२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

रौतेली विचवामा सामुदायिक मेलमिलाप केन्द्रको उद्घाटन

२२ पुष २०७२, बुधबार १०:३६

विमल धामी । पुष २२, बेल्डाँडी । कञ्चनपुरको दक्षिणि क्षेत्र साविक रौतेली विचवा गाविसमा बुधवार सामुदायिक मेलमिलाप केन्द्रको उदघाटन भएको छ । कानुन अन्वेषण तथा स्रोत बिकास केन्द्रको सहयोगमा यहाँ सामुदायिक मेलमिलाप केन्द्र गठन भएको रौतेलि विचवाका सहजकर्ता प्रेम थापाले जानकारी दिनु भयो ।

बेल्डाँडी नपाका योजना अधिकृत तेज ब. सुनारको अध्यक्षतामा उदघाटन भएको कार्यक्रममा कानुन अन्वेषण तथा स्रोत बिकास केन्द्रका जिल्ला संयोजक पदम राज भट्ट रहेका थिए भने उत्त कार्यक्रमको संचालन बेल्डाँडी सामुदायिक मेलमिलाप केन्द्रका संयोजक हर्क देव जोशी रहनु भएको थियो ।

कानुन अन्वेषण तथा स्रोत बिकास केन्द्रका जिल्ला संयोजक पदम राज भट्टले सामुदायिक मेलमिलाप केन्द्र रौँतेली विचवालेको साईनवोड लेखेको पढेर उदघाटन गर्नु भएको थियो । उनले भने यो मेलामिलाप केन्द्र कुनै एनजीओ आईएनजीको नभई यो सम्पुर्ण रौँतेली बिचवाका न्यायमा पहुच नपुगेका ब्यात्तिहरु न्यायमा पहुच पु्र्याउने उदेश्यले गठन गरिएको बताए । रौँतेली बिचवाका सामुदायिक मेललिलाप केन्द्रका संयोजक सुशिला रोकायाले यो मेलामिलाप केन्द्रले आजको मितिबाट औपचारिक रुपले कार्य सञ्चालन गर्ने जानकारी संगै मेलामिलाप लाई सहयोग गर्न समेत अपेक्षा गर्नु भयो ।

उत्त कार्यक्रममा रौँतेली विचवाका राजनितिक दल, सं संस्था लगाएतले शुभकामना मनतब्य राखेका थिए । रौँतेली विचवामा मेलमिलाप केन्द्र गठन भए पछि स्थानियमा खुसी छाएको स्थानियले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव