३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

उपक्षेत्रीय अस्पताल डडेल्धुरामै हर्निया देखी हाईड्रोसिलको सल्यक्रिया शुरु

२८ बैशाख २०७३, मंगलवार ०२:१३

ललित बोहरा/बैशाख २८, डडेल्धुरा । डडेल्धुरा जिल्लामा पहिलो पटक हाईड्रोसिल देखि हर्निया र एपेण्डीसाईटको उपचार शुरु भएको छ ।

उप क्षेत्रीय अस्पताल डडेल्धुरामा एमडिजिपि डा.जिेतेन्द्र कडेल आएपछि हाईड्रोसिल, हर्निया सहितको सल्यक्रिया गरी उपचार सेवा शुसरु भए पछि अस्पताल एक नयाँ आयाम थपीएको छ । विगतमा यी रोगको उपचारका लागि यस क्षेत्रका नागरिकले कैलाली वा भारत जानु पर्ने वाध्यता थियो ।

उपक्षेत्रिय अस्पतालमा सल्यक्रियाबाट उपचार सम्भव भए संगै यस क्षेत्रका विरामीका लागि राहत पुगेको स्थानिय वासीन्दाले वताएका छन् । वैशाख महिना देखि यी सम्पुर्ण रोगको उपचार हुन थालेको उप क्षेत्रीय अस्पताल डडेल्धुरा विकास समिति अध्यक्ष लक्ष्मण सिहले वताएका छन ।

वैशाख महिनाको २ गते देखी हाल सम्म ६ जना गर्भवती महिलाको सिएस गरिएको, १ जनाको हाईड्रोसिलको उपचार र २ जना हर्नियाको उपचार गरिएको उप क्षेत्रीय अस्पताल डडेल्धुराले जनाएको छ ।

उप क्षेत्रीय अस्पताल डडेल्धुरामा यी रोगको उपचार हुन थाल पछि सुदुरपश्चिमका ७ पहाडि जिल्लाका विरामीलाई उपचार गराउन सहज भएको एमडिजिपि डा. कडेलले वताएका छन । यसैगरी दुई दर्जन माईनर सल्य क्रिया गरिएको अस्पतालले जनाएको छ ।

डा. कडेल आउनु भन्दा पहिले माईनर सल्यक्रियाका लागि समेत विरामी तराईका जिल्ला वा भारत जान वाध्य हुने गरेका थिए । उप क्षेत्रीय अस्पताल डडेल्धुरामा अझै सेवा सुविधा विस्तार गर्नु आवश्यक रहेको यस क्षेत्रका स्थानियको माँग छ ।

यसैगरी उप क्षेत्रीय अस्पताल डडेल्धुरामा तिन दिन सम्म संचालन भएको पाठेघर सम्वन्धीको सिविर आईतवार सम्पन्न भएको छ । तिन दिन सम्म संचालन भएको सिविरमा १२ जनाको पाठेघरको सल्यक्रिया, गरिएको छ भने २५ जनालाई औषधी सहित सल्लाह सुझाव दिइएको उप क्षेत्रीय अस्पताल डडेल्धुराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’