टेक शाही | जेष्ठ १६, डोल्पा | डोल्पा जिल्लामा पहिलो पटक लागू औषधको रुपमा प्रयोग हुने अफिम खेति गरेको भेटिएको छ । ठुली भेरि नगरपालिका वडा नँ ९ डाँगिवाडा भन्ने ठाँउमा ३ स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... टेक शाही | जेष्ठ १६, डोल्पा | डोल्पा जिल्लामा पहिलो पटक लागू औषधको रुपमा प्रयोग हुने अफिम खेति गरेको भेटिएको छ । ठुली भेरि नगरपालिका वडा नँ ९ डाँगिवाडा भन्ने ठाँउमा ३ स"/>
६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डोल्पामा अफिम खेति भेटियो, प्रहरिले पूरै नष्ट गर्यो खेतिवाला पक्राउ

१६ जेष्ठ २०७४, मंगलवार ०२:५९

टेक शाही | जेष्ठ १६, डोल्पा | डोल्पा जिल्लामा पहिलो पटक लागू औषधको रुपमा प्रयोग हुने अफिम खेति गरेको भेटिएको छ । ठुली भेरि नगरपालिका वडा नँ ९ डाँगिवाडा भन्ने ठाँउमा ३ सय वर्ग मिटरमा क्षेत्रफलमा पहिलो पटक अफिम खेति गरेको फेला परेको हो । डाँगिवाडा निवासि हरिनन्द डाँगिले उक्त अफिमको खेति गरेको प्रहरिले  जानकारि दिएको छ । 

आइतबार बिशेष सुराकीबाट जिल्ला प्रहरि कार्यालय डोल्पाका प्रहरि निरिक्षक पबिन्द बमको नेतृत्वमा गएको एक टोलीले डाँगिवाडामा खेति गरिएको अफिम पूरै नष्ट गरेको हो । जग्गामा भएको अफिम नष्ट गरिएको र डाँगिको घरमा खानतलासि गर्दा उनको घरबाट केहि ग्राम तयारि पार्दै गरेको अफिम बरामद गरिएको प्रहरि निरिक्षक बमले बताउनु भयो । 

केहि ग्राम अफिम सहित डाँगिलाइ प्रहरिले नियन्त्रणमा लिएर आइतबार राति नै जिल्ला प्रहरि कार्यालय डोल्पामा राखिएको छ । अफिम खेति गर्ने हरिनन्द डाँगिलाइ लागूऔषध एन २०३३ अनुसार कारवाहि हुने प्रहरि नायव उपरिक्षक समित खड्काले जानकारि दिनु भयो । डोल्पा पहिलो पटक खेति गरेको लागुऔषधको रुपमा प्रयोग हुने अफिम खेति प्रहरिले बिशेष सुराकीबाट नष्ट गरेकोले लागु औषधका त्यस्ता कुनै पनि क्रियाकलाप अबका दिनमा नँहुनेमा प्रहरि सचेत रहेको पनि डिएसपि खड्काले ताबि गर्नु भयो । 


डोल्पा जिल्लामा मदिरा सेवन,सुर्तिजन्य पर्दाथ बाहेक अन्य त्यस्ता लागूऔषधका रुपमा कूनै पनि घटनाहरु घटेको पाइदैन तर एक्कासि डोल्पा जिल्लाको सदरमुकाम भन्दा १२ किलोमिटरको दुरिमा रहेको बस्तिमा अबैध रुपमा अफिमको खेति गरेको फेला परेपछि लागूऔषधको ब्यापार डोल्पामा पनि भित्रिएको र ब्यावसायिक रुपमा गर्ने गरेको आसँका रहेको छ । यसरि डोल्पा जस्तो जिल्लामा नै खुलेयाम लागूऔषको ब्यावसाय नै गर्न लागे पछि डोल्पाली जनताहरु त्रसित भएका छन । तर यसरि गरिएको अफिम खेति कहाँ र कुन ठाँउमा निर्यात हुन्छ भन्ने कुरको कूनै यर्थाथ जानकारि कसैलाइ पनि छैन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता