३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

दक्षिणी क्षेत्रका कृषक चैते धानतर्फ आकर्षित

२७ चैत्र २०७२, शनिबार ०८:१४

चैत्र २७, कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडी बेलौरीका कृषकहरु चैते धानखेती तर्फ आकर्षित भएका छन् । सिँचाईको सुविधा भएका कारण यहाँका कृषकहरु गहुँ खेती भि¥याएसंगै चैते धानखेती तर्फ आकर्षित भएका हुन् ।

महाकाली सिँचाईको नहर सुविधाले आफुहरुलाई चैते धानखेती गर्न सहज भएको कृषकहरुको भनाई छ । सिँचाईको नहरका कारण दक्षिणका केही क्षेत्र सिमसार गरेपनि उचो भू भागतिर दोहोरो खेती लगाउने गरेका छन् ।

गहुँखेती पछि तिन महिना फुर्सदिला भएकाले खाली समयको सदुपयोग गर्न समेत चैते धान रोपेको बेल्डाँडी नगरपालिका ८का कृषक नरेन्द्र सिह भण्डारीले बताउनुभयो । भण्डारीले पाँच कट्टा जमिनमा चैते धानखेती गरेका छन् ।

चैते धानको चामल मसिनो र मिठो हुने भएकाले घरकम खानका लागि समेत चैते धान रोपेको उहाँले बताउनुभयो । ‘सिँचाईको सुविधा छ, अन्य छिमेकीहरुले पनि चैते धान लगाएका छन् मैले पनि लगाएको छुँ ।, उनले भने ।

‘बिक्रि गर्न नभएपनि घरमा खानलाई हुन्छ ।, यस्तै बेलौरी नगरपालिका १४का मदन रानाले पनि १० कट्टा जमिनमा चैते धानखेती गरेका छन् । घर खान पनि हुने बाँकी रहेको बिक्रि गर्ने उदेश्यले रानाले चैते धानखेती गरेको बताउनुभयो । तिन महिना बेरोजगार बस्नु भन्दा चैतेखेती गरेको रानाको भनाई छ ।

चैते धान लगाउने कृषकहरुले धानखेतीको बृद्धि विकास हुने बेला रोगको संक्र्मण देखा पर्ने गरेकाले समयमै औषधी उपलब्ध हुनुपर्नेमा जोडदिएका छन् । यस्तै दक्षिणी क्षेत्रका अन्य कृषकहरुले पाँच कट्टा देखि दुई विगाह सम्म जमिनमा खेती गरेका छन् । सिँचाईका लागि नहरको विकल्प नभएका कारण पनि अधिकाँस कृषकहरुले खेती गर्न डराउने गरेका छन् ।

जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार जिल्लामा ३ सय हेक्टर भन्दा बढि जमिनमा चैते धान खेती गरिदै आएको छ । विमल धामीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’