लुटिनेमा दार्चुला शंकरपुर गा.वि.स.५ पस्तीका वर्ष २३ का प्रकाश धामी र वहाँकी श्रीमति वर्ष १९ की लक्ष्मी धामी रहेका छन् । लुटेराहरुले आफनो अगाडी मोटरसाईकल रोकी चक्कु देखाएको र डरले केही नबोली बसदा लुटेरा आफैले पाइन्ट काटेर खल्ती बाट आफु सँग भएको सबै पैसा लगेको प्रकाश धामीले बताए ।
भाँसी स्थित निड्स नेपाल संस्थाको सम्र्पकमा आई उक्त संस्थाले सम्बन्धीत लाई घर ठेगाना सम्म पठाईसकेकोे र अहिले सम्म यसरी लुटिएका १९ जनाको उद्दार गरेको संस्थामा कार्यरत मेख राज जोशीले बताउनु भयो ।
घटना नहुनदिन भारत सरकारका सुरक्षा निकाय सँग पटक पटक कुरा गरेको र अहिले सम्म बेहोस गराई नेपाली लुटिने गरेको थियो, तर यसपाली लुटेराले मोटरसाईकलमा आई चक्कु देखाएर लुटेको घटना पहिलो भएको र घटनाको छानविन गर्न प्रनानि राजेन्द्र चन्दलाई खटाई सकेको प्रहरी निरीक्षक कर्ण सिंह कार्कीले बताउनु भयो ।