टेक बहादुर थापा | जेठ १२, अछाम । अछामका जिल्ला शिक्षा अधिकारी झंकर बहादुर बिष्टले शिक्षक बिद्यालयमा प्रबेश गरेपछि उसका सम्पूर्ण क्रियाकलाप सिकाईमा परिणत हुनुपर्न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... टेक बहादुर थापा | जेठ १२, अछाम । अछामका जिल्ला शिक्षा अधिकारी झंकर बहादुर बिष्टले शिक्षक बिद्यालयमा प्रबेश गरेपछि उसका सम्पूर्ण क्रियाकलाप सिकाईमा परिणत हुनुपर्न"/>
२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

बिद्यालयमा प्रबेश गरेपछि सबै क्रियाकलाप सिकाईमा परिणत गरौँः जिशिअ बिष्ट

१२ जेष्ठ २०७४, शुक्रबार ०४:५४

टेक बहादुर थापा | जेठ १२, अछाम । अछामका जिल्ला शिक्षा अधिकारी झंकर बहादुर बिष्टले शिक्षक बिद्यालयमा प्रबेश गरेपछि उसका सम्पूर्ण क्रियाकलाप सिकाईमा परिणत हुनुपर्ने बताउनु भएको छ । शिक्षक समाजको बौद्धिक बर्ग भएको भन्दै समाजलाई राम्रो बाटोमा अगाडी बढाउन उन्मुख हुनुपर्नेमा जोड  दिनु भएको छ । 

शिक्षकले राज्यको निती पालना गर्ने राजनिती गर्यो भने समाज सकारात्मक बाटोमा अघिबढने उहाको भनाई थियो । रेडियो रामारोशनको रामारोशन चौतारीमा कुराकानी गर्नु हुदै जिल्ला शिक्षा अधिकारी बिष्टले बिद्यालयमा बिद्यार्थिको संङख्यामा बृद्धि भएपनी गुणस्तरमा ध्यान नदिईदा अभिभावकहरुमा निराशा छाएको भन्दै बिद्यालय र बिद्यालय ब्यावस्थापन समितीले यसतर्फ  गम्भिर हुनुपर्ने  उहाको भनाई छ । शिक्षकहरु पार्टिको झण्डा बोकेर राजनीतीक पार्टिका कार्यक्रममा सहभागी हुन्छन भन्ने प्रश्नमा उहाले आफ्नो प्रमुख कामलाई छोडेर झण्डा बोक्ने शिक्षकलाई कार्बाही गरिने बताउनुभयो । 

जिल्लाका अधिकांश बिद्यालयमा पाठ्य पुस्तक नपुगेको खबर आफ्नो कार्यालयमा आएकाले अब चाडै बिद्यार्थिको हात हातमा किताब पुगाउने प्रतिबद्धता जनाउनु भएको छ । बिद्यालय नियमीत संञ्चालन गर्नु मात्र ठूलो कुरा नभई गुणस्तरमापनी बिद्यालयले ध्यान दिनुपर्ने बताउनुभयो । बिद्यालय भन्दा बाहिर रहेका बालबालीकहरुलाई बिद्यालयमा ल्याउन सम्बद्ध सबै सरोकारवालाले सहयोग गर्नुपर्ने बताउनु भएको छ । जिल्ला शिक्षा कार्यालयले बर्षेनी बिद्यालय भर्ना अभियान संञ्चालन गर्दापनी अझै केही बालबालीका बिद्यालय बाहीर रहेकाले सबै बालबालीकालाई बिद्यालयमा केन्द्रित गर्न सहयोग गर्नुपर्नेमा जोड दिनु भएको छ । 

विभीन्न कारणले बालबालीका बाहीर रहेकाले यस तर्फ जिल्ला शिक्षा कार्यालयको ध्यानअकर्षण भएको बताउनुभयो । समुदायले बिद्यालयप्रती अपनत्वको भावना बढाउनुपर्ने, कक्षा कोठाको पठनपाठनमा ध्यान दिईयो भने शैक्षिक क्षेत्रमा सकारात्मक परिवर्तन आउने जिल्ला शिक्षा अधिकारी बिष्टको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…