जेठ ४, बैतडी | बैतडीमा ३२ वर्षदेखि कर्तव्य ज्यान मुद्दामा फरार रहेका एकजना ८० वर्षीय वृद्धलाई जेल चलान गरिएको छ । जेल चलान हुनेमा बैतडीको पुर्च"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ ४, बैतडी | बैतडीमा ३२ वर्षदेखि कर्तव्य ज्यान मुद्दामा फरार रहेका एकजना ८० वर्षीय वृद्धलाई जेल चलान गरिएको छ । जेल चलान हुनेमा बैतडीको पुर्च"/>

५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

४ जनाको हत्या गरेका ८० वर्षीय वृद्ध जेल चलान

४ जेष्ठ २०७४, बिहीबार ०५:१३


जेठ ४, बैतडी | बैतडीमा ३२ वर्षदेखि कर्तव्य ज्यान मुद्दामा फरार रहेका एकजना ८० वर्षीय वृद्धलाई जेल चलान गरिएको छ । जेल चलान हुनेमा बैतडीको पुर्चौडी नगरपालिका–२ महादेवस्थान बन्तोलीका पर्मे भट्ट रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्व शर्माले जानकारी दिनुभयो । 

विसं २०४२ साल भदौ १७ गते राति पुर्चौडी नगरपालिका–१० विजयपुर बरायलगाडा बस्ने ६५ वर्षीय अर्जुन अवस्थी, पुतली अवस्थी र कलशा अवस्थीसहित चारजनाको खुकुरी प्रहार गरी हत्या गरेका भट्टलाई जेल चलान गरिएको उहाँले बताउनुभयो । 

सो दिन सदरमुकाम गोठलापानीबाट फर्किएको भनी अबेर भइसकेपछि बास बस्नका लागि अर्जुन अवस्थीको घरमा बसेको र सोही राति धनमाल लुट्नका लागि भट्टले अवस्थी परिवारका चारजना सदस्यको हत्या गरेका बताइएको छ । 

प्रहरीले ८० वर्षीय भट्टलाई सोमबार मात्रै घरमा आएका बेला पक्राउ गरी जेल चलान गरेको हो । जिल्ला अदालत बैतडीबाट २०५१ साल भदौमा भट्टलाई २० वर्षे कैद सुनाएको थियो । 

भट्टलाई २० वर्ष जेल चलान गर्नका लागि पुनरावेदन अदालत महेन्द्रनगरले २०५२ साल भदौ १४ गते र सर्वोच्च अदालतले २०५३ साल वैशाख १३ गते जिल्ला अदालतको फैसला सदर गरेको थियो । जेल चलान भएका भट्टको अवस्था भने अहिले निकै दयनीय रहेको प्रहरीले बताएको छ । 

बोकेर यताउता लैजानुपर्ने अवस्था रहेपनि कानुनको नजरमा दोषी ठहरिएका व्यक्तिले उन्मुक्ति नपाउने प्रहरी नायब उपरीक्षक शर्माले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता