२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

आलु खेतीमा सुक्ने रोग, कृषक मर्कामा

२०७२, २३ मंसिर बुधबार ११:२४

विमल धामी, मंसिर २३, कञ्चनपुर / कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी–बेल्डाँडी नगरपालिका क्षेत्रमा आलु खेतीमा सुक्ने रोग लागेको छ ।
आलु पाक्ने समयमा आलुको बिरुवा सुकेपछि कृषकहरु मर्कामा परेका छन् । एकिकृत जल स्रोत व्यवस्थापन आयोजनाले जिल्ला कृषि विकास कार्यालय कञ्चनपुर मार्फत अनुदानमा वितरण गरेको आलुखेतीमा रोग लागेको हो ।

असोज तेस्रो साता देखि लगाएको आलु मंसिर दोस्रो साता देखि आलु सुक्न थालेको कृषकहरुले बताएका छन् । आयोजनाले उक्त क्षेत्रका कृषकहरुलाई अनुदानमा आलुको बिउ वितरण गरेको थियो । अधिकाँस कृषकहरुको आलुखेती सुकेको छ ।

यस क्षेत्रका कृषकहरुले व्यवसायिक र घरयासी प्रयोजनका लागि आलुखेती गरेपनि सबैको आलु सुकेको कृषकहरुले बताएका छन् । आयोजनाले कृषकहरुलाई तालिम, प्राविधिक ज्ञान र अनुदानमा बिउ, औषधी उपलब्ध गराएपनि आलु सुकेपछि कृषकहरु दोहोरो खेतीबाट बञ्चित भएका छन् । जमिन माथीको हरियो बिरुवा सुकेको छ, भने दाना पनि लागेको छैन् ।

बेल्डाँडी नगरपालिका १ झर्नासागरकी कृषक कलावती जोशीले व्यवसायिक रुपमा गरेको पुरै आलु सुकेको छ । जोशीलाई आयोजनाले अनुदानमा दिएको अढाई क्विन्टल आलुको बिउ खेती पुरै सुकेको हो । उनले चार कट्टा जमिनमा लगाएको आलु सुकेपछि लगानी खेर गएको भन्दै चिन्तित भएका छन् ।

‘व्यवसाय गर्न यस वर्ष आलु खेती गरे, गहुँ र धानखेती खेर गयो ।’, उनले भने ‘यस वर्षको दुवै खेती खेर गयो ।’
यस्तै बेलौरी नगरपालिका १२ का रुपसिह थापाको पनि आलुखेती सुकेको छ । उनले दुई कट्टा जमिनमा लगाएको आलु सुकेको छ । आलुमा दाना नलाग्दै आलु सुकेको छ ।

आलुमा रोग लाग्ने बेला औषधी हालेपनि रोग लागेको उनको भनाई छ । ‘विगतमा बजारबाट ल्याएको बिउ राम्रोसंग फल्थ्यो, तर अनुदानको बिउ पलाउने बेला सुक्यो ।’, उनले भने ‘यस वर्ष आफ्नो लगानी खेर गयो ।’ जोशी, थापा जस्तै यहाँका अनुदानमा बिउ पाएर आलुखेती गरेका कृषकहरुको आलुखेती सुकेपछि विचल्लीमा परेका छन् ।उनीहरुले सरकारी अनुदानमा पाएको बिउ नै सुकेपछि आफुहरुलाई सरकारबाटै घोका भएको गुनासो गरेका छन् ।

जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत टिकाराम थापाले आलुका डढुवा रोग लागेको हुनसक्ने बताउनुभयो ।

कृषकहरुलाई प्राविधिक तालिम दिएपनि कहिकतै कृषकहरुको कमजोरीका कारण पनि आलुखेतीमा सुक्ने रोग लागेको हुनसक्ने थापाले बताउनुभयो । उहाँका अनुसार मौसमका कारण पनि आलुखेतीमा संसारभर रोग लाग्छ ।

कृषकहरुको प्राविधिक कमजोरी र मौसमका कारण रोग लागेको बरिष्ठ कृषि विकास अधिकृत थापाले बताउनुभयो । पिबिएसका लागि समेत सो क्षेत्रमा आलु खेती गरिएको छ । ‘कहिलेकाही जमिनमुनी र बिउमा समेत टिकाणु हुन्छन् जसका कारण पनि आलुमा रोग लाग्छ ।’, उनले भने ‘त्यहाँ के कारण रोग लागेको हो, अध्ययन गछौँ ।’

उहाँका अनुसार आयोजनाले कृषि विकास कार्यालय मार्फत उक्त ग्रामिण क्षेत्रमा ५ हेक्टर जमिनमा आलुखेती गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै