२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

गोरखा अब ‘लोडसेडिङमुक्त’ जिल्ला

२०७४, १० बैशाख आईतवार १०:०५

वैशाख १०,गोरखा। ट्रान्सफर्मरको क्षमता आवश्यकभन्दा कम हुँदा विगत पाँच वर्षदेखि अनियमित विद्युत्भार कटौतीको मार खेप्दै आएका गोरखावासीले प्राविधिक कारणबाहेक अब चौबिसै घन्टा बिजुलीको प्रयोग गर्न पाउने भएका छन् ।

मागअनुसार विद्युत् वितरण गर्न नसकिएपछि गोरखा सदरमुकामस्थित विद्युत् सबस्टेसनमा महेन्द्रज्योति, नयाँबजार र खोप्लाङमा फिडर बनाएर आलोपालो विद्युत् वितरण गरिँदै आएको थियो । ट्रान्सफर्मरको क्षमता अभिवृद्धि गरी सञ्चालनमा ल्याएपछि नयाँ वर्षदेखि नै गोरखा विद्युत्भार कटौतीमुक्त जिल्ला भएको हो । 

जिल्लाभर केन्द्रीय प्रसारण पुगेका क्षेत्रमा करिब २० हजार पोलमध्ये १५ हजार काठका पोल गाडिएका छन् । ती पोल धमिला लागेका, घाम, पानीले मक्किएकाले विद्युत् रोयल्टीमार्फत आएको रु छ करोडबाट फलामे पोल खरिद गरी काठका पोल परिवर्तन गर्न थालिएको छ । 

नेपाल विद्युत् प्राधिकरण गोरखा वितरण केन्द्रका प्रमुख अमृतबाबु अधिकारीका अनुसार सबस्टेसनबाट विद्युत् वितरण गरिएका जिल्लाका सबै क्षेत्रमा विद्युत्भार कटौती गरिएको हो । हालै सबस्टेसनमा छ मेगाभोल्ट एम्पायर क्षमताको ट्रान्सफर्मर जडान गरिएको छ । “प्राविधिक समस्या नआएका बेला विद्युत् कटौति गर्न पर्दैन”, अधिकारीले भन्नुभयो, “मागअनुसार विद्युत् वितरण गर्न सक्छौँ ।” यसअघि गोरखामा बिहान, बेलुकी गरी दिनहुँ चार घन्टा विद्युत्भार कटौती थियो । 

गोरखामा यिमित विद्युत् उपलब्ध गराउन मुच्चोकमा हालै निर्माण भएको दरौँदी ‘ए’ जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् सहयोगी बन्यो । ‘रन अफ द रिभर’ प्रकृतिको आयोजनाबाट छ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । कालिका हाइड्रोपावर कम्पनीले करिब रु एक अर्ब २० करोड लगानीमा बनाएको उक्त आयोजनाबाट उत्पादित विद्युत् गत पुसदेखि सबस्टेसनमा जडान गरी वितरण गरिँदै आइएको छ । 

गोरखा र पालुङटार नगरपालिकासहित नौ गाउँपालिकाका अधिकांश ठाउँमा केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेको छ । उत्तरी भेगका १५ बढी गाविसवासीले लघुजलविद्युत्बाट उत्पादित विद्युत प्रयोग गर्दै आएपनि भूकम्पले क्षति पुर्याएका केही आयोजना बजेट अभावले मर्मत हुन सकेका छैनन् । विद्युत् प्रयोग गर्दै आएका उपभोक्ताले विकल्पमा सोलार ऊर्जाको प्रयोग गरेका छन् । मुच्चोक, सिम्जुङ, सौरपानी, हंसपुरलगायत गाउँमा अझै केन्द्रीय प्रसारण लाइन पुगेको छैन । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा