टेक बहादुर थापा | जेठ १२, अछाम । अछामका जिल्ला शिक्षा अधिकारी झंकर बहादुर बिष्टले शिक्षक बिद्यालयमा प्रबेश गरेपछि उसका सम्पूर्ण क्रियाकलाप सिकाईमा परिणत हुनुपर्न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... टेक बहादुर थापा | जेठ १२, अछाम । अछामका जिल्ला शिक्षा अधिकारी झंकर बहादुर बिष्टले शिक्षक बिद्यालयमा प्रबेश गरेपछि उसका सम्पूर्ण क्रियाकलाप सिकाईमा परिणत हुनुपर्न"/>
२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

बिद्यालयमा प्रबेश गरेपछि सबै क्रियाकलाप सिकाईमा परिणत गरौँः जिशिअ बिष्ट

२०७४, १२ जेष्ठ शुक्रबार ०४:५४

टेक बहादुर थापा | जेठ १२, अछाम । अछामका जिल्ला शिक्षा अधिकारी झंकर बहादुर बिष्टले शिक्षक बिद्यालयमा प्रबेश गरेपछि उसका सम्पूर्ण क्रियाकलाप सिकाईमा परिणत हुनुपर्ने बताउनु भएको छ । शिक्षक समाजको बौद्धिक बर्ग भएको भन्दै समाजलाई राम्रो बाटोमा अगाडी बढाउन उन्मुख हुनुपर्नेमा जोड  दिनु भएको छ । 

शिक्षकले राज्यको निती पालना गर्ने राजनिती गर्यो भने समाज सकारात्मक बाटोमा अघिबढने उहाको भनाई थियो । रेडियो रामारोशनको रामारोशन चौतारीमा कुराकानी गर्नु हुदै जिल्ला शिक्षा अधिकारी बिष्टले बिद्यालयमा बिद्यार्थिको संङख्यामा बृद्धि भएपनी गुणस्तरमा ध्यान नदिईदा अभिभावकहरुमा निराशा छाएको भन्दै बिद्यालय र बिद्यालय ब्यावस्थापन समितीले यसतर्फ  गम्भिर हुनुपर्ने  उहाको भनाई छ । शिक्षकहरु पार्टिको झण्डा बोकेर राजनीतीक पार्टिका कार्यक्रममा सहभागी हुन्छन भन्ने प्रश्नमा उहाले आफ्नो प्रमुख कामलाई छोडेर झण्डा बोक्ने शिक्षकलाई कार्बाही गरिने बताउनुभयो । 

जिल्लाका अधिकांश बिद्यालयमा पाठ्य पुस्तक नपुगेको खबर आफ्नो कार्यालयमा आएकाले अब चाडै बिद्यार्थिको हात हातमा किताब पुगाउने प्रतिबद्धता जनाउनु भएको छ । बिद्यालय नियमीत संञ्चालन गर्नु मात्र ठूलो कुरा नभई गुणस्तरमापनी बिद्यालयले ध्यान दिनुपर्ने बताउनुभयो । बिद्यालय भन्दा बाहिर रहेका बालबालीकहरुलाई बिद्यालयमा ल्याउन सम्बद्ध सबै सरोकारवालाले सहयोग गर्नुपर्ने बताउनु भएको छ । जिल्ला शिक्षा कार्यालयले बर्षेनी बिद्यालय भर्ना अभियान संञ्चालन गर्दापनी अझै केही बालबालीका बिद्यालय बाहीर रहेकाले सबै बालबालीकालाई बिद्यालयमा केन्द्रित गर्न सहयोग गर्नुपर्नेमा जोड दिनु भएको छ । 

विभीन्न कारणले बालबालीका बाहीर रहेकाले यस तर्फ जिल्ला शिक्षा कार्यालयको ध्यानअकर्षण भएको बताउनुभयो । समुदायले बिद्यालयप्रती अपनत्वको भावना बढाउनुपर्ने, कक्षा कोठाको पठनपाठनमा ध्यान दिईयो भने शैक्षिक क्षेत्रमा सकारात्मक परिवर्तन आउने जिल्ला शिक्षा अधिकारी बिष्टको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा