पढ्न करिब 1 मिनेट लाग्छ

गणेश पौडेल/बैशाख २५, गोरखा |

गोरखाको सुलिकोट गाँउपालिका – ३ स्वाराथलामा सकेट बम फेला परेको छ । स्वाँराथलाको जंगलमा ढुङ्गाको ओडारमुनि बोराभित्र खिया लागेको अवस्थामा बमहरु भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी वीरेन्द्र थापाले जानकारी दिनुभयो । सोमवार बिहान ओडारमुनी शंकास्पद बस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका र खबर पश्चात प्रहरी टोली त्यहाँ पुगेको थियो । बम निष्क्रिय पार्न नेपाली सेनासँग समन्वय भइरहेको र नेपाली सेनाको टोली बम भेटिएको स्थानतर्फ गएको डिएसपी थापाले बताउनुभयो । सकेट बम फेला परेको बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।