने निर्देशिकामा हुँदाहुँदै पटक पटक हचुवाको भरमा स्थानिय शान्ति समितिको संयोजक चयन हुने गरेको ले विवाद चुलिएको बुझिएको छ ।   


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’