२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

पेय पदर्थ खुवाई नगत सहित र २ ओटा आइफोन लुटियो

२ माघ २०७२, शनिबार ११:२४

lut newsभाष्कर के.सी । माघ २, कञ्चनपुर । भारतको पानिपथबाट आमा विरामी छन् भन्ने खबर पाएर आमाको उपचारका लागि आफनो गृह जिल्ला म्याग्दी हिडेका वर्ष २४ का राजन खत्री बनवासाको आम बगैचामा लुटिएका छन् ।

आफुसँगै दिल्लीको वस पार्कबाट आएका आफुलाई नेपाली भन्ने र बोल्ने तीन जनाबाट माघ १ गते विहान बनवासाको आमवगैचामा माजा भने कोल्ड्रिङमा विहोश हुने दवाई खुवाइ उनी सँग रहेको भारतीय ८हजार रुपैया र २ वटा आईफोन लुगा-कपडा समेत लुटपाट गरि लगेका छन् । खत्री भन्छन्, “म भारतको पानीपथ भन्ने ठाँउबाट आएको हु । आन्नदविहारमा ३ जना नेपाली भेटाई सकेपछि साथि बनेरे बनवासा सम्म आइपुगे त्यहाँ हामि ३ बजेतिर झर्यौं त्यसपछि हिनेर जाम भनेर हिडेर आउदै थियौं । वनवासमा भन्दा यता हामिले माजा कोल्डड्रिक खायौं त्यसपछि रिङ्टालागे जस्तो भयो, पछि के भयो मलाई थाहाँ भएन ।”

महेन्द्रनगरमा वसपार्कमा दिउँसो २ बजे बेहोसी हालतमा निड्स नेपाल संस्थाको सम्र्पकमा आई उनलाई उक्त संस्थाले वडा प्रहरी कार्यलयको सहयोगमा महाकाली अञ्चल अस्पतालमा उपचार गराई आज पोखराको बसमा घरसम्म पुग्ने खर्चको व्यवस्था गरी पठाएको संस्थामा कार्यरत मेख राज जोशीले बताउनुभयो ।

भारतको पानीपथमा १५ वर्ष देखि बस्दै आएका उनी नेपालमा म्याग्दी जिल्ला पूल्लाचौर वडा नं. ८ काउले गाल्डा घर भएको बताउछन् । यस अघिपनि सोही स्थानमा दार्चुलाका पस्तीका प्रकास धामी दम्पति भारतिय १५ हजार रुपैयासहित लुटिएका थिये ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव